गीत संगीतमा नलागेको भए हाम्रो भेट नै हुदैनथ्यो : उदय–मनिला

udayaयदय–मनिला नेपाली सांगीतक आकाशमा एक सदाबहार जोडी हुन । गीत लेखन, संगीत र गायनमा बेग्लै पहिचान बनाएका यो जोडिको आधी बाटो हिडे पछि , आज फेरि कुरा चल्यो छिन छिनमै रुन मन लाग्छ वारी खोला पारी खोला जस्ता गीत सदाबहार चर्चित छन् । तीनै युगल गायक सोताङ उदय र मनिलासंग कार्यक्रमका सिलसिलामा पाँचथर पुगेको बेला पाँचथरका पत्रकार गणेश साम्पाङले टुडिखेलको लागि गरेको कुराकानी :

तपाईको बाल्यकाल कसरी बितेको थियो ?
उदय ः— मेरो बाल्य काल भारतको र्दािजलिङमा बित्यो खास गरी मेरो प्राबि तहको अध्ययन गाउँमै भयो । त्यसपछि हाईस्कूल तह भने शहरमा गरियो अनि कलेज पनि त्यही शुरु गरे मेट्रिक तहको पढाइ पुरा गरेपछि बिए भने नेपालमा आएर मात्र पुरा गरे ।
मनिला ः— मेरो बाल्यकाल भने कालिम्पोङमा बित्यो । हास खेल गर्दै अनि जमघट भएको बेलामा भजन गाउँदै बित्यो म त्यस बेला साईबाबाको भजन गाउँथे ।

साँगितिक क्षेत्रमा कसरी प्रवेश कसरी भयो ?
उदय ः— म यो क्षेत्रमा सानैदेखि लागेको हुँ जति बेला म ५÷६ कक्षामा पढ्थे होला त्यस बेला म टेबल ठटाएर गीत गाउँथे । एक जना शिक्षक हुनु हुन्थ्यो उहाँले आप्mनो पिरियडमा चाहि ल आज गीत गाउने भन्नु हुन्थ्यो अनि जहिले पनि मलाई अघि बोलाएर गीत गाउँन लगाउनुहुन्थ्यो । म सानैदेखि अलिक लजालु स्वभावको भएको हुनाले साथीहरुले पछाडीबाट ठेलेर ब्लाकबोर्डसम्म पु¥याउँथे । अनि म गीत गाउँथे त्यस बेला दिपक खरेलको गीत उपेक्षाको लहरमा जीवन अर्पेर भन्ने गीतगाउँथे । अनि हाम्रो विद्यालय चाहि ठूलो भएको हुनाले शैक्षिक सत्र सिदिन्ने बेलामा साँस्कृतिक कार्यक्रम हुने गथ्र्यो त्यो कार्यक्रम ३ दिनसम्म हुन्थ्यो कार्यक्रमको अन्तिम समय तिर मैले पनि गीत गाउने मौका पाएँ त्यो मौका मेरो जीवनको पहिलो ठूलो स्टेजमा उत्रिने मौका थियो । त्यस बेला मैले यस्तै नै छ यहाँको चलन भन्ने प्रकाश अधिकारीको गीत गाएको थिएँ । त्यो मेरो जीवनमा लागि ठुलो अवसर थियो । यसले मलाई अगाडी बढ्न मदत्त पु¥यायो ।
मनिला ः— मेरो घर दार्जिलिङ भए पनि म काका सित कालिम्पोङमा बसेर पढ्थे मेरो काका खास गरी भजनहरु गाउँनु हुन्थ्यो उहाँले मलाई पनि सिकाउनु हुन्थ्यो काकाकै प्ररेणा र सहयोगले म यो संगीत क्षेत्रमा आएँ ।

आधा बाटो हिडेपछि मात्र तपाईहरुको भेट है ?
उदय ः— वास्तममा यो गीत र हाम्रो जिन्दगी एउटा सिक्काको दुई पाटा हो । एउटा सिक्काको एक पाटा मात्र छ भने त्यसको कुनै अर्थ रहन्दैन । वास्तवमा यो गीतको सृजना हाम्रै लागि भएको हो भन्दा फरक पर्दैन । यो गीतको न भिजुयल छ न त यो गीत र उदय मनिलाको जीवन पर्यावाची शब्द हो ।

व्यवसायिक अवस्था कस्तो छ ?
उदय ः— अहिले व्यवसायिक दृष्टिले नेपाली गीत संगीतको अवस्था नाजुक छ बिक्री बितरण छैन सिडीहरु जादैन क्यासेटहरु बन्द भइ सक्यो पिआरबिटी र सिआरबिटीको पैसा कतिको आउला र यूट्यूबमा हालेको गीतको पैसा कहाँ जान्छ हाम्रो खास स्रोत भनेको केवल स्टेज कार्यक्रम मात्र हो । त्यसमा पनि कहिले यस्तै सहयोगको कुरा आउँछ । खास गरी साथी भाइले बिदेश तिर कार्यक्रमहरु गर्छन हाम्रो खास स्रोत भनेकै त्यही हो ब्यबसायीक हिसाबले अहिले निकै गाह्रो छ तर पनि गीत संगित बचाउन निरन्तर गाईरहेका छौ. ।

गीत संगितमा नलागेको भए उदय मनिला जोडीलाई कहाँ भेटिन्थ्यो होला ?
उदय ः— यो क्षेत्रमा नलागेको भए सायद हाम्रो भेट हुदैन थियो होला । माथि देखि नै भगवानले यताबाट डल्ली जा उताबाट चिम्से जा भनेर आधा बाटोसम्म पठाएको होला । गीत संगीत नभएको भए मैले अर्कै सित बिहे गर्थे होला उस्ले अर्कै सित अनि यो बाटोमा आउन दिन्थ्यो दिन्थेन सायद सामान्य मान्छे जस्तै भएर रहिन्थ्यो होला । यति धेरै स्रोता र दर्शक पक्कै हुन्थेन फरक पेशामा भइन्थ्यो होला ।

manila

गीत संगीतमा पश्चिमी प्रभाव बढ्दो छ यसबारे के भन्नुहुन्छ ?
उदयः— यो पश्चिमी प्रभाव त गीत संगितमा मात्र होइन अरु क्षेत्रमा पनि छ भारतीय गीत संगितमा छ नेपाली गीत संगीतमा पनि छ यसलाई हामीले स्वीकार गर्नु पर्छ । तर हामीले हाम्रो लोक भाकालाई भुल्नु चाहि हुदैन त्यसलाई हामीले हाम्रो गीतमा हाल्न पाए हाम्रो गीत संगीतमा हाम्रो पन झल्किन्थ्यो जस्मा हाम्रो अस्तित्व रहेको हुन्छ ।

अहिलेसम्म कति देशमा सांगितीक भ्रमणहरु गर्नु भयो ?
उदयः— अहिलेसम्म गरेको सांगितीक भ्रमणहरु सिंगापुर, हङकङ, कोरिया, जापान, अस्ट्रेलिया, युके हुन

यो क्षेत्रमा लागेर के के मान÷सम्मान पुरस्कार पाउनु भयो ?
उदयः— यो गीत संगीतको क्षेत्रमा लागेर मान, सम्मान पुरस्कारमा म विश्वास गर्दिन आशा पनि गर्दिन यो अवार्ड कस्ले दिन्छ कस्ले दिदैन मलाई त्योे ठूलो कुरा लाग्दैन । तपाई यसरी सम्झेर आउनु भयो हामीले गीत गाउँदा बजाउने ताली उनीहरुले गर्ने हल्ला नै हाम्रो मान हो सम्मान हो पुरस्कार हो । जहाँ हामी हाम्रा प्रस्तुती गर्छौ त्यहाँ उदय मनिला भनेर दर्शकहरु चिच्याइरहेका हुन्छन हामीसंगै गाउँछन नाच्छन त्यो भन्दा ठूलो पुरस्कार के हुन सक्छ ।

यो गीत संगीतलाई राज्यले हेर्ने दृष्टिकोण कस्तो छ ?
उदयः— यो राज्यले के दिदैछ दिदैछैन दिन्छ दिदैन त्यो पटि मेरो ध्यान जान सकेको छैन म अलिक कम्जोर छु मलाई गीत लेख्नु पर्छ संगीत गर्नु पर्छ र गाउनु पर्छ बस मलाई यति थाहा छ । मैले गीत प्रस्तुत गरेर सबैको मन जित्नु पर्छ मेरो परिवार चलाउनु पर्छ घरको व्यवस्थापन हुनु पर्छ कस्ले के गर्दैछ किन गर्दैछ त्यतातिर सोच्ने फुर्सद पनि त्यति छैन ।

अहिलेसम्म तपाईले गाउनु भएको गीत कति होला ?
उदयः— अहिले गाएका गीतहरु हेला दुई यस जति अनि एलबम १० वटा म्यूजिक भिडियो गरेको २० वटा जति होला ।

तपाई गीत लेख्नु हुन्छ संगीत गर्नु हुन्छ र गाउँनु हुन्छ यी तीन वटा पक्ष मध्ये सबभन्दा बलियो पक्ष कुनलाई मान्नु हुन्छ ?
उदयः— मेरो आप्mनो व्यक्तिगत बुझाइमा यी तीनवटा पक्षमा सब भन्दा बलियो पक्ष चाहि म गायन अथवा स्वर लाई नै लिन्छु तर समग्रमा हेर्ने हो भने गीत संगीत र स्वर सबै राम्रो भयो भने गीत राम्रो हुन्छ ।

तपाई कुन कलाकार देखि प्रभावित हुनुहुन्छ ?
उदयः— मेरो जीवनमा प्रभावित पार्ने कलाकारहरुमा नारायण गोपाल, गोपाल योञ्जन, अमर गुरुङ र बच्चु कैलाश नै हुन । मलाई सबभन्दा बढी मन पर्ने कलाकार गोपाल योञ्जन हो उहाँले जस्तो गीत कम्पोजिशन गर्न पाए गीत लेख्न पाए कस्तो हुन्थ्यो उहाँले लेख्नु भएको गीतको १० प्रतिशत मात्र मैले लेख्न सकेको छु होला जस्तो लाग्छ ।

गीत संगीतमा आउने नयाँ यपुस्तालाई के सन्देश हुन्छ ?
उदयः— गाउँन त सबैले गाउँछन तर यो क्षेत्रमा अध्ययन आवश्यक छ बढी मिहेनत गर्नु पर्छ बढी अभ्यास गर्नु अनि मात्र सफल भइन्छ ।

Published On: Time : 6:04:00  1315पटक हेरिएको

तपाईको प्रतिक्रिया