लघु कथा “ प्रफुल्ल मन“

सुन्त्न मात्र के लागेको थिए राधाले सम्झाइ हालिन खोइ मेरो हार किनि दिने भनेको हैन ? मेरो हार किनिदिने कुरा पनि“ स्यालकै कथा भयो हैन ? राधाले प्रतिप्रश्न गरिन आ नकराउ ह,ै म थाकेको छु भनेर कोल्टो फेरे मैले , राधा फतफताउदै थिइन अब त हजुरले लाने पार्टी , भोजहरुमा म ता काहीँ पनि जान्न बुझ्नु भयो सबै साथिहरुको हार न्याक्लेस छ आफ्नु चाहिँ नाक कान बुचो । त्यो टायलघरे निसाले पनि हार किनि सकिन् अब त मै मात्र केही नभएकी बुची भए ! हेर्नुहोस है बुढा अब ता म हजुरले कर गरे पनि जाँदै जान्न काहीँ पनि हार नभए सम्म ! खोइ यी राधाको रहर नि अचम्मको छ । अरु महिलाहरुको देखासेखी गर्नु पर्ने अरु अरु गहना हरु पनि मैले सक्दा सक्दा ढिलो चाडो किनिदिएकै छ , तर यो हार किन्ने पैसा चाहिँ कहाँ बाट जोहो गर्नु र खोइ ? राधाको चित्त कसरी पो बुझाउनु ? अनेक अनेक सोच्दा सोच्दै रात निकै छिपिए छ ! अबेर सुतियो बिहान त भुसुक्क पो भैएछ ! के हो हजुर घाम यतिमाथी आइसके छिमिकी मा केके भयो उठ्ने बेला भएन भन्दै राधाले झक्झक्याइन ! के भो के भयो छिमेकमा भन्दै थिए राधाले बिचरा त्यो टायलघरे निसाको मा नि चोर लागेछनी हिजो राती , राधाको कुराले मनमा चिसो र डर सगै पस्यो छिमेकमा चोर आएछन हाम्रामा आउन के बेर र ? राधा भन्दै थिइन बिचरा निशाको अस्ति मात्र त्यत्रो पैसा हालेर किनेको हार पनि चोरले लगेछन ! राधाको अन्तिम वाक्य सुनेपछी भने कता कता मन प्रफुल्ल भएर आयो !

Published On: Time : 14:28:47  257पटक हेरिएको

तपाईको प्रतिक्रिया