प्रियंका र आयुष्मान विछोडको कथा


काठमाडौं । नेपाली चलचित्र उद्योगमा रुचाइएका जोडी प्रियंका कार्की र आयुष्मान देशराज जोशीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । रियल लाइफमा जमेको यी जोडिले इन्गेजमेन्ट गरिसकेका छन् । रिल लाइफमा भने प्रियंकाले आयुष्मानलाई धोका दिएको कथा बुनिएको छ । चर्चित गायक मोहन राईको भर्खरै रिलिज भएको गीत ‘मायाको खेल, आसुको भेल…’ को म्युजिक भिडियोमा प्रियंका र आयुष्मानबीच यस्तो देखाइएको हो ।
हाइलाइट नेपालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको यो गीत संगितप्रेमिहरुले रुचाएका छन् । दिपेन्दनाथ शर्माको शब्द र कन्काइस्ट राईको संगीत रहेको गीतमा राजेन्द्र महर्जनले निर्देशन गरेका छन् ।
यो भिडियोले अहिलेको आधुनिक युवाहरुको कथा भन्छ । बाटोमा लिफ्ट मागिरहेकी अवस्थामा आयुष्मानले प्रियंकालाई भेट्छ । त्यहि भेटले नै पेन्टर आयुष्मानको दिलमा हलचल आउँछ । उनले प्रियंकाका तस्विर क्यानभाषमा उतार्छन् । हातले कोरेको चित्रभन्दा मनको क्यानभाषमा गहिरो तस्विर बनिसकेको थाहा नै हुन्न र त डान्सबारकी नृत्याङ्गानामा प्रियंका कै छायाँ भेट्छन् । जब प्रेम प्रस्ताव गर्छन प्रियंकाबाट रिजेक्ट हुन्छ । यसरी उत्साहबाट सुरु भएको कथा वियोगमा टुंगिन्छ ।
गीतको भाव अनुसार भिडियो पनि निर्माण भएकाले संगीतप्रेमीहरुबाट राम्रो प्रतिक्रिया आईरहेको गायक राईले बताए ।

Published On: Time : 7:57:50  204पटक हेरिएको

तपाईको प्रतिक्रिया