थाइल्याण्डमा बाढीका कारण २० हजार फसे


थाइल्याण्डको प्रकोप व्यवस्थापन विभागले २० हजार भन्दा बढी पीडितहरू बाढीका कारण विभिन्न ठाउँमा बसेको जनाएको छ ।विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार २० हजार ६२० जना बाढीका कारण उत्तरपूर्वी प्रदेशहरूमा फसेका छन् ।विभागका महानिर्देशक चायाफोल थितिसकले बाढी पहिरोबाट ३२ प्रदेश प्रभावित भएको पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।

ती प्रदेशहरूमा ‘पोडुल’ र ‘काजिकी’ नामक आँधीले दक्षिण पश्चिम क्षेत्रमा बर्षा पारेको उनले बताएका छन् । । महानिर्देशक थितिसकले बाढी, पहिरो, अत्यधिक बर्षालगायतले उत्पन्न गरेको समस्याबाट देशभरका १८२ जिल्ला र ७१ सय १५ गाउँहरू प्रभावित भएको बताएका छन् । उनीहरू प्राय उत्तरपूर्वी, उत्तरी र पूर्वी क्षेत्रका रहेका छन् ।

“यो आँधी र बर्षाले ४ लाख १८ हजार ५ सय ४९ घरहरू प्रभावित भएका छन् भने ३४ जनाको मृत्यु भएको छ र अरु कैयौँ घाइते भएका छन्,” उनले भने ।बाढी, पहिरो, बर्षा लगायतका प्रकोपबाट प्रभावितहरूलाई खोजी तथा उद्धार र सहयोगका लागि सरकारी सेना र स्थानीय अधिकारी तथा स्वयमसेवकहरूलाई परिचालन गरिएको उहाँको भनाइ छ ।

बाढीका कारण फसेका २० हजार ६ सय २० जना यसोथोन, उबोन रात्चाथानी, रोइ इत र सिसा केटलगायतका प्रान्तहरूमा फसेका हुन् । राज्यका निकायहरूले बाढी पीडितहरूलाई सघाइरहेका छन्, उनीहरूले फसेकाहरूलाई उद्धार गर्ने प्रयास गरिरहेका छन् । बाढीका कारण डुवान परेको क्षेत्रमा पानी थाल्ने पम्पहरू पनि जडान गरिएको अधिकारीहरूले जानकारी दिएका छन् । बाढीका कारण फसेकाहरूलाई खाना, पिउने पानी लगायतका अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको उनीहरूको बताएका छन् ।

Published On: Time : 14:01:30  29पटक हेरिएको

तपाईको प्रतिक्रिया