किरात राई चलचित्र विशेष प्रदर्शन कार्यक्रम सम्पन्न

काठमाण्डौं । राजधानीको चवहिल स्थित चलचित्र बिकास बोर्डको सभाहलमा किरात राई चलचित्र बिशेष कार्यक्रम चलचित्र विकास बवोर्डको अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । किरात राईहरुको एउटै आस्थाको धरोहर तीन चुला र चिण्डोको कसम खाई प्रकृतिलाई शाक्षि राखि सम्पूर्ण किरातराईहरुलाई एउटै गोलबद्धमा उभ्याई किरात राई चलचित्र नगरि निर्माण गर्ने उदेश्य अनुरुप यो कार्यक्रम आयेजना गरिएको हो । आम किरात राईहरुको उपस्थितिमा किरात राई चलचित्रकर्मी संघ र चलचित्र बिकास बोर्ड आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको बिशेष सहयोगमा निर्मित ६ वटा लघु चलचित्रहरु ज्योती राईद्धारा निर्र्देिशत पुवालो, सन्त कुमार राईद्धारा निर्देिशत ढ्वाङमुम, भुवनसिंह राई र निश्चल सापकोटाद्धारा निर्र्देिशत नागा, पुर्खाजित राई र युवराज राई (वीर ब.)द्धारा निर्र्देिशत फुङलाम, नैन राई जेरुङद्धारा निर्देशित ब्याःसा र सुमन राईद्धारा निर्र्देिशत रिचिबुङ , आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा प्रकाशित किरात राई चलचित्रको रुपरेखा पुस्तक विमोचन, किरात राई चलचित्रको क्षेत्रमा योगदान पु¥र्याउने ५ जना ब्यक्तित्वहरुलाई सम्मान तथा चलचित्र विकास वोर्ड आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको आर्थिक सहयोगमा सञ्चालन भएको तीन दिने विशेष क्यामरा प्रशिक्षण कार्यक्रमको समापन हुने गरि कार्यक्रम आयोजना गरिएको पुर्खाजित राइर्ले जानकारी दिए ।
किरात राई चलचित्रकर्मी संघको आयोजनामा २०७५ चैत्र २२ गते शुक्रवबार संघका संरक्षक राज कुमार राईलाई विशेष सम्मान–पत्रका साथ चिण्डोले सम्मान गरियो भने संघका संस्थापक अध्यक्ष परशुराम राई (प्रविण पुमा), संस्थापक सदस्य पविता पुमा, विशिष्ट सदस्य शन्त कुमार राई र चलचित्र निर्देश अरुन कुमार प्रधान लाई प्रमुख आतिथी वोर्ड अध्यक्ष केशव भट्टराईले फेटा लागाई सम्मान पत्र द्धारा सम्मान प्रदान गर्नुभयो।

सो ६ वटा लघु चलचित्रका निर्देशकहरु, क्यमरा प्रशिक्षण लिएका प्रशिक्षाथीहरुलाई पनि कदर पत्र प्रदान गरिएको थियो । कार्यक्रमा बोलेल्दै चलचित्र निर्देशक मिलन चाम्सले किरात राईहरु एक ठाउमा उपस्थित भई अबको दिनहरुमा आफे समुदायको निम्ति चलचित्र निर्माण गर्नु पर्ने बताए त्यस्तै पहिलो राई चलचित्र निर्देशक डिक बान्तावा, कवि तथा गितकार भुपाल राई, सल्लाहाकर जितेन राई, अभियन्ता पृथ्वि मुकारुङ, यस ब. राई, भाषविद डा.तरामणी राईहरुले शुभकामना दिदै किरात राई चलचित्र निर्माणमा विशेष छलफल तथा अन्तरक्रिया गर्नु पर्ने आवश्यक्तता ब्यक्त गरेका थिए । भने आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत बआदुर सुनुवारले आदिवासी चलचित्रको प्रवद्र्धन गर्न सरकारको ध्यान जानु पर्ने बताए । त्यस्तै संरक्षक तथा विशेष सम्मान बाट सम्मानित राज कुमार राईले किरात राई चलचित्रमा लगानीको खाचो रहेको र त्यसको लागी समुदायको भुमिका रहनुपर्ने बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी केशव भट्टराईले आफु बोर्ड अध्यक्ष आएपछिको पहिलो प्रमुख अतिथीको रुपमा उपस्थित भएको भन्दै विकास वोर्डमा आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति रहेको बताउदै नेपालमा बोलीने सबै राष्ट्रभाषामा वनिने चलचित्रको हितको लागी काम गर्ने दताउदै कार्यक्रमको शुभकामना ब्यक्त गर्नु भयो ।
चलचित्र बिकास वोर्ड आदिबासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिको आर्थिक सहयोगमा सञ्चालित बिशेष ब्यामरा प्रशिक्षण कार्यक्रको समापन साथै किरात राई चलचित्र सम्वन्धि सबै कुराहरु समिटिएको किरात राई चलचित्रको रुपरेखा नामक पुस्तक समेत बिमोचन गरिएको थियो ।
अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष केशव राईले आपनो कार्यकालमा ४ बटा लघुचलचित्र निर्माण गर्नै भनिएतापनि ६ वटा निर्माण गरिएको र किरात राई चलचित्रको रुपरेखा पुस्तक प्रकासन गरेको र किरात राई चलचित्र नगरि निर्माणको अवधारणा समेत अघि सारिएको बताउनु भयो ।

Published On: Time : 8:54:33  40पटक हेरिएको

तपाईको प्रतिक्रिया