हर्ख सिंह गुरुङको ‘बिष पिएर’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । पछिल्लो समय लोक तथा दोहोरी गीतहरु निकै निर्माण भईरहेका छन् ।
सबैको आशा बनेको छ ‘करोड क्लव’ । लाखौंको लगानी अनि ‘करोड क्लव’को अपेक्षामा प्रत्यक दिन नयाँ नयाँ गीतहरु सार्वजनिक भएका छन् ।
यो भिडमा गायक तथा सर्जक हर्ख सिंह गुरुङले पनि आफ्नो सिर्जना सार्वजनिक गरेका छन् ।
हर्ख सिंह गुरुङको सिर्जना बिलकुलै फरक किसिमको रहेकबो छ । उनको गीत ‘करोड क्लव’को अपेक्षामा निर्माण भएको होइन । वास्तबिक कथालाई चित्रण गरि संदेश जगाउन खोजिएको छ ।
हर्खको गीत लोक तथा दोहोरी नभई एकल लोक गीत हो । जसकको वोल रहेको छ ‘बिष पिएर’ । उक्त गीत पछिल्लो समय बजारमा चल्तिमा आएका गीतहरुभन्दा फरक रहेको छ । सार्वजनिक गीत ‘बिष पिएर’मा निकै मार्मिक शब्दहरु चयन गरिएको छ । जसमा शब्द, संगीत तथा स्वर हर्ख सिंह गुरुङको नै रहेको छ । गीतको संगीत संयोजन भने सागर बिरहीले गरेका हुन् ।
‘बिष पिएर’ गीतको म्युजिक भिडियोतर्फ शाही भिजन प्रालिको निर्माणमा नृत्य निर्देशक प्रकाश भट्टको निर्देशन रहेको छ । जसमा सारीका केसी, सजन थामी र बिमल अधिकारीको अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियोलाई राजेश धिमिरेले छायांकन गरेका हुन् भने बिष्णु शर्माले सम्पादन गरेका हुन् ।

https://www.youtube.com/watch?v=qL1PjJjK51A

Published On: Time : 12:40:55  113पटक हेरिएको

तपाईको प्रतिक्रिया