गीतकार शंकर राईको ‘पृथ्वी पारी’ (भिडियो सहित)

काठमाण्डौ । गीतकार शंकर राईको ‘पृथ्वी पारी’ बोलको आधुनिक गीत संगितप्रेमीहरुले रुचाएका छन् । बुढा सुब्बा डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यो गीत हेरेर कमेन्ट गर्ने अधिकांशले प्रशंसा गरेका छन् ।
हेमा पोखरेलले कमेण्टमा लेखेका छन् ‘लिरिक्स अफ दिस संग इच रिअली हर्ट टचिङ, आइ लाईक एज वेल एज भिडियो’ त्यस्तै दिपेश याक्थुङबाले ‘गीतको सब्द मार्मिक छ अनि आवाज सुमधुर, सुरिलो छ धेरै सुनिरहुम लाग्छ’ लेखेका छन् ।

यस गीतमा अभिनेत्री रिमा बिश्वकर्माको मुख्य अभिनय रहेको छ । रिमालाई अभिनयमा डिबी खड्काले साथ दिएका छन् ।

फ्ल्यास ब्याक शैलीमा तयार पारिएको उक्त गीतमा व्यवसायी जीवन हाताचो राईको समेत अभिनय रहेको छ । डी.वी.खड्काको सङ्गीत रहेको उक्त गीतमा मनिला सोताङको स्वर रहेको छ ।

सुरज श्रेष्ठले निर्देशन गरेका हुन् । ‘पृथिवी पारी’ गीतको राम्रो कमेण्ट पाएकै कारण अरु गीतसमेत बजारमा ल्याउन लागेको गीतकार शङ्कर के राईले बताए ।

Published On: Time : 10:33:42  240पटक हेरिएको

तपाईको प्रतिक्रिया