‘किल दिस लभ’ ले युट्युबमा बनायो नयाँ रेकर्ड

दक्षिण कोरियाली पप ब्याण्ड ब्ल्याक पिंकको ‘किल दिस लभ’ बोलको गीतले युट्रयुबमा गंगनम स्टाइल को रेकर्ड रकर्ड तोडेको छ । युट्युबमा अपलोड भएको ६ दिनमै १४ करोड पटक हेरिएको छ ।

पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो गीतले केवल २ दिन १४ घण्टा मात्र लियो । यो गीत अहिलेसम्म ९ करोड पटक हेरिएको छ ।

किर्तिमानी गीत तयार पारेको ब्लाकपिंक ब्याण्ड सन् २०१६ मा स्थापना भएको हो । सबै सदस्य महिला छन्, जिसू, जेनी, रोज र लिसा । यो ब्याण्ड यस अघि नै कोरियामा लोकप्रिय रहेको थियो । अंग्रेजी र कोरियन दुवै भाषामा रहेको यो गीतले विश्वब्यापी रुपमै किर्तिमान बनाउन सफल भएको छ ।

Published On: Time : 7:24:20  228पटक हेरिएको

तपाईको प्रतिक्रिया