गीतकार शंकर राईको नयाँ गीत ‘म’ सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । गीतकार शंकर राईको क्लासिक आधुनिक गीत म सार्वजनिक भएको छ । ओएसआरको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा कोहि पनि मानिसको जीवनमा पूर्णता हुन्न रहेछ भन्ने भाव समेटिएको छ ।
गीतको भाव अनुसार सुन्दर भिडियो निर्माण भएको छ । एल.पी. पाण्डेको निर्देशन र सुरेश राउतको सम्पादनमा बनेको यस भिडियोमा फ्ल्यास ब्याक शैलीलाई अपनाइएको छ । यहाँ कुनै व्यवसायिक कलाकारहरू नभएर मेजर दलबहादुर बाली साम्पाङ राई माथि फिचरिङ गरिएको छ । व्रिटिस आर्मीका रिटायर्ड मेजर राईको अभिनय वास्तवै प्राकृतिक लाग्छ । धरान निवासी राईको अभिनयले चर्तित फिल्म हिमालय क्याराभानका नायक स्व. थिन्ले लेण्डुम लाई सम्झाइ दिएको छ
सङ्गीतकार डि.बी. खड्काको सङ्गीत, गोपाल रसाइलीको एरेञ्ज तथा चर्चित गायक विश्व नेपालीको आवाज रहेको छ । हाल बजारमा टे«ण्डिङ खाइरहेका गीत भन्दा फरक प्रस्तुती रहेको कारण संगीतमा नयाँ पन खोज्नेहरुले रुचाउने विश्वास रहेको गीतकार राईले बताए । उनले भने यो गाना सुन्दा बजारमा चलेको अन्य गीतहरु जस्तै लागे पनि तपाई गहिरीएर मनन् गर्नु भयो भने यहाँ हरेक मानिसले आफुलाई भनुभव गर्नुेहुनेछ । समग्रमा यो एउटा स्टोरी हो । यो तपाई अथवा जो कसैको पनि हुन सक्छ ।
गीतकारले तीन बर्ष अगाडी बजारमा ल्याएको पृथ्वी पारी बोलको गीत दर्शक श्रोताले सर्वाधिक रुचाएका थिए ।

यो पनि पढ्नुहोस

गीतकार शंकर राईको ‘पृथ्वी पारी’ (भिडियो सहित)

 

Published On: Time : 11:05:34  134पटक हेरिएको

तपाईको प्रतिक्रिया