फुटवलमा नेपाललाई स्वर्ण

मंसिर २३, काठमाडौं । १३ औ दक्षिण एसीयाली खेलकुद परिषद अन्तर्गत आज सम्पन्न भएको पुरुष तर्फको फूटवल फाइनल खेलमा आयोजक राष्ट नेपालले भुटानलाई २–१ ले हराउँदै स्वर्ण पदक जित्न सफल भएको छ । आज दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल द्वारा भुटान २–१ ले पराजित भएको हो । भुटान नेपालसंग पराजित भएपछि रजत पदकमै चित्त बुझउनु परेको छ । फूटवलको फाइनल खेल समाप्त संगै जारी १३ दक्षिण एसियाली खेलकुद समाप्त भएको छ ।...

(साग) आज समापन हुँदै, विजोर नम्वर प्लेटको सावारीसाधन संचालनमा रोक

मंसिर २४, काठमाडौं । १३ दक्षिण एशियाली खेलकूद (साग) को आज समापन हुदैछ । समापन कार्यक्रमलाई लक्षित गरी आज काठमाडौँका मुख्य सडक क्षेत्रमा बिजोर नम्बरप्लेट भएका गाडीलाई सञ्चालनमा रोक लगाइएको छ भने जोर नम्बर प्लेटको गाडीलाई मात्रै संचालन अनुती दिइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले यातायात व्यवस्थापनका लागि जोरबिजोर प्रणाली लागू गरेको जनाउँदै आज जोर नम्बरप्लेटका गाडी मात्रै चलाउन अनुरोध ...

नेपाली महिला टीम भारतसंग २–० ले पराजित

मंसिर २३, पोखरा । आयोजक नेपाल, दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको फाइनलमा भारतसँग २–० पराजित भएको छ । सागमा महिला फुटबल २०१० बाट समावेश भएको थियो । त्यससँगै तीनवटै संकरणको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित हुँदै आएको छ । घरेलु मैदानमा भएको प्रतियोगितामा नेपाल विगतको हारको बदला लिन चाहन्थ्यो । उसका लागि दुबै गोल बालादेवीले गरिन् । खेलको १८ औं मिनेटमा गोल गर्दै भारतलाई अग्र...

पुरुष फुटवलमा नेपालद्वारा माल्दिव्स २–१ ले पराजित

मंसिर २१, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलतर्फ नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । दशरथ रङ्गशालामा शनिबार दिउँसो भएको खेलमा नेपालले २–१ को जित हासिल गर्दै माल्दिव्सलाई पराजित गरेको हो । मध्यान्तरसम्म १–१ को बराबरी रहेको खेलमा मध्यान्तरपछि नेपालका लागि अनन्त तामाङले निर्णायक गोल गर्दै नेपाललाई ऐतिहासिक जित दिलाउन सफल भए । मध्यान्तर अघिसम्म नेपाल र माल्दिभ्...

१३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा माल्दिभ्सको पहिलो स्वर्ण

मंसिर १७, काठमाडौं । १३ औं दक्षिण एसीयाली खेलकुद (साग) खेलकुदमा दक्षिण एसियाकै सबैभन्दा सानो देश माल्दिभ्सले पहिलो पटक र पहिलो स्वर्ण पदक जितेको छ । सागको ३५ वर्षे इतिहासलाई ब्रेक गर्दै उसले एथ्लेटिक्सबाट स्वर्ण जितेको हो । १०० मिटर दौड १०.४९ सेकेन्डमा पुरा गरेर हसन साइदले इतिहास रचेका हुन । उनले श्रीलंकाका हिमेश इशानलाई पछि पारे स्वर्ण चुमेका हुन । ...

तेक्वान्दोमा नेपाललाई सात स्वर्ण

मंसिर १७, काठमाडौं । नेपालले घरेलु मैदानमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको पुम्से विधातर्फ कुल ७ स्वर्ण जितेको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा मंगलबार सम्पन्न १३ स्वर्णको प्रतिस्पर्धामा नेपालले ७ स्वर्ण जितेको हो । त्यस्तै श्रीलंकाले तीन स्वर्ण जित्दा भारतले दुई र बंगलादेशले एक स्वर्ण हात पार्न सफल भयो । नेपालका लागि आयषा शाक्यले दुई स्वर्ण दिलाउँद...

नेपाल पदक तालिकाको शीर्ष स्थानमा, भुटान र माल्दिभ्स शुन्य

काठमाडौँ १६ मंसिर । १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० मा नेपाल ५ पदक सहित शीर्ष स्थानमा छ । सोमबार दिउँसोसम्म ३ स्वार्ण, १ रजत र १ कास्य सहित ५ पकद जितेको हो । भारत एक स्वर्णसहित ४ पदक सहित तालिकाको दोस्रो स्थानमा रहेको छ । भारतले २ रजत र १ कास्य जितेको हो । यस्तै पाकिस्तानले एक स्वर्णसहित ३ पदक जितेर तेस्रो स्थान हासिल गर्दा बंगलादेशले ३ वटा कास्य पदक जितेका छन् । भुटान र माल्दिभ्...

साग खेलकुद अन्तर्गत आज भएको महिला भलिबलमा नेपालको सुखद विजयी सुरुवात

११ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)को महिला भलिबलमा नेपालले विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३(० को सोझो सेटमा हराएको हो ।त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको खेलमा नेपाल २५(९, २५(९, २५(११ ले विजयी भएको हो । नेपालको जितमा प्रतिभा मालिले उत्कृष्ट प्रदर्शन गरिन् । पहिलो पटक राष्ट्रिय टिममा परेकी उषा भण्डारी र हिरा केसीले पनि राष्...

१३ औं दक्षिण एसीयाली खेलकुद अन्तर्गत भलिवल खेल आजवाट

मंसिर ११, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुदको औपचारिक उद्घाटन हुनु भन्दा चार दिन अघि नै भलिवल प्रतियोगिता भने आजवाट सुरु हुने भएको छ । १३ औं दक्षिण एसीयाली खेलकुद प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १५ मा हुने कार्यक्रम रहेको छ । बुधबारदेखि त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ । भारतबाहेकका प्रति...

सागको ओलम्पिक टर्च सातै प्रदेशमा भ्रमण गराइने

मंसीर ६ काठमाडौं । नेपालमा हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद (साग)को ओलम्पिक टर्च सातै प्रदेशमा पु¥याइने भएकोछ । ओलम्पिक टर्च ¥याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलन गरी सोको जानकारी गराएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव एवं १३औं दक्षिण एसियाली खेलकुद कार्यकारी समितिका संयोजक रमेशकुमार सिलवालले स्वयम्भूमा शुक्रबार ओलम्पियन एव...