सांसद किरातीको ममस्पर्शी गीत ‘शीला झै मुटु दह्रो छ’ सार्वजनिक


काठमाण्डौ । भोजपुरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रिय सदस्य सुदन किरातीको शब्द रचनामा नयाँ गीत सार्वजनिक भएको छ । मर्मस्पर्शी क्रान्तिकारी भाव बोकेको गीत ‘शीला झै मुटु दह्रो छ वैरीले फुटाउन सक्दैन’ सेवा ढोग युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
राकेश किरातीको संगीत, कंकाइष्ट राईको स्वर र विष्णु अधिकारीको एरेन्ज रहेको यस गीतले एक जना योद्धाको क्रान्तिकारीता भाव प्रस्तुत गर्छ ।
नेपालको कम्युनिष्ट आन्दोलन उच्चाइमा पुर्याउन गीत संगितको महत्पूर्ण भूमिका छ । सर्वसाधारणलाई आफ्नो अभियानमा जोड्ने माध्यमको रुपमा गीतलाई उपयोग गरिर्दै आएको छ । र त्यो प्रभावकारी भएको पनि देखिन्छ । धेरै पुराना कम्युनिष्ट नेताहरुले जागरणमुलक गीत लेखेका छन् । किरताीको पच्छिलो पटक आएको यस गीतले पनि त्यहि परिवर्तन र सपना जगाई राख्न प्रेरित गर्छ ।

Published On: Time : 11:40:22  154पटक हेरिएको

तपाईको प्रतिक्रिया