गायिका सुनिता थेगिमको ‘कालैले लान्छ कि’ सार्वजनिक


डी.आर.अटुको शब्द तथा संगीतमा तयार पारिएको जीवन भोगाईमा आधारित गीत “कालैले लान्छ कि “ गीत सार्वजनिक भएको छ । गायिका सुनिता थेगिमको एकल स्वरमा तयार हुँदै गरेको लोक गीति एल्बम “ कथा“ भित्रको एउटा कथा “कालैले लान्छ कि “ गीत सार्वजनिक भएको हो ।

https://www.youtube.com/watch?v=WIs5WNEzw1s

एल्बम “ कथामा समावेश गीतमा माया प्रेम र जीवनका भोगाईलाई समेटेर तयार गरिएको संगीतकार डि आर अटुले बताए । एल्बमका सबै गीतमा राजु कार्कीको एकल एरेन्ज रहनेछ । गीत “कालैले लान्छ कि “ डी।आर।अटुले भोग्दै आएको र अहिले पनि भोगिरहेको आफ्नै वास्तविक कथा ब्यथालाई समेटेर तयार पारिएको उनले बताए । गीतको भिडियोलाई आशिक जगेवूले छायाँकन तथा सम्पादन गरेका छन ।

Published On: Time : 7:59:54  160पटक हेरिएको

तपाईको प्रतिक्रिया