वैशादेखि युरो ६ लागु हुने

इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना सबै रिफाइनरी केन्द्रमा युरो ६ मापदण्डको इन्धन अपग्रेड गर्ने भएपछि नेपालले पनि आगामी वैशाखदेखि वातावरणमैत्री युरो ६ मापदण्डको इन्धन ल्याउने भएको छ । नेपालले इन्डियन आयल कर्पोरेसन (आइइओसी) बाट इन्धन ल्याउँछ। निगमले असोज पहिलो सातादेखि नै युरो ६ मापदण्डको इन्धन प्रयोग गर्न चाहने व्यापारीलाई अनुमति पत्र दिँदै आएको आयल निगमले जानएको छ। वैशाखदेखि भने सर्वसाधारण...

शान्ति वन पदाधिकारीहरुको पद धरापमा

मोरङ । मोरङ पथरीशनिश्चरे नगर स्थित शान्ति सामुदायिक वन उपभोक्ता समूहले नेपालको कानुन र वनको विधान विपरित मिलेमतोमा नयाँ समिती चयन गरेपछि पदाधिकारीहरुको पद धरापमा पर्ने भएको छ । शान्ती वनको नवौ साधारण सभा कार्तिक ४ गते खुल्ला र ७ गते सदस्य पदको लागि मात्र निर्वाचन भएको थियो । मुख्य पाँच हुनुपर्नेमा सर्वसहमितिको लागि दुई पद सिर्जना गरेर समिती घोषणा भएको थियो । शान्ती वनको उपभोक्ताह...

एचसिसीएनको क्षेत्रीय सम्मेलन शुरु, लगानी र आर्थिक कूटनीति विस्तारमा जोड

आर्थिक कूटनीतिको माध्यमबाट मुलुकको समृद्धिमा टेवा पु¥याउने उद्देश्यले अवैतनिक वाणिज्यदूतहरुको क्षेत्रीय सम्मेलन आजदेखि राजधानीमा प्रारम्भ भएको छ । अवैतनिक वाणिज्यदूतहरूको संस्था (एचसिसीएन) र वाणिज्यदूतको विश्व महासङ्घले आयोजना गरेको सम्मेलनमा आर्थिक कूटनीतिको विस्तार, व्यापार, पर्यटन, संस्कृति तथा सामाजिक क्रियाकलापको माध्यमबाट समृद्धिमा साझेदारी गर्ने कार्यक्रम रहेको छ । विभिन्न मुलुकको प...

मकवानपुरमा आधा दर्जन पुल बन्दै

मकवानपुरको क्षेत्र नं– २ अन्तर्गत पर्ने विभिन्न स्थानमा रु एक अर्बको लागतमा छ वटा पुल बन्ने भएका छन् । पुल अभावका कारण आवतजवावत तथा उत्पादित वस्तुको ओसारपासारलगायतमा समस्या झेल्दै आएका स्थानीयवासी पुल बन्ने भएपछि खुशी भएका छन् । कृषि उपजको पकेटक्षेत्र मानिने स्थानमा नै पुल नहुँदा व्यावसायिक कारोवारमा समस्या भोग्दै आएका क्षेत्र नं २ मा चालु आर्थिक वर्षमा करीब रु एक अर्बको लागतमा आधादर्जन पक्की...

‘पिक एण्ड ड्रप’ कार्यक्रम प्रभावहिन

काठमाडौँ महानगरपालिकाले टुँडिखेल आसपास क्षेत्रमा शुरु गरेको सार्वजनिक सवारी साधनले यात्रु कुरेर बस्न नपाउने ‘पिक एण्ड ड्रप’ कार्यक्रमको प्रभावकारिता न्यून देखिएको छ । काठमाडौँ महानगरपालिकाले गत पुस १ गतेदेखि टुँडिखेल आसपास, भद्रकाली, रत्नपार्क, शहीदगेट, आरएनएसी र जमलमा शुरु गरेको उक्त कार्यक्रमको प्रभावकारिता अत्यन्तै न्यून देखिएको हो । कार्यक्रम शुरु भएको एक वर्ष बित्नै लाग्दा सवारी चाल...

मह र माहुरीको अवलोकन गर्न लण्डनका नागरिक रुडी नलगाडमा

भिन्न प्रजातिका रैथाने मौरीहरुको बासस्थान र महको गुणस्तरतालाई अवलोकन गर्न लण्डनका नागरिक रुडी रेप्का र लिडिया अनियला रेप्का नलगाड नगरपालिकाको कल्पतमा पुगेका छन् । बेलायतमा सफल मौरी व्यवसाय सञ्चालन गरिरहेका रुडीको जोडीले पाली, कल्पत र चिउरीलगायत गाउँका स्थानीयवासीसँग अन्तक्र्रियासमेत गरेका छन् । मौरीविज्ञसमेत रहेका रुडीले मौरीपालक किसानलाई दिनुपर्ने शिक्षा, मह र मौरीको निरीक्षण गर्ने प्रणालीको ...

शुक्रवार केही घटेको सुनको मुल्य पुन उकालो

साताको दोस्रो दिन आज पनि नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबार केही घटेको सुनको मूल्य आइतबार र सोमबार पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले वृद्धि भएको छ । महासङ्घले सोमबारका लागि छापावाल सुनको प्रतितोला रु ७१ हजार २०० निर्धारण गरेको छ । यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु २०० ले वृद्धि भई रु...

बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट करीब नौ हजार मेगावाट विद्युत् खरीद गर्ने प्रस्ताव पेश

नेपाल र बङ्गलादेशले दीर्घकालीन लक्ष्यसहित ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा सहकार्य गर्ने भएका छन् । बङ्गलादेशले सन् २०४० सम्म नेपालबाट करीब नौ हजार मेगावाट विद्युत् खरीदको लक्ष्यसहित सरकारी तथा निजीस्तरमा समेत संयुक्त लगानीको प्रस्ताव गरेको छ । ऊर्जाका विभिन्न स्रोतको खोजी गर्ने क्रममा बङ्गलादेशले नेपालसँग सहकार्यको हात अगाडि बढाएको छ । भारतसँग त्रिपक्षीय सहमति गरेरै भए पनि नेपालको विद्युत् ब...

नेप्से दोहोरो अङ्कले उकालो लाग्यो

लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १३।७७ विन्दुले बढेर एक हजार १४५।५७ विन्दुमा पुगेको छ । धेरै पछि बजारमा उच्च अङ्कको वृद्धि भएको हो । यस्तै सेन्सेटिभ परिसूचक पनि ३।२८ विन्दुले बढेर २५२।२९ विन्दुमा पुगेको छ । नेप्से उकालो लागेसँगै कारोवार रकममा समेत वृद्धि भएको छ । कूल १७५ क...

फटके किराको प्रकोपले पाकेको धान बालीमा आगो लगाउन बाध्य किसान

कातिक २५, झापाको मेचीनगर नगरपालिका–९ स्थित मागुरमाडीकी किसान सङ्गीता गजुरेलले पाक्न लागेको धान भित्र्याउनुको सट्टा खेतमै आगो लगाएकी छिन् । दुई बिघा क्षेत्रमा लगाइएको धानखेती मध्ये १० कठ्ठा जमीनमा भएको रञ्जित धानमा फड्के किरा लागेर सुकेपछि आगो लगाउन बाध्य भएको बताइन्। “अघिल्लो दिन खेतमा धान पोकेको देखेँ, भोलिपल्ट काट्ने मेसिन खोजेर खेतमा पुग्दा सबै सुकेको पाइएपछि आगो लगाउन बाध्य भएँ”, गजुरे...