भ्रमण वर्षको चटारोले छुँदै

‘‘समय छोटो छ । गर्नु धेरै छन् । साथीहरु रिसाउनुहुन्छ । तपाईंको फोन उठेन भनेर । ‘म भन्छु, हो म साँच्चीकै व्यस्त छु किनकी समय घर्किसकेको छ, काम धेरै गर्नुपर्नेछ, त्यसैले मेरो विनम्र अनुरोध छ, फोन उठाएन भनेर गुनासो नगरिदिनु होला’’ नेपाल भ्रमण वर्ष २०२० अभियानका राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यको यो आग्रह समय सान्दर्भिक छ । ‘‘भ्रमण वर्ष सफल हुन्छ कि हुँदैन भनेर हैन कि भनेर नसोचाँै बरु जसरी...

मेरिएट होटलको भेन्चर नेपालमा, काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं, २ साउन – नेपालको राजधानीमा “काठमाडौं मेरिएट होटल” संचालनमा आएको छ । यो सँगै नेपालमा मेरिएट होटलको फ्ल्यागसीप ब्राण्डको डेब्यू भएको छ । आधुनिक यात्रुहरुलाई विस्तार गर्न डिजाइन गरिएको प्राइम लोकेसनमा अवस्थीत यस होटलले पछिल्लो पीढीका यात्रुहरुलाई आकर्षक सांस्कृतिक शहरसँग जोड्दछ । मेरिएट इन्टरनेशनल, दक्षिण एशियाका एरिया भाइस प्रेसिडेन्ट निराज गोभिलले भन्नुभयो, “हामी हाम्रो फ्ल्यागसीप ब...

हजयात्रीलाई गृहमन्त्री थापाद्वारा बिदाइ

गृहमन्त्री रामबहादुर थापाले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीलाई बिदाइ गर्नुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री थापाले १५६ हजयात्रीलाई बिदाइ गर्नुभएको हो । आज पहिलो चरणमा उनीहरु हज गर्नका लागि त्यसतर्फ जान लागेका हुन् । सो अवसरमा मन्त्री थापाले धर्मनिरपेक्ष मुलुक नेपालले सबै धर्मलाई सम्मान गर्ने भएकाले मुस्लिम समुदायलाई पनि हज गर्नका लागि मक्कामदि...

पर्यटक लोभ्याउँदै ‘रिमिघा लेक’

ः प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको ‘रिमिघा लेक’मा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ । हिमाल र पहाडको मनोरम दृश्य अवलोकन गर्न पाइने र प्राकृतिक सुन्दरताले भरिपूर्ण रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ । लेकको फेदीसम्म पुग्ने सडक स्तरोन्नति गरेपछि अहिले यहाँ रमाउन आउने पर्यटकको सङ्ख्य...

अविरल वर्षाको कारण ३१ जनाको मृत्यु, १३ बेपत्ता, ६४ जनाको उद्दार

अविरल वर्षाका कारण वीरगञ्जको रामगढवामा बाढी आएपछि शनिबार स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ लैजान मद्दत गर्दै सुरक्षाकर्मी । तस्बिर : विजयकुमार महतो rss काठमाडौं, २८ असार । अविरल वर्षाको कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३१ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा परी १३ जना बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन् । बाढी पहिरोमा परेका काठमाडौंमा ४२ जना, उदयपुरमा १०...

पर्यटनबाट ६९ अर्ब

मुलुकको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिने पर्यटन क्षेत्रबाट सन् २०१८ मा रु ६९ अर्ब ७५ करोड ५८ लाख आम्दानी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘नेपाल टुरिज्म स्टाटिसटिक्स–२०१८’ अनुसार यो अघिल्लो वर्षको तुलनामा १७ प्रतिशतले बढी हो । सन् २०१७ मा ५८ अर्ब ५२ करोड, ६९ लाख आम्दानी भएको थियो । उक्त आम्दानी सन् २०१५÷२०१६ को तुलनामा ४० प्रतिशतले बढी थियो । ...

सगरमाथा आरोहण प्रतिबन्धको हल्ला निराधार

पर्यटन विभागले सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणका लागि प्रतिबन्ध लगाउने भन्ने हल्ला निराधार भएको स्पष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै सगरमाथालगायत ४१४ हिमालमध्ये कुनै पनि हिमाल आगामी वर्षमा आरोहणका लागि प्रतिबन्ध लगाउने वा केही समयका लागि रोक्ने भन्ने विषयमा विभागमा अनौपचारिक रुपमा समेत छलफल नभएको जनाएको छ । आगामी केही वर्ष सगरमाथा आरोहण गर्न रोक्ने वा प्रतिबन्ध लगाउने ...

साकेला तावाभञ्ज्याङमा कृत्रिम ताल

साकेला गाउँपालिका–३ खिदीमाको पर्यटकीयस्थल तावाभञ्ज्याङमा निर्माण गर्न लागिएको कृत्रिम तालको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । खोटाङ र भोजपुरको सिमानामा पर्ने तावाभञ्ज्याङमा रहेको खाली ठाउँमा १ नं प्रदेशकै नमूना तथा ठूलो कृत्रिम ताल निर्माण गर्ने तयारीका साथ डिपिआर तयार गरिएको हो । करीब रु ५६ करोड लागतमा निर्माण गरिने कृत्रिम तालका लागि प्रदेश नं १ सरकार र साकेला गाउँ...

ब्रिटिस एअरवेजलाई यात्रुको डाटा चोरेका अभियोगमा दुई करोड २९ लाख डलर जरिवाना

लण्डन, २३ असार । बेलायती विमान कम्पनी ब्रिटिस एअरवेजलाई लाखौँ यात्रुको डाटा चोरीमा दोषी ठहर गर्दै १८ करोड ३० लाख ३९ हजार पाउण्ड सटर्लिङ (२२ करोड ९० लाख ७० हजार अमेरिकी डलर) जरिवाना गरिएको विमानकम्पनीको मातृ समूह ‘इन्टरनेशनल एअरलाइन्स ग्रुप’ (आएजी) ले सोमबार जनाएको छ । कम्प्युटरका घुषपैठ (ह्याकर)हरूले गत बर्ष विमानका लाखौँ यात्रुहरूको तथ्याङ्क तथा बैंक विवरण चोरी गरी कानूनविपरित काम ...

इलामको झल्को दिने चिया बगानले तान्यो पर्यटक

लमजुङ, २० असार । नेपालकै पहिलो ‘स्मार्ट भिलेज’ बन्दै गरेको क्व्होलासोथर गाउँपालिकाभित्र लगाइएको चिया खेती पर्यटकको मुख्य आकर्षण बन्न थालेको छ । गाउँपालिकाभित्रका घलेगाउँ, भुजुङ, पसगाउँमा लगाइएको चियाबगानमा दैनिक सयौँ आन्तरिक पर्यटक रमाउने गरेका छन् । चिया बगानको सुन्दर दृश्य हेर्दा निकै रमाइलो लाग्ने काठमाडौँबाट घलेगाउँ आएका पर्यटक अनिल महर्जनले बताउनुभयो । उहाँले भन्नुभयो, “यो चिया बगा...