कथा: गोसवला

 

ऋतुहरुको अनन्त चक्रले परिवेशलाई मडाड्र्दै, बटार्दै, हुँडुल्दै र गाँज्दै लगीरहन्छ । मान्छेहरु भन्दछन् आज यो बार हो, यो गत्ते, यो महिना र यो साल आयो वा गयो । न कसैले रोक्दा राकिने, न त छेक्दा अढिन्ने, कति निष्ठुरी छ यो ऋतुहरुको आउने जानेक्रम ? मुकुन्देले थाहा पाएदेखि ऋतु अनुसार कति चाँप, सुनाखरी, लालीगुराँस,चम्पाचमेली र सयपत्रिहरु फुले, अनि मखमली पनि । रुखका पातहरु कति झरे, पौलो फेरे । पलाए, उम्रे, मरे र कति हुर्के । कतिपटक उदाए सूर्य चन्द्र साथै लाखौं ताराहरु, तर उसलाई त्यो निष्ठुरी समयले पिडामय दुःखका असिनाहरु वर्षाउँन छोडेन । हो, कहिल्यै छोडेन, हेपाइ, थिचाइ, बेचैनी, अभाव, अशिक्षा, रोग र दुःखकष्टले । एकपुस्ता मात्रै हो र ? पुस्तौं पुस्तादेखि नछोडेको हो ।
उमेरले २२ वर्षकै जीन्दगीमा अनगीन्ति पिडाका बोझले रक्तहिन देखिने अनुहार, जिङग्रीङ्ग परेको शरीर, कढा परिश्रमको कारण पट्टपट्ट फुटेका पैताला लिएर कति बाँच्नु हाउ… जेसुकै होस् बरु छोड्दिन्छु यो ठाउँलाई, एकदिन मुकुन्दलेले सोच्यो । र, फेरी सोच्यो म भाग्दैछु गाउँबाट । गाउँको दुःखबाट । आफ्नो घरबाट । झुप्रोबाट । जीन्दगीका प्रत्येक पाइलाहरुले नसोचेको ठाउँमा टेक्न पुग्छ । अकल्पनीय यात्राको शिलशिलामा एउटा अथाह अनुभवको थुप्रो पनि भेटिन सक्छ त्यसैले म जान्छु । जेसुकै होस् म जान्छु भनेर यो कठोर निर्णयमा पुग्यो मुकुन्दे ।
आफुले लिएको निर्णयबारे गाउँका केहि जान्ने बुझ्नेहरुसँग सरसल्लाह गर्ने आकाँक्षा हुँदाहुँदै पनि सम्भव रहेन । गर्भवति श्रीमतिलाई माइतमा छोडेर मुकुन्दे सदरमुकामतिर फाल हान्यो, हाफ्नो वर्तमान र सूदूरभविष्यलाई सम्झन्दै । जन्मेदेखि चित्तप्रशन्नता आनन्द र खुसी भनेको के हो उसलाई थाहा हुन सकेन । यता फक्र्यो त्यस्तै, उता फक्र्यो त्यस्तै । जहाँपनि त्यस्तै, त्यस्तैमात्र भएपछि जे पर्ला पर्ला भनेर अन्तिम उपायको रुपमा गाउँघर छाडि सदरमुकाम रोजेका हुन् उसले ।
