सुष्माको लाहुरेनी फुल सार्वजनिक

काठमाण्डौ । सुष्मा रुपाबुङ राईको उपन्यास लाहुरेनी फुल सार्वजनिक गरिएको छ । काठमाण्डौको अनामनगर स्थित मण्डला थिएटरमा उपन्यासको सार्वजनिक गरिएको हो । चर्चित कवि श्रवण मुकारुङ, कवि एवम पत्रकार प्रकाश गुरागाइ, अभिनेत्री सिर्जना सुब्बा र उपन्यासकार लेखक राईले सयुत्त रुपमा विमोचन गरेका थिए । साथै चारै जनाले उपन्यासमाथी बोलेका थिए ।
कवि श्रवण मुकारुङ उपन्यासमा धेरै सरल शब्दहरुको संयोजन रहेकाले मन तानेको बताए । प्रकाश गुरागाईले सुरुमा लभ स्टोरी जस्तो लागेको तर पढ्दै जाँदा उपन्यसमा धेरै थोक लुकेको बताए । अभिनेत्री सिर्जना सुब्बाले उपन्यास मन परेको र एकै बसाईमा पढी सकेको बताइन ।
लाहुरे संस्कुती र त्यसको प्रभाव लेख्ने कोसिस गरेको लेखिका राईले बताइन । यो उपन्यास फिनिक्स बुक्सले बजारमा ल्याएको हो ।

Published On: Time : 10:34:02  189पटक हेरिएको

तपाईको प्रतिक्रिया