चिनियाँहरु नेपालमा लगानी गर्न आतुर छन् : मन्त्री आङ्बो


प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) भर्खरै चाइनाको एक हप्ते भ्रमणबाट नेपाल फर्किनु भएको छ । उहाँ सहित प्रदेशका प्रर्यटनमन्त्री, सभासद र नीजि क्षेत्रका नौ जनाको अध्ययन भ्रमण टोलिले चाइनाकै सबै भन्दा विकसित सिचुवान प्रान्त र पच्छिलो दिनहरुमा तीव्रगतिले विकास र समृद्धि हासिल गरिरहेका सानदोङ प्रान्त भ्रमण गरेका छन् । प्रदेश नं. १ सरकारले लगानी सम्मेलन गर्ने बताइरहेका बेला यो भ्रमणलाई निक्कै महत्वका साथ हेरिएको छ । चाइना भ्रमण, वैदेशिक लगानी, लगानी सम्मेलन र प्रदेशका समग्र विकास यीनै सन्दर्भहरुमा टुडिखेल टीमले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो (मौसम) संग गरिएको भलाकुसारी यहाँ प्रस्तुत :-


तपाई नेतृत्वको चाइना भ्रमण टोलीको खास उद्देश्य के थियो ?
हामी खास गरेर चाइनाकै एउटा महत्वपूर्ण नीति क्षेत्रको प्रतिनीधित्व गर्ने औद्योगिकि घराना स्विफा ग्रुपको निमन्त्रणमा चीनको महत्वपूर्ण दुई ओटा प्रान्त सिचुवान र समदुकको उद्योगधन्दा कलकारखानाहरुको अध्ययन अवलोकन निरिक्षण गर्न भनेर गएका थियो । म सहित पर्यटनन्त्री, हाम्रा प्रदेशसभाका सदस्यहरु, नीति क्षेत्र सबैको प्रतिनिधितव सहित हाम्रो नौ जनाको टोलि गएको थियो । मुलत देश संघीय संरचनामा गइसकेपछि, प्रदेश सरकारहरु सञ्चालनमा आईसकेपछि स्वभाविक रुपमा प्रदेशको विकास, प्रदेशको समृद्धिको जिम्मेवारी हाम्रो काँधमा छ । र हामीले समग्र पदेशको विकासको निम्ति प्रदेश सरकारले आफ्नै नीति कार्यक्रम र बजेटहरु दोस्रो बर्षमा अगाडा बढिरहेका छौ । यसरी अगाडी बढी राख्दाखेरी स्वभाविक रुपमा हामीलाई जुन मात्राको विकास र समृद्धि यतिखेर आवश्यकता छ हामीसंगै भएको मात्रै सिमित स्रोत साधनले सम्भव छैन । त्यसकारणले गर्दा धेरै भन्दा धेरै हाम्रो प्रदेशमा भित्र्याउने र ती लगानीबाट हाम्रो प्रदेशको गरिबी र बेरोजगारीलाई अन्त्य गरेर एउटा समृद्ध प्रदेश बनाउने जुन एउटा संकल्प मु्ख्यमन्त्री ज्यूको नेतृत्वले गरेका छौ । जुन संकल्प पुरा गर्नका निम्ति त्यहाँका विकास निर्माणका नमुनाहरुलाई अध्ययन गर्ने, त्यहाँको औद्योगिकरणलाई नजिकबाट नियाल्न र केहि उद्योगधन्दा कलकारखानाहरु र वैदेशिक लगानी, चिनियाँ लगानीलाई हाम्रो प्रदेशमा भित्र्याउने मुख्य उद्देश्य सहित हामी चीन भ्रमणमा गएका थियौँ ।


चाइनाको कुनकुन ठाउँ भ्रमण गर्नु भयो ?
खास गरेर चीनको महत्वपूर्ण दुई ओटा प्रान्त । चीनकै सबै भन्दा सुखी र समृद्ध प्रदेश सिचुवान । चीनमै सबै भन्दाबढी सुखी र खुसी जनता सिचुवान प्रान्तका छन । त्यहाँ चाहि मान्छेहरु धेरै कला र संस्कृतिले भरिपूर्ण रहेको सिचुवान प्रान्त र अहिले अलि पछाडी परेको तर तीव्रगतिका साथ प्रगति भइरहेका सानदोङ प्रान्त यी दुईओटा प्रान्तमा हामीलाई अध्ययन भ्रमण गर्ने अवसर प्राप्त भयो ।

एउटा समृद्ध प्रदेश र अर्को तीव्रगतिमा विकास भइरहेका प्रदेश अवलोकन भ्रमण गरिरहँदा के महसुस गर्नु भयो ?
हामीले निक्कै ठूलो लक्ष्य लिएका छौ । त्यो लक्ष्य अनुसार हामीसंग असाध्यै सिमित स्रोतसाधनहरु छन् । सिमित स्रोतसाधनबाट मात्रै समग्र प्रदेशको विकास सम्भव हुने कुरै भएन । त्यस कारणले गर्दा धेरै भन्दा धेरै वैदेशिक लगानीलाई आकर्षित गर्नु पर्छ भन्ने ध्येय सहित चाइना गएका थियाँै । खास गरि सिचुवान प्रान्त जहाँ चाही असाध्यै धेरै विकास भइसकेको, त्यहाँका जनताहरु असाध्यै समृद्ध र असाध्यैँ सुखी भइरहेको स्थिति र उहाँहरुले आफ्नो औद्योगिकरणलाई एकदम आधुनिकीकरण तिर धकेल्दै गरेको स्थिति सिचुवान प्रान्तमा देखिन्छ भने सानदुङ प्रान्त चीनको दक्षिणी भूभागमा पर्छ जहाँचाँही अलिकति कम विकास भएको र गरिबी रहेको प्रदेशको रुपमा लिइन्छ । त्यहाँ अहिले आधुनिक ढंगबाट चिनीयाँ सरकार र त्यहाँको नीजि क्षेत्रको सयुक्त प्रयासमा गरिबी र त्यहाँको बेरोजगारलाई हटाउने कुरा र त्यो प्रदेशलाई समृद्ध बनाउने कुरामा अत्यन्तै तीव्रगतिमा विकासका कामहरु भइरहेका छन् । ती क्षेत्रका विकास हेर्दाखेरी हामी धेरै नै पछि छौ । धेरैपछि छौ र धेरै नै ठूलो राजनीतिक संकल्प, इच्छाशक्ति र त्यहि ढंगको लगानीलाई केन्द्रित गरेर मात्रै हामी विकासको फड्को मार्न सक्ने स्थितिमा छौ । आज विकसित भनिएका कतिपय पश्चिमा मुलुकहरुलाई उछिनेर चीन अघि बढीरहेको छ । त्यो हाम्रो लागि सिक्न लायक छ । अनुकरणीय छ । चीनबाट धेरै ठूलो शिक्षा मिलेको छ ।


तपाईहरुले को–कोसंग भेट गर्नु भयो ? त्यहाँको सरकारका प्रतिनिधि र सीपीसीका कुनै नेताहरुसंग पनि भेटवार्ता गर्नु भयो ?
सीपीसीका केही जिम्मेवार कमरेडहरुसंग हाम