कफि क्लबमा किरण

काठमाण्डौ । सातदोबाटो स्थित कफि क्लबमा शनिबार पुराना कवि किरण राईलाई सुनिए । शनिबार विहान काठमाण्डौको मौसम निक्कै प्रतिकुल थियो । मुलधारे बर्षा र ठूलाठूला मेघ गर्जनको समेत प्रवाह नगरी किरणका कविता सरपान गर्न साहित्यनुरागीहरु कफि क्लबमा भेला भएका थिए ।

किरण कविता लिएर रोष्टममा उभिन अघि उनका मित्र तथा कार्यक्रमका संयोजक प्रेम रिबुसाल राईले उनको बारेमा बोलेका थिए । सरल व्यक्तित्व भएका कवि किरण रोष्टममा उभिएर दिव्य नाम शीर्षकको कविता वाचन नसक्दै दर्शक दिर्घाबाट तालिको पर्रा छुटेको थियो । त्यसपछि उनले यस बर्षको जाडोको अनुभव प्रेम सरसंग, त्यो समयहीन पल, प्रिय छिमेकी, बजार, दिवांगत कविताको पोष्टमार्टम रिपोट, शान्ति अश्लिल ठट्टा, दिब्य इच्छाहरु र पाछौ दिशा गरि नौ ओटा कविता वाचन गरेका थिए भने चराको गीत र हराएको मौरीको गीत दुई ओटा गीत वाचन गरेका थिए ।

भिडियो हेर्नुहोस

कवि किरण राईको कविता वाचन कार्यक्रम । आयोजक : कफि क्लव ।

Gepostet von Ramesh Yonghang am Freitag, 8. Februar 2019

 

कार्यक्रममा वाचन भएका एउटा कविता

प्रिय छिमेकीलाई

प्रिय छिमेकी ज्यू !
हजुरको घरको कम्पाउन्ड पर्खाल
जो यहाँले भर्खरै ठड्याउनुभएको हो
हो, त्यही पर्खालको सिउरमा
उल्टो पारेर सिमेन्टले जाम गरिएका
फलामका किला र शिशाका धारिला टुक्राहरु हेरेर
मेरो मन कताकता सिरिङ्ग सिरिङ्ग घोचिन्छ
र म तमास–तमास दुख्छु,
अझ त्यो भन्दा ज्यादा उदास–उदास र सोचमग्न हुन्छु ।

खासमा त्यो पर्खाल नै नठड्याइएको भए हुन्थेन र !
पर्खाल ठड्याएर यहाँले आपूmलाई थुन्नुभयो कि मलाई बार्नुभयो ?
अथवा कुनै सम्भावित चोर–डाकाबाट बच्न किल्लाबन्दी गर्नुभयो ?
अथवा आफ्नो निजत्व या गोपनीयताको बन्दोबस्त गर्नुभयो ?
अथवा एउटा परम्परालाई उभ्याउनुभयो ?
यहाँले जेसुकै गर्नुभएको होस्,
मलाई चाहिँ कस्तो–कस्तो खल्लो लागेको छ है !

हजुरको घरको चारभित्ताले उबारेको अलिकता जमिनमा उम्रिएका
पुदिना, घोडताप्रो, चरीअमिलो र दुबोका पातहरुमा
टप्कने शीतका मिहिन दानाहरु हेरेर
म कति आनन्दविभोर हुन्थेँ !
मलाई अभैm हेर्न मन थियो–
कमिलाको रोचक ताँती,
भटमासे किरा र गाइने किराको मनोहर उडान
अब ती सब हेर्न लालायित मेरा आँखाहरु
कङ्क्रिटको पर्खालमा ठोक्किएर खत्रक्क भुइँमा झर्छन्,
नढाँटी भन्छु, यहाँले अग्लो पर्खाल ठड्याएपछि
मेरो घरको पेटीमा घाम पर्नै छाडेको छ है !

आ–आफ्नो घरको पेटीमा आमने–सामने बसेर घाम ताप्दै
हामीले दुःखसुखको बात मारेको बिर्सन्नँ म
घरको नक्सा कोर्ने इन्जिनियर र वास्तुविद्सँग
हाम्रो न्यानोपनलाई जोगाएर राख्ने कुनै डिजाइन छैन रहेछ
अहिले हामी पर्खालवारि र पर्खालपारि छौँ
हजुरको मीठो मुस्कान हेर्नलाई पनि
मैले गेट ढक्ढक्याएर आउनु पर्छ अब
हजुर ! साह्रै साह्रै नमीठो लाग्दैछ है !

केही कुरा सोधूँ सोधूँ लाग्दैछ हजुरलाई–
हामी कम्पाउन्ड विनाको घर बनाउन सक्दैनौँ र ?
हाम्रो गोप्यता र निजत्व बचाउन
घरको भित्ता, ढोका र तालाचाबी पर्याप्त छैन र ?
घर बनाउँदा हाम्रो सोचमा
परिचित छिमेकी र इष्टमित्र होइन
अपरिचित चोर पो हुन्छ कि के हो ?
मित्रता र प्रेममा भन्दा बढी
चोरमा विश्वास गर्छौं कि के हो ?
त्यही भएर सहरमा बढी चोर भएका हुन् कि ?

हो हजुर ! यस्ता कुराहरुले आजकाल
मेरो निद्रा खल्बलाएका छन्
बात मार्न बोलाउनु हुन्छ भने
गेटमा ढक्ढक्याएर भए पनि आउँछु
फुर्सद पो छ कि छैन होला नि हजुर ?

 

 

Published On: Time : 17:23:28  293पटक हेरिएको

तपाईको प्रतिक्रिया