पूर्व स्टार दिलिप रायमाझीको नयाँ फिल्म ‘हेल्लो काँशीराम’ छायाँकन सुरु

रिम विश्वकर्माको निर्माण निर्देशनमा बन्ने चलचित्र ‘हेल्लो काँशीराम’ को छायाँकन सुभारम्भ गरिएको छ । कमेडी जनराको चलचित्रमा पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त नायक दिलिप रायमाझी र नवज्योति रसाइलीको मुख्य भूमिका रहनेछ । चलचित्र ‘हेल्लो काँशीराम’ पूर्ण हाँस्य प्रधान चलचित्र बन्ने निर्देशक रिम बिस्वकर्माले बताए ।

पी.बि.थापा सह निर्माता रहेको चलचित्रलाइ यम आले मगरले छायाँकन गर्दैछन् भने जीवन गौतमले मुख्य सहायक निर्देशन गर्दैछन् । २५ दिनमा छायांकन सक्ने योजना सहित सोमबारबाटचलचित्रको छायाँकन प्रारम्भ भएको छ । चलचित्रमा शंकर महर्जनको द्वन्द,दिपेन्द्र हमालको शृंगार र लिसन डिसी प्रोडक्सन म्यानेजर रहेका छन् । चलचित्रमा दिलिप र नवज्योतिको अलावा अर्जुन गुरुङ,उमेश मायालु,उमेश राइ सरोज केसी,सुमन खाँड लगाएतका कलाकारको मुख्य भूमिका रहनेछ ।
Published On: Time : 5:57:14  35पटक हेरिएको

तपाईको प्रतिक्रिया