चिनेजानेका कोहि नहुँदा उसबेला सदरमुकाम पनि एकादेश जस्तै हुन्थ्यो । हुटेलमा चौरासी व्यञ्जन पाकेर मगमग वास्ना चलिरहेको हुन्थ्यो । खाउँभन्दा साथमा पैसा हुन्थेन । बाँकी खाउँ कसैले पत्याउँथेन । तैपनि सदरमुकाम आइसकेपछि केहि न केहि गर्न वाध्य थियो मुकुन्दे । कहिलेकाहिं ज्याला मजदुरी गर्न आउँदा चिनेको साहुुको घरमा सिधै हान्नियो । साहु जी म फिदिममा काम गर्न आएको हो । लामो खालको काम पाए यतै बस्ने सोचेको छु । मुकुन्देले भन्यो ।
के काम गर्छस त केटा ? साहु जी को प्रश्न ।
म जेपनि गर्छु साहु जी । मुकुन्देले स्पष्टिकरण दियो ।
साहु जी को घरमा काम पाउँदा ठूलो बाजी मारेको महसुस ग¥यो मुकुन्देले । साहुका छोराछोरीले काम गर्ने कुरा भएन । त्यसैले घरका टाकान् टुकुन, मेलापात, घाँसदाउरा लगायत असामीका उठयौति सबै काम गर्थे मुकुन्दे । दिन, हप्ता, महिना वित्दै गएपछि विश्वासिलो पनि बने होलान् साहुका । एउटा सिङ्गगो खैलबारी कमाइ खान दियो र रुङग्यौलोको रुपमा राख्न एउटा छाप्रो समेत बनाइदियो । बनाइदियो पनि के भन्नु, मुकुन्दे आफैले बनायो तर खरबाँस किनीदियो र रोजपनि दियो ।
बच्चा जन्मियो, साँच्चै भन्ने होभने सुत्केरी उकास्ने खर्च थिएन मुकुन्देसँग, तर सुत्केरीमा लाग्ने सबै खर्च ससुरालीले व्यहोरी दिएर ठूलो गुन लगाएको थियो । हिजो दुईहात दुईखुट्टामात्र थिए । चारहात चारखुट्टा भएर आज छहात छखुट्टा भएका छन् । थाहा छैन, भविष्यमा कति हातखुट्टाहरु बढ्दै जाने हुन् ।
सुत्केरी पूर्णरुपले तङग्रेपछि बच्चा र श्रीमति पनि साहुले बनाइदिएको छाप्रा्मा आए । त्यो स्वभाविक पनि थियो । आउँनैपथ्र्यो । वर्मा गएनी कर्मसँगै, नेपाल गएनी कपालसँगै भने जस्तै गाउँ छोडेपनि उल्झन र समस्याले मुकुन्देलाई कहाँ पो छोड्थ्यो र ? बच्चाको लागि तातो लुगा, थाङ्गना र सुत्केरीलाई पौष्टिक आहारा, तातो ओढ्ने ओछ्याउँने जस्ता थप आवश्यकताहरु बढिरहेकै थियो । साहुले दिएको रोजलेमात्रै ती सबै आवश्यकताहरु धान्न सक्ने स्थिति अब रहेन । केहि मानाचामल ससुरालीबाट पनि भर्न खोजेकै हो, तर बोकेको भरमा कति पो धान्थ्यो र ?
