‘झलक दिखला जा’ को उपाधी जितिन् तेरियाले

teriya

नेपालकी तेरिया मगरले भारतीय टेलिभिजन कलर्सको ‘झलक दिखला जा’ प्रतियोगिताको उपाधि जितेकी छन्। डीआईडी’ सिजन १ का विजेता तथा ‘झलक दिखला जा’ का पूर्वविजेता सलमान युसुफ खान र वल्ड हिपहपका च्याम्पियनसिपका विजेता सानतनु महेश्वरीलाई पछि पार्दै उपाधी चुमेकी हुन । फाइनलमा नृत्यसँगै अनलाईन रएसएमएस भोटिङद्वारा विजेता छानिएको थियो ।
जितको औपचारिक घोषणा भने आज राति १० बजेपछि कलर्स च्यानलमार्फत हुनेछ । यद्यपि हिजो एसएमएस भोटिङको नतिजा निस्केको र आयोजकले जितको औपचारिक जानकारी गराइसकेको पारिवारीक स्रोतले जनाएको छ । ‘झलक दिखला जा’ सर्वाधिक पुरस्कार राशि भएको डान्स प्रतियोगितमा हो । जितसँगै तेरियाले ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्रान्डको कार उपहार पाउनेछिन् ।

Published On: Time : 4:24:47  675पटक हेरिएको

तपाईको प्रतिक्रिया