माङपा, नछुङ, मुन्दुम ज्ञाताहरुको भेला

काठमाण्डौ । किरात मुन्दुम अध्ययन केन्द्रको आयोजनामा माङपा, नछुङ, मुन्दुम ज्ञाताहरुको भेला सम्पन्न भएको छ । भेलामा तीन चुला, रिसिया मुन्दुम साथै माङ्पा अनि नछोङमा हुने विद्या समन्धी छलफल भएको हो । पहिलो चरणमा काठमाण्डौमा बहस गरिएको र आगामी दिनमा अरु अरु जिल्ला अथवा प्रदेश स्तरीय माङ्पा नछोङ भेला राख्ने किरात मुन्दुम अध्ययन केन्द्रका अध्यक्ष जीतेन राइले जानकारी गराउदै भने हामी किरातिको...

पहिलोपल्ट अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा

मेचीनगर । मेचीनगरको धुलावारीमा बैशाख २८ र २९ गते ‘प्रथम अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा’ हुने भएको छ । मेचे समुदायको भाषा, साहित्य र संस्कृति संरक्षणको उद्देश्यले मेचीनगर–१० धुलावारीस्थित पुरानो कोलोनी रहेको प्लटिङ क्षेत्रमा साहित्य सभा गरिदै छ । मेचे बोडो साहित्य सभा नेपालका अध्यक्ष कमल मेचेको अध्यक्षतामा २२ सदस्यीय मूल आयोजक समिति गठन गरिएको र सभाका लागि तयारी धमाधम भइरहेको छ । मेचीन...

रेस्क्यू नेटवर्कद्धारा हावाहुरीबाट प्रभावित क्षेत्रमा राहत वितरण

वीरगञ्ज। प्राथमिक स्वास्थ्य तथा राहत र उदारका क्षेत्रमा क्रियाशिल संस्था रेस्क्यु नेटवर्क नेपालद्धारा बारा र पर्सामा हावाहुरीबाट प्रभावित भएका परिवारलाई राहत वितरण गरेको छ । बुधबार हावाहुरी प्रभावित क्षेत्रमा संस्थाका टोली पुगेर राहत वितरण गरेको हो । हावाहुरीबाट प्रभावित क्षेत्रका २ सय घरपरिवारलाई त्रिपाल, सर्वोत्तम पिठो, विस्कुट, चिउरा, चाउचाउ, बदाम, टर्चलाइट तथा मिनरल वाटर वितरण गरिएको संस्था...

कोरियाली भाषा परीक्षाका लागि ९२ हजारको आवेदन

काठमाडौँ, १८ चैत (रासस)  नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको निकै आकर्षण देखिएको छ । कोरियाले सन् २००८ देखि रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपाली श्रमिक लैजाने घोषणा गरेयता प्रत्येक वर्ष भाषा परीक्षामा सहभागी हुनेको सङ्ख्या बढेको बढ््यै छ । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुलापन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजान...

अनौठो रोगबाट दुईको मृत्यु, चार सिकिस्त

  खोटाङ, १५ चैत/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित रामपुरका वीरबहादुर विश्वकर्माका परिवारमा ठूलो समस्या देखापरेको छ । कम्मरमुनिको अङ्ग नचल्ने रोगले दुई जना छोरीको मृत्यु हुनुका साथै चार छोराछोरी थला परेपछि ठूलो समस्या देखापरेको हो । तीस वर्षीया माइली छोरी कोपिला, २२ वर्षीया जन्तरी अनिशा, २० वर्षीया लखन्तरी मनिषा र कक्षा ९ मा अध्ययनरत कान्छा छोरा चेतराज विश्वकर्माको कम्मरम...

छात्रा र शिक्षिकालाई सेनेटरी प्याड

नवलपरासी, ८ चैत । पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन छाड्ने समस्यालाई मध्यनगर गरी सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन गरिएको हो । महिनावारी भएको बेला विभिन्न कारणले विद्यालय नआउने छात्रालाई विद्यालय आउने वातावरण सिर्ज...

महिला आयोगमा बढे ‘लिभिङ टुगेदर’ का उजूरी

काठमाडौँ, ८ चैत । पछिल्लो समयमा ‘लिभिङ टुगेदर’को परम्परा देखिएसँगै राष्ट्रिय महिला आयोगमा त्यससँग सम्बन्धित उजूरी पनि बढ्न थालेका छन् । आर्थिकसँग सम्बन्धित नभई सम्बन्ध स्थापित गरी पाउँ भन्ने खालका उजूरी बढ्न थालेको आयोगका सूचना अधिकारी धु्रवराज क्षेत्रीले जानकारी दिनुभयो । “दुई जनाको सहमतिमा सँगै बस्न थालेपछि पुरुषले आफ्नो स्वार्थ पूरा गरेर बेपत्ता भइसकेपछि मात्र महिला आयोगमा आइ पुग्छन्”, क...

घट्दै एसइई परीक्षाको हाउगुजी

काठमाडौँ, ७ चैत । अक्षराङ्कन प्रणाली कार्यान्वयन र प्रदेशस्तरबाट प्रश्नपत्र सोध्न थालिएपछि माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा देखिने हाउगुजी घट्दै गएको छ । जुनसुकै परीक्षामा एक प्रकारको मनोवैज्ञानिक दबाब हुने भए पनि विगतको प्रवेशिका (एसएलसी) मा जस्तो विद्यार्थी र अभिभावकमा त्रास र डरको भार घटेको पाइएको छ । सरकारले कक्षा १२ सम्मलाई माध्यमिक शिक्षाको मान्यता दिएपछि कक्षा १० को एसइई पर...

वसन्त ऋतुमा लालीगुराँसको रौनक

गलेश्वर, ७ चैत (रासस) : यसै त वसन्त ऋतु, त्यसमाथि पनि वनैभरि ढकमक्क फुलेका लालीगुँरास । लालीगुराँसकै छेडोबाट देखिने सेताम्यै हिमाल र मनमोहक प्राकृतिक छटा । म्याग्दीका लेकाली भूगोलमा अहिले बेग्लै रौनक थपिएको छ । कहिल्यै पनि वन जङ्गलमा नपुगेका युवायुवतीको लर्को अहिले जङ्गली क्षेत्रमा पुग्दा गाउँलेले अचम्म मानेका छन् भने युवकयुवती गुराँस र हिमाललाई पृष्ठभूमिमा पारेर तस्वीर खिच्न पाउँदा मख्ख परेका ...

विद्यालयमा अनिवार्य राष्ट्रिय झण्डा

काठमाडौँ, ७ चैत ।  काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि सबै विद्यालयमा राष्ट्रिय झण्डा र देवनागरिक लिपिमा नाम अनिवार्य गर्ने तयारी गरेको छ । पछिल्लो समय धेरै विद्यालयले अङ्ग्रेजी नाम राखेको पाइएको हुँदा ती सबै विद्यालयले देवनागरिक लिपिमा पनि नाम राख्न अनिवार्य गरिएको जानकारी कामपाले गराएको छ । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार राष्ट्रियको सम्मानको लागि निजी र सामुदायिक सब...