नसमाउँनु समाएपछि किन अलिक अलिकमात्र समाउँने, द¥होसँग समाउँने भने झैं नआउँनु फिदिम आइसकेपछि छेउछेउमा किन बस्ने, बरु बजारभित्रै बसौं जे होला होला भन्ने सल्लाह पनि लोग्नेस्वास्निबीच चल्न थालेको थियो ।
तत्कालीन राजा विरेन्द्र जन्मेको उपलक्षमा लगाइएको रे । त्यसको नाम युवामेला हो ।
पौष १४ गत्ते लाग्थ्यो । देशदेशावर, जिल्ला विजिल्ला र गाउँशरहर सबै ठाउँबाट मेला भर्न ओइरो लाग्थ्यो । यति मानव सागर ओर्लिन्थ्यो की पूर्वी पहाडी जिल्लामा त त्यत्रो मेला कहिं लाग्थेन ।
त्यो मेलामा गोस गर्ने सल्लाह ग¥यो मुकुन्देले स्वास्निसँग, तर जेथो थिएन । त्यसको संकट प¥यो, मोचन कस्ले गर्ने ? मुकुन्देलाई गोससम्बन्धि केहि अनुभव पनि थियो ।
यसरी अनुभव भयो की विहे हुनुपूर्व नै गाउँको एकजना बाजेले सिकाएको थियो । त्यो बाजे साहु काढ्थ्यो, राँगा किन्थ्यो र भरखरको मुकुन्देलाई बराबरीको भागीमा राख्थ्यो । बाजेको त्यो दयाले गर्दा गाउँले मेलामा छाप्री होटेल चलाए । सुङगुर मोलेर गोस गरे । एकदुई पटक त गाउँबाट युवामेलासम्म आएर राँङगा काट्थे, गोस गथ, बाजेकै आड र भरोसामा ।
व्यवसाय गर्दा बाजेले हिसावकिताव सबै मुकुन्देलाई दिन्थे । एकपैसा आम्दाम नभएको हरीकंगाल न समाउँने न टेक्ने कुनै ठाउँठहर बेगरको टुहुरा अविभावक विहिन, अझ १६÷१७ वर्षको ठिटोलाई कसरी हजारौं हजार कारोवारको हिसाव किताव जिम्मा दिन सकेको होला ? के को आधारमा विश्वास गरेको होला, सबै पैसा बोकेर कतै सुलुत्तै भाग्योभने के कसरी असुल उपर गर्ने थिए होला त्यो बाजेले ? अहिले सम्झिन्दा लाग्छ कति उद्धार कति महान र खुल्ला हृदयका थिए ती बाजे ? मुकुन्दे पनि सबै हिसाव स्पष्ट राख्थे । एकपैसा तलमाथि गर्थेन । सावाँको ब्याज छुट्याउँथे र बाजेलाई जिम्मा दिन्थे र आएको नाफा बराबरी बाँड्थे । यसरी नाती बाजेको व्यवहार चलेको थियो । बाजेबाट बढि नै नाफा लिन्थे मुकुन्देले त्यो अनुभव थियो । बाचिञ्जेल काम लागिरहने अनुभव ।
साँवा रकम कहिं नपाएपछि अन्तिम कोसिस गर्न रोजगारी गरीखाँदा चिनेको एकजना बजुको घरमा मुकुन्दे पुग्यो ।
बजु ! युवामेलामा राङगा किनेर गोस गरौं भनेको पैसा पाइएन । ऋण स्वरुप छ हजार पैसा खोजि दिनुप¥यो । रोजगारी गरीखाँदा चिनेको सम्म हो कुनै विशेष नाता सम्बन्ध थिएन । छ हजारसम्म ऋण माग्ने हिम्मत कसरी आयो होला मुकुन्देलाई । त्योबेलाको छ हजार चानचुने पैसा थिएन । साहुबाट पाउँने मुकुन्देको रोज महिनाको ८०० मात्र थियो । व्याजको लोभले भन्दापनि उद्धार भावनाले गर्दा होला । १६ गत्ते बझाउँने शर्तमा केहि नभनी पैसा झिकेर दिइन् ।
