पोखरामा पहिलोपटक लिम्बू चलचित्र “के” प्रदर्शन

पोखरामा पहिलोपटक लिम्बू चलचित्र प्रदर्शन भयो । पोखराको तेर्सापोटीस्थित छाब्दी बराही चलचित्र मन्दीरमा पहिलोपटक लिम्बू कथानक चलचित्र “के” प्रदर्शन भएको छ । शुक्रवार प्रदर्शित चलचित्र के यस बर्षको आदिवासी जनजाति चलचित्रहरु मध्येको उत्कृष्ट चलचित्र हो । किरात याक्थुङ चुम्लुङ कास्की पोखरा,लिम्बू साँस्कृतिक मञ्च पोखरा र गुरुङ फिल्म एसोसिएसनको संयुक्त आयोजनामा भएको हो । सागर केरुङ निर्देशित फिल्म ‘के’मा लिम्बू समुदायको सांस्कृति बाजा ‘के’ अर्थात च्याबु्ङ बनाउन अनिवार्य चाहिने गाई–गोरुको छाला र राज्यले गाई–गोरु मार्न प्रतिबन्धित कानूनी प्रावधानबीच अन्तरद्वन्द्वलाई समेटिएको छ । निर्देशक केरुङकै लेखक रहेको यो फिल्म याक्थुङ फिल्मस प्रा.लि.को लागि टाइसन केरुङले निर्माण गरेका हुन् । फिल्ममा सन्देश सुब्बा र डीआर हाङसरुम्बाको सह–निर्देशन, सञ्जय आचार्यको छायाँकन र प्रेम पन्दाकको संगीत रहेको छ । फिल्म ‘केः’मा मधु केरुङ, बबिता फोम्बो, रुपा आङबुहाङ, सुक्मिता केरुङ, मनकुमार केरुङ, प्रेम ओझा, कमल घिमिरे, आरके थेबे, संघर्ष खतिवडा, अप्सरा न्यौपानेलगायतका कलाकारको अभिनय छ । पोखरामा पहिलोपटक लिम्बु चलचित्र प्रदर्शन गरिएको किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष धनबहादुर लिम्बूले बताए ।

Published On: Time : 10:00:46  127पटक हेरिएको

तपाईको प्रतिक्रिया