जोनसनको नेतृत्वमा काम नगर्ने बेलायती अर्थमन्त्रीको घोषणा

ल लण्डन, ५ साउन । बेलायतका अर्थमन्त्री फिलीप ह्यामण्डले बेलायती यदि बोरिस जोनसन बेलायतको प्रधानमन्त्री भएमा आफूले राजिनामा दिने बताउनुभएको छ । आइतबार बीबीसी टेलिभिजनसँगको कुराकानीमा अर्थमन्त्री ह्यामण्डले बेलायतको यूरोपेली यूनियनबाट हुने बहिर्गमनमा बिषयमा जोनसनको रणनीतिप्रति आफू कहिल्यै सहमत नभएको बताउँदै उहाँको नेतृत्वमा आफूले काम गर्न सम्भव नहुने बताउनुभएको हो । उहाँले भन्नुभयो, “प्रध...

जापानको माथिल्लो सदनका लागि मतदान

टोकियो, ५ साउन । जापानमा माथिल्लो सदनका लागि आइतबार देशव्यापी मतदान भएको छ । यो निर्वाचनलाई प्रधानमन्त्री सिन्जे आवेको छ वर्ष छ महिनाको अहिलेसम्मको कार्यकालका बारेमा आम नागरिकको धारणा मापन गर्ने अवसरका रुपमा पनि हेरिएको छ । मतदानका लागि देशभर ४७ हजार मतदान केन्द्र स्थापना गरिएको छ । स्थानीय समय अनुसार बिहान ०७ बजेदेखि सुरु भएको मतदान बेलुका ८ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ ।...

तेल ट्याँकर छाड्न बेलायतको आग्रह

बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ । बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ । नियन्त्रणमा लिइएको उक्त ट्याँकर अबिलम्ब छाड्न बेलायत समेत युरोपेली अरु मुलुकहरुले इरान समक्ष निरन्तर आग्रह गरिरहेका छन् । उक्त जहाजका १८ जना चालक भारतीय रह...

तेल ट्याँकर छाड्न बेलायतको आग्रह

लन्डन, ५ साउन (रासस-एएफपी) – बेलायतले ओमानको तटीय जलक्षेत्रबाट इरानले कब्जामा लिएको इन्धन बोक्ने टयाँकर (पानीजहाज) तत्काल छाड्न बेलायतले इरान समक्ष आग्रह गरेको छ । बेलायतले इरानको उक्त कार्य गैरकानुनी रहेको भन्दै यसलाई कुनै पनि हालतमा स्वीकार्न नसकिने जनाएको छ । नियन्त्रणमा लिइएको उक्त ट्याँकर अबिलम्ब छाड्न बेलायत समेत युरोपेली अरु मुलुकहरुले इरान समक्ष निरन्तर आग्रह गरिरहेका छन् । उक्त जह...

इबोला महामारीको चपेटामा कङ्गो, एक हजार ७०० को मृत्यु

काठमाडौँ, ४ साउन (रासस) – अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा पछिल्ला दिनमा प्राणघातक इबोला भाइरस व्यापक रुपमा फैलिएपछि उपचार, नियन्त्रण र निगरानी व्यापक बनाइएको छ । अति संक्रामक र घातक इबोला भाइरसले अफ्रिकामा सन् १९७६ मा पनि हजारौंको ज्यान लिएको थियो । पटकपटक अफ्रिकी महादेशलाई सताउँदै आएको इबोला भाइरस पछिल्लो समय कङ्गोमा व्यापक रुपमा फैलिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले...

म जेल जान तयार छु : प्रियङ्का गान्धी

मिर्जापुर, भारत, ४ साउन (रासस-एएनआई) – भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताउनु भएको छ । गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उहाँले यस्तो बताउनु भएको हो । “पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,” उहाँले ट्विटरमा लेख्नु भएको छ । उहाँले जमानत कुनै हालतमा पनि नतिर्न...

अमेरिकी सेनालाई साउदी राजाको स्वीकृति

रियाद, ४ साउन (रासस-सिन्ह्वा) ः साउदी अरबका राजा सल्मान बिन अब्दुलाजिज अल–साउदले अमेरिकी सेना साउदी अरबमा तैनाथ गर्न स्वीकृती दिनुभएको छ । साउदी प्रेस एजेन्सीले शुक्रबार दिएको जानकारी अनुसार क्षेत्रीय सुरक्षा र शान्ति स्थापनाका लागि सहकार्य गर्नुपर्ने भएकाले अमेरिकी सेनालाई स्वीकृति दिएको साउदी राजाले बताउनु भएको छ । अमेरिकी पाँच सय सेना साउदी अरबस्थित प्रिन्स सुल्तान हवाई अखडामा रहने तय ...

चीनमा दशको मृत्यु, १९ घाइते, पाँच बेपत्ता

झेन्झाउ, ४ साउन (रासस÷सिन्ह्वा) ः चीनको एउटा ग्यास उद्योगमा शुक्रबार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । घटनामा परी अरु १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्कबिहीन रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.४५ मा विस्फोट भएको हो । इमा शहरमा अवस्थित हेनान कोल ग्यास कम्पनी लिमिटेडको ग्यास उद्य...

अमेरिकी संसदले न्यूनतम ज्याला १५ डलर तोक्यो, सिनेट भने विपक्षमा

वासिङ्टन, ३ साउन (रासस-सिन्ह्वा) – डेमोक्र्याटिक पार्टीको बर्चश्व रहेको अमेरिकी तल्लो सदन “हाउस अफ रिप्रिजेन्टेटिभ्स” ले संघीय न्यूनतम ज्याला सन् २०२५ सम्ममा प्रतिघण्टा १५ अमेरिकी डलर बनाउने सम्बन्धी विधेयक पारित गरेको छ । तर रिपब्लीकन पार्टीको बर्चश्व रहेको माथिल्लो सदन सिनेटले भने उक्त विधेयक पारित नगर्ने सम्भावना छ । तल्लो सदनबाट पारित विधेयक माथिल्लो सदनबाट पनि पारित भएपछि राष्ट्रपतिले स...

मानवरहित विमान सुरक्षित फर्केको इरानको दाबी

तेहरान ३ साउन । अमेरिकाले इरानको मानवरहित विमान (ड्रोन) खसालेको भनी गरेको दाबी इरानको सशस्त्र बलले अस्विकार गरेको छ । सबै ड्रोन शिवीरमा सुरक्षित रुपमा फर्केको यहाँको समाचार समितिले जानकारी दिएको छ । अमेरिकी जल सेनाले स्ट्रेट अफ होर्मुज भनिने समुद्री मार्गमा इरानको ड्रोन खसालेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दाबी गर्नुभएको थियो । उक्त ड्रोन अमेरिकी पानीजहाज भन्दा करिब एक किलोमिटरनज...