साकेलामय टुँडिखेल

काठमाडौं । काठमाडौंको टुँडिखेल साकेलामय भएको छ । किरातीहरुको महान चाड साकेलाको अवसरमा उपत्यकामा बसोबास गर्ने किरातीहरु आज सबैरै भेला भएर साकेला उभौली मनाइरहेका छन् । उभौली चाड किराँत समुदायभित्रका राई, लिम्बु, सुनुवार र याक्खा जातिको मुख्य चाड हो । उभौलीका अवसरमा सबै समुदायले विभिन्न कार्यक्रम गरि मनाइरहेका छन् । वसन्त ऋतुमा लगाइएको अन्नबाली सप्रियोस, खाद्यान्नको अभाव नहोस् भन्दै यो चाड मन...

सिरिजंगा धार्मिक वन चार महिनादेखि विवाद कायम

मोरङ । मोरङको पथरीशनिशरे नगरपालिका—१० नम्बर वडामा रहेको सिरिजंगा स्मृति धार्मिक वनको नयाँ समिति चयनमा चार महिनादेखि निरन्तर विवादहुदै आएको छ । पछिल्लो पटक एउटा पक्षले १७ सदस्यीय समितिको नाम सव डिभिजन वन कार्यालय पथरीमा पु¥याएपनि अर्को पक्षले आम उपभोक्ताको सहमति विना पठाइएको समिति किर्ते भएको आरोप लगाउदै पुनः निर्वाचनको माग गरेको छ । धार्मिक वनको माघ २१ गते तेस्रो चुनावी साधारण सभाको उद्घ...

बालबालिकासम्बन्धी नियमावली आउँदै मन्त्री थापा

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बालबालिकाको हितमा कार्यरत नेपाल बाल सङ्गठनलाई मन्त्रालयअन्तर्गत ल्याउन आवश्यक रहेको जनाएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा उनले बालबालिकाको हितमा कार्यरत नेपाल बालसङ्गठनलाई महिला मन्त्रालयअन्तर्गत ल्याउन आवश्यक रहेको बताए । हाल सो सङ्गठन गृह मन्त्रालयअन्तर्गत रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागर...

अदालतमा कार्यरत कर्मचारीको कार्यालयमै मृत्यु

ओखलढुङ्गा । जिल्ला अदालतमा कार्यरत एक कर्मचारीको कार्यालय समयमै मृत्यु भएको छ । कार्यालय सहयोगी सिद्धिचरण नगरपालिका–३ केराउस्वाँराका ४६ वर्षीय पोष्टप्रसाद दाहाल कार्यालयमै मृत भेटिएका हुन् । अदालतको कर्मचारी आवास गृहमा आज अपरान्ह दाहाल मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । आराम गरिरहेका दाहाल दिनभर बाहिर नआएपछि अर्का कर्मचारीले ढोका खोलेर हेर्द...

कानुन बनाउँदा संविधानको मर्मलाई ख्याल गरौं : अध्यक्ष तिमिल्सिना

काठमाडौं, ९ जेठ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान र ऐनको मर्म बिपरित नियमावली र निर्देशिका जारी गर्न नहुने बताउनुभएको छ । राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वसन समितिले बिहीबार आयोजना गरेको प्रत्यायोजित विधायनसम्बन्धि अन्तरक्रिय कार्यक्रमको उद्घाटनमा बोल्दै अध्यक्ष तिमिल्सिनाले संविधानको मर्मअनुसार ऐन र ऐनअनुसार नियमावली तथा निर्देशिका...

आठराईबासीसँग प्रधानमन्त्रीको जिज्ञासा : भित्रिया र खमारेमा आँप कटहर छन् कि छैनन् ?

काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न आउजाउ गर्ने थुप्रै नेता, कार्यकर्ता, मतदाता, शुभचिन्तक हुन्छन् । बिहान सबेरैदेखि रातिसम्म दैनिक सयौं मानिसहरुसँग प्रधानमन्त्रीको भेटघाट र अन्तक्र्रिया हुन्छ । तर बिहीबार बिहान प्रधानमन्त्री ओलीको करिब १५ मिनेटको भेटघाट भने बिल्कुल फरक रह्यो । सधैं राष्ट्रिय राजनीति र विकासका ठूला ठूला नीति र योजनाका बिषयमा छलफल हुने यस ठाउँमा आज प्रधानमन्त्रीले आफ्नो जन्...

प्रधानमन्त्री ओलीद्वारा भारतीय प्रधामन्त्री मोदीलाई टेलिफोनमा बधाइ तथा शुभकामना

काठमाडौैं ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा बिजय हासिल गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गर्नुभएको छ । आज अपरान्ह साढे बजे प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आगामी कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गर्नुभएको छ । टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने वि...

शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्दछ : प्रम ओली

काठमाडौं, ९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा प्राप्त गर्न विदेश जानु पर्ने बाध्यता हटाउनु पर्ने बताउनुभएको छ । कान्तिपुर हिसान एडु फेयरको बिहिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ज्ञानको विरुवा टुसाएको नेपालबाट शिक्षा आर्जनका लागि विदेश जानुपर्ने कुरा सुहाउदो नभएको बताउनुभएको छ । “देशलाई चाहिने शिक्षा यहीँ पाउनु पर्दछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो “कुनै विशिष्ट प्रकारको प्राविधि...

देउवाको पेटमा समस्या, उपचारका लागि सिङ्गापुर प्रस्थान

काठमाडौं, ९ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पेटमा स्वास्थ्य समस्या भएपछि उपचारका लागि सिङ्गापुर प्रस्थान गरेका छन् । उपचारका लागि बुधबार राति सिङ्गापुर प्रस्थान गरेको कांग्रेस केन्द्रीय कार्यालयले जानकारी दिएको छ । लामो समयदेखि पेटसम्बन्धी स्वास्थ्य समस्या झेल्दै आइरहेका देउवाले सिङ्गापुरको माउण्ट एलिजावेथ अस्पतालमा स्वास्थ्य जाँच गराउँदै आएका छन् । चिकित्सकको सल्लाहअनुसा...

बैतडीमा जलेर तीनजनाको मृत्यु

बैतडी । बैतडीको पुर्चौंडीमा तीनजनाको जलेर मृत्यु भएको छ । पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाइ बस्दै आएका ४५ बर्षीय करे लुहारसहित उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहारको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । टहरामा सुतेका बेला चुल्होको आगो सल्केर आगलागी हुँदा लुहार परिवारको मृत्यु भएको हो । बुधबार राति करीब पौने १० बजेतिर आग...