निरज र आशिकको जोडी म्युजिक भिडियोमा ( भिडियो ) 

बिश्व भरमा  फरक पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई हेरिने नजर र गरिने व्यवहार नकारात्मक छ । अझैपनि बिनादोष प्राकृतिक रूपमा लिएको जन्मलाई लिएर समाजमा उनिहरुले तिरस्कृत र घृणित जिन्दगी जिउदै आउनु परेको छ।  फरक पहिचान बोकेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पनि आफुले चाहेको जस्तो जिन्दगी ससम्मान बाच्न पाउनु पर्छ भन्ने सामाजिक सन्देश बोकेको मार्मिक गीत ‘ बुझिदेउ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

केही दिन अघि सार्वजनिक भएको म्युजिक भिडियोलाई दर्शकको सकारात्मक प्रतिक्रिया र साथ मिलेको छ। यस गीतमा स्वर , संगीत र शब्द गायक राज लिम्बुको रहेको छ भने गीतको एरेन्ज्मेन्ट बिश्व अधिकारीको गरेका हुन । अजय रेग्मीले खिचेको भिडियोमा निरज , आशिक  , लक्ष्मण चौलागाईं , सावित्री देवी गौतमको अभिनय रहेको छ। क्रान्ति केसीको सम्पादन र निर्देशनमा गीतको भिडियो तयार भएको हो।

Published On: Time : 10:17:52  60पटक हेरिएको

तपाईको प्रतिक्रिया