लघुकथा “आमाको माया“

जेठा ! ए जेठा तिम्री आमाले त सम्पत्ति जती सबै कान्छालाई पो दिइछिन त ! हो जेठा बा हो त्यो तल बेशिको चार बाली लाग्ने धराने कुलो लाग्ने खेत ता कान्छा नानी लाई पो पास गरिदिनु भएछ त आमाले ! छिमेकी अस्ति मन्दिन बनाउनु परो माइली आमा भन्दै ती साहिला पन्डित आएर दस हजार उम्काएछन नि ! श्रीमती पुजा र पाठ आमाको हामिलाइ चाहिँ मुसुली धान को भात छैन पुरेत लाई चाहिँ बास्मती धान का चामल खोइ आमाको के ताल हो । छिमेकी अस्ति उनकै माइला भाइ बिमारी परेर औसधि उपचारको लागि खर्च छैन दिदी म रोगले नि थलिएर मर्ने भए भन्दै आएका थिये पचास हजार पो दिनु भएछ , खोइ ती माइती नि कस्ता हुन आफ्नै छोरी चेलीको पैसा लगेरनी फिर्ता नगर्ने श्रीमती अब ता आमाले नि अति गर्न थाल्नु भयो हाम्रा नि छोराछोरी छन लाउ लाउ खाउ खाउ भन्ने उमेर का फेरि स्याहार सुसार चाहिँ मैले गर्ने सम्पत्ति खाने बेला कान्छानानी यो ता अति भयो भन्ने भए तपाई आमालाइ भन्ने नभए मैले मुख फोर्नु परो भने फेरि जस्को जौ खानु उसैको जुँगा मोल्नु ,के सारो हौ आमाको दानी मन पनि जेठो ! आ आमा बुबाले नि कमाएको सम्पत्ति हो दिनु भयो त दिनु भयो फेरि उहा हरुकै सम्पत्तिमा आज सम्म हामी ढलीमलि गरिरहेका छौ , फेरि मैले के भन्नू र आमालाई आमाका दानी हात छन पो , श्रीमती अब ता आमाले सक्ने हुनुभयो अलिक कर्कस स्वरमा । जेठो लाई अब के गर्नु के नगर्नु भन्ने भान भयो उ त अफ्ट्यारो ठाउमा फलेको फर्सि जस्तो न माथि नै जान सक्ने तल झरे फुटेर छ्याल्ब्याल हुने बिचमा परो जेठो ! आमाका दानी कुरा हरु सुनेर जेठाको आज पारो तातो सुन्दा सुन्दा पारो तातेर टाउको मा रिस पुग्यो । जेठो जुरुक्क उठ्यो र आमाको कोठा तिर हानियो जे पर्ला पर्ला आज त नभनी छड्दिन भनेर ,आमा कोठाको ढोका ढ्प्क्याएको मात्र थियो उसले बिस्तारै आमाको कोठा बाट आबाज आइरहेको सुन्यो ,हेर भिमा कि आमा त्यो पारी कासिको खेत बिहारे खोलो लाग्ने दुई बिघा छ नि त्यो चाहिँ जेठी बुहारी को नाम मा पासगरी दिन्छु , मेरो यत्रो सेबा गरेकी छ थुतुनो त कति चलाउछे चलाउछे तर मन सफा छ त्यस्को के गर्ने भिमाकी आमा आफु डाडामाथीको घाम कहिले डुबिन्छ पतो हुदैन । आमा र भिमाकी आमाको भलाकुसारी सुनेर जेठो भुइमा थच्क्क बस्यो उसका आँखा मा हर्ष या बिस्मात के हो आँसु टलपल थियो ।

Published On: Time : 11:50:24  211पटक हेरिएको

तपाईको प्रतिक्रिया