पैसाको शक्ति पनि अचम्मको हुँदोरहेछ । ऋणै भएपनि, अरुकै भएपनि पैसा साथमा भएपछि मान्छेलाई हिम्मत पैदा हुँदोरहेछ । शाहस आउँदोरहेछ । त्यो पैसा लिएर मुकुन्दे युवतिले दुध बोक्दा कल्पना गरेको इसपको कथा जस्तै थुप्रै मनका लड्डुहरु खान्दै आयो । केहि त साच्चैका लड्डुपनि खान पछि परेन । पैसा माग्न जाँदा भिजेको मुसाजस्तो मान्छे पैसा पाएपछि एक्कासी अघाएको बाघ जस्तो हिम्मतिलो मुद्रामा परिणत भयो । नाथे यति पैसा त यसो गरेर तिर्छु उसो गरेर तिर्छु पो भन्नथाल्यो मनमनै ।
पानीभर्ने गाग्री थिएन, किनीहाल्यो । के के किन्दा एकहजार जति त सक्यो । बाँकी ५००० लिएर राङगा किन्न पञ्चमीको पुछार सिम्बुवातिर आझ्नै भाईलाई साथि लिएर हान्नियो । त्यहाँ जानको कारण पनि के थियोभने, आफ्नो ससुराली त्यता भएकोले खाएको खर्च लाग्दैनथ्यो । दोश्रो आफ्नै ससुरा गोससम्बन्धि खारिएका अनुभवी थियो । उसको साथ आवश्यक परेको थियो ।
ज्वाईं आउँदा मानमनितो छँदैथियो । साथै आफु आउनुको कारण सासु ससुरालाई बेलीविस्तार लगाएपछि साथ नपाउँने कुरा भएन ।
ससुराली पुगेको भोलिपल्ट नै ससुरासँग राङगा किन्न गाउँ निस्के । गाउँभरी राङगा हेरे । मुकुन्देले केहि गर्नै परेन । ससुराले नै दामकाम गरे । एउटा २२०० मा र अर्को १८०० मा दुईवटा राङगा किने । यो दुईवटाबाट खर्चकट्टी गरेरपनि २५०० भन्दा कम् नाफा आउँदैन भनेका थिए ससुराले । अरु अरुले पनि त्यसै भन्थे ।
आफ्नै भाईसँग पौष १२ गत्ते सिम्बुवाबाट राङगाहरु हिडायो । सिम्बुवा ओरालो झरेर सुभाङ्गखोला तरेपछि मेस्तेम्बा उकालो हुँदै मुक्तुरा तेर्सो काटेपछि सल्लेरी आसपास बास भयो । भोलिपल्ट भारापा ओरालो हेवाँखोला तरेर थापाटार उकालो काटेपछि बेलुकीखेर फिदिमबजारको पनि मेलास्थलमा राङगाहरु बाँधे । मुकुन्दे पुग्दा चोकमागु आठराई मंसारी र भारापातिरका गोसवलाहरु सबैले आ–आफ्नो व्यवस्थापन मिलाइसकेका थिए ।
भाईसँग दुईजना छदैंदैथिए । गाउँका स–साना थप दुइजनासँग मासु जोख्ने तराजु ढक, काट्नलाई केहि हतियार, रक्ति थाप्ने भाँडा र मासु पिंmजाउँने स्याउँला बोकेर १४ गत्ते बिहान मुकुन्देको टोली ४ बजे नै बजार पुगे । राङगा ढालियो । लहरै मासका पसलहरु थिए । बेलुकासम्ममा मासु सबै बेचिसके । अर्को राङगालाई घासपराल हालेर कोठातिर खाना खान लागे । हिसाव गर्दा ४५०० साटेछ । खानापछि चारैजना राङगा हेर्दै बजार घुम्न थाले । वरपर जान्थे फेरी राङगाकै छेउछाउ आएर हेर्थे, जान्थे । रातको २ बजेतिर पनि एकपटक हेरे ।
अघिल्लो दिनजस्तै मालसामान लिएर ४ बजे पुग्दा त राङगा छैन । मुकुन्देलाई जादु जस्तै लाग्यो । एकढेड घण्टा अगाडि सहिसलामत रहेको राङगा काट्न जाँदा त छैन । पत्याउँनै सकेन । कसैले झुक्यायो कि वा जिस्क्यायो कि जस्तो मात्र लागिरह्यो । फुस्केर कतै गएको छ कि भनेर यताउति हे¥यो । राङगा त साँच्चै पो रहेनछ । कता गयो ? कता गयो ? २०५२ साल पौष १५ गत्ते हरायो । साँच्चि नै राङगा नभएको प्रमाणित भएपछिमात्र मुकुन्दे आत्तियो । साहुको पैसा अब कसरी तिर्ने भनेर अरुको सामु ग्वाँ ग्वाँ रुन मन लाग्यो । आत्तिन्दै खोज्यो भेटेन । हिजो नविकेका मासुका पसलहरु त्यहाँ असरल्ल थिए । प्रत्येक मासु पसल नियाले । काटकुट गरेर त्यहीं मिसाए होलान् तर कसरी चिन्ने ? मासुको रंग उस्तै, हड्डीखुट्टी उस्तै, छाला उस्तै । के गर्ने के नगर्ने आतेसले यति चिमोट्यो । बजारवरिपरि खोज्दाखोज्दै उज्यालो भयो । त्यसपछि कतै कसैले हिडाएर पो लग्यो कि ? पाईलाको डोबहरु पत्ता लागिहाल्छ कि भन्ने आशाले कहाँमात्र खोजेन ? ओदिनतिर, थाङसाङखोलातिर, गढी जोरसालपट्टि, साब्राङ, लुख्रुके र माथिल्लो गाउँ सबैतिर पछ्याए तर भेटेनन् । अन्तःत जिउँदै राङगा हरायो । तराईतिर त वस्तुभाउ हराउँछन् भन्ने कुरा सुनिएको थियो । तर आज फिदिम बजारमै मुकुन्देको जिउँदो राङगो हरायो । कसैले पत्याउँनै नसक्नेगरी बजुले एकैबचनमा दिएको ऋणबाट व्यापारको लागि किनेर ल्याएको राङगा कुन अपराधिले जिउँदै निल्यो ? मुकुन्देलाई रुवाएर निल्यो । ऋण बोकाएर निल्यो ।
राङगा नभेटेपछि प्रहरी कार्यलयमा जिउँदो राङगा हराएकोले खोजि पाउँ भनि निवेदन चढाउँन गयो । आपदमा सहयोग होला कि, छेउछाउका मासु पसलेहरुलाई सोधपुछ गरेर पत्ता लगाइदेला कि भनेको त तिमीले ढँग नपु¥याएर राङगो हराउँने हामीले कहाँबाट खोजिदिने ? भनेर प्रहरीले उल्टै हप्काएर पठायो मुकुन्देलाई । हुन त त्यसबेला प्रहरी कार्यलय परिसरमा प्रवेश गर्नु सर्वसाधारणको लागि अहिलेको सिंहदरवार जतिकै गा¥हो थियो । प्रहरी उपरिक्षक र सहायक प्रहरी उपरिक्षकहरु राजामहाराजा भन्दा कम् थिएनन् सर्वसाधारणको लागि । हप्किदप्कि गर्नको लागि ।
पक्कै फलानाले नै काटेर आफ्नो मासुपसलमा मिसायो होला भन्ने शंकाको खिल अझैपनि छ । चोरको अनुहार झल्झली छ तर पक्रिन सक्दैन किनभने प्रमाण छैन । मुकुन्देको छेउमा खान्कि नपुगेर बान्कि नपरेको जस्तो पुड्के पुड्के अनुहार न दनुवारका एकजना गोसवला रिसाइरहेका थिए मुकुन्देसँग । उसको रिसाइ र बोलाइलाई मुकुन्देले थोरैपनि वास्ता गरेन र जवाफ पनि दिएन । कारण के थियोभने १४ गत्तेको दिन उसकोमा मासु विकेको थिएन । ऊ वारैमासको गोसवला त थियो, तर मासु जोख्दा कसो कसो गरेर तुलो फिनीनीनी.. घुमाउथ्यो अरे त्यसकारण तुलो कटुवा भन्थे, एककिलो मासु घरमा लगेर जोख्दा ८०० देखि ९०० ग्राममात्र हुन्थ्यो अरे ।
कहिले कहिले गोस गर्ने मुकुन्दे त्यसो गर्दैनथे र जान्दैनथे पनि । सायद त्यसैकारण होला खुब बिक्रि भएर मासु सक्यो तर उसकोभने ज्युँ का त्युँ थियो । त्यसबेला अहारिसले आँखा रातो रातो पार्दै भनेका थिए की, सालेहरुले गर्दा यो मासु बिकेको छैन त्यो जिउँदो राङ्गगापनि काटेर मिसाइ दिन्छु र पो । आफ्नो राङगा हराएपछिमात्र बारमासे गोसवलाले भनेको त्यो कुरालाई मुकुन्देले सम्झ्यो । तर के गर्नु जे नहुनुपथ्र्यो त्यो भईसकेको थियो । कुनै आधारप्रमाण थिएन दावी गर्नलाई ।
भएको पैसा बुझाउँनु र सत्य घटनालाई बताउँदै बाँकि पैसाको लागि भाका माग्नुको विकल्प नै के थियो र मुकुन्देसँग । १५ गत्ते हराएको राङगा खोज्दाखोज्दै बित्यो । शर्त अनुसार तोकिएकै दिन अर्थात १६ गत्ते कुनै फौजदारी मुद्धाको प्रमाणित अभियुक्त झैं निरासिएको अनुहार लिएर साहुको घरमा उपस्थित भयो मुकुन्दे । दुईवटामध्ये एउटा जिउँदै राङगा हिजो राती हराएकोले एउटा राङगाको मासुबाट साटेको पैसा लिएर सल्लाह गर्न आएको छु । अब के गर्ने होला बर्वाद भयो बजु ! तपाईंलाई साँवा ब्याज बुझाएर पनि एकदुई पैसा नाफा हुन्थ्यो कुन बजिया–बजिनीले खायो, खायो हिजो दिउँसोभर खोज्दापनि भेटिएन ।
राङगा हराएको थप विवरण सुनेपछि बजु लामो समय चुक्चुकिए । पैसा डुब्ने र व्याज नपाइने भो भनेर होईन, मुकुन्देको हविगतमाथि दया लागेर चुक्चुकिएका थिइन् साहु बजु ।
साथमा कति छ पैसा ? बजुको प्रश्न ।
चारहजार पाँचसय छ बजु । निनाउँरो अनुहार पार्दै मुकुन्देले जवाफ दियो ।
त्यो बुझाइराख, अरु छिटो बुझाउँनू । अरुको पैसा काढेर दिएको थिएँ दशा लागि हालेछ । हुन्छ भन्यो मुकुन्देले
साहु दयालु भएकोले त्यसपछि कहिल्यै एकमुष्ठ पैसा खोजेन र मागेन पनि । एकसय पनि लान्थे । एउटा कुखुरा पनि लान्थे । ब्याजको त के कुरा चान्केचुन्के गर्दै बल्ल बल्ल सावाँ ऋण चुक्ता त भयो । तर त्यो दिन सम्झनाबाट कहिल्यै गएन । मनको तरङ्गबाट कहिल्यै हटेन । त्यो दिनदेखि मुकुन्देले गोसको काम त के नामै लिन छोड्यो, बरु अरु अरु नयाँ कामको निरन्तरतामा साहुको कामपनि छोड्यो । मासु नबिकेको अहारिसमा बारमासे गोसवलाले भनेको कुरालाई मुकुन्देले कहिल्यै बिर्सेनन् । बेला मौका भेट्दापनि त्यो बारमासे गोसवलालाई च्याप्प समाएर मेरो राङगा किन चोरिस् गधा ! भनेर लाती र मुड्किले भकुरुङ्ग की भकुरुङ्ग कि जस्तो, दा¥हानङग्राले चिथोरुङ्ग कि चिथोरुङ्ग कि जस्तो लागीरह्यो । जीवन जेनेतेने चलिरह्यो, तर गाउँ र शदरमुकामको अनुभूतिमा खासै फरक केहि भएन मुकुन्देलाई । (लेखकको फेसबुकबाट )

Published On: Time : 4:16:40  437पटक हेरिएको

तपाईको प्रतिक्रिया