गीतकार भूपाल राई, गायक कुवेर राई र गायिका मेलिना राई एकसाथ सम्मानित


काठमाण्डौ । वरिष्ठ कवि तथा गीतकार भूपाल राई, वरिष्ठ गायक कुवेर राई र चर्चित गायिका मेलिना राईलाई सम्मान गरिएको छ । आज काठमाण्डौको नाचघरमा किराती नव साँस्कृतिक केन्द्रले तीन स्रष्टालाई एक साथ सम्मान गरेको हो ।


वरिष्ठ कवि, गीतकार तथा सामाजिक अभियन्ता भूपाल राईलाई यलम्बर साँस्कृतिक सम्मान २०७६ प्रधान गरिएको छ । यस सम्मानको राशि २ लाख १० हजार रहेको छ । किराती नव साँस्कृतिक सम्मान २०७६ वरिष्ठ गायक कुवेर राईलाई प्रधान गरिएको छ । यस सम्मानको राशि ३० हजार रहेको छ । त्यस्तै किराती नव साँस्कतिक प्रतिभा सम्मान २०७६ ले गयिका मेलिना राईलाई प्रदान गरिएको छ । यस सम्मानको राशि २० हजार रहेको छ ।


नाचघरमा आयोजित विशेष समारोहमा पूर्व प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समानित स्रष्टाहरुलाई फेटा गुठाउनका साथै चेक हस्तान्तण गरेका थिए ।
उक्त सम्मान कार्यक्रममा शम्भु राई, डक्टर किरात, रुप कुमार राई, सरला राई, कन्काईष्ट राई, कला राई, बेनुका राई, पार्वन राई, मिना राई, लीला राई, शिला राई, जानुका राई, दिपक वान्तवा राई, दीपेश राई, नरेन्द्र राई, नविन्द्र राई, देवेश राई, निश्चल राई, मनिषा राईलगायतका कलाकारहरुको सांस्कृतिक प्रस्तुतिहरु गरेका थिए ।

Published On: Time : 17:35:34  420पटक हेरिएको

तपाईको प्रतिक्रिया