गायिका समिक्षा अधिकारीको तिम्रो याद

काठमाण्डौ । पछिल्लो समय लोकप्रिय गायिका समिक्षा अधिकारीको आवाजमा सजिएको मार्मिक गीत ”तिम्रो याद ” गीतको भिडियो सार्वजनिक भएको छ । भुबन चाम्लिङ राईको शब्द, डि आर अटुको संगीतमा रहेको’तिम्रो याद “ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक उक्त गीतको म्युजिक भिडियोमा आफुलाई माया गर्ने मायालुको याद निकै आएको कुरालाई गीतमा ब्यक्त गरिएको छ । मनभरी आफनो मायालुको याद आएको कुरालाई गीतमा पोखिएको छ । गीतको एरेन्ज राजु कार्कीले गरेका हुन । गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको छ ।

 

https://youtube.com/watch?v=Cv0lCirW5-U

 

Published On: Time : 10:56:35  51पटक हेरिएको

तपाईको प्रतिक्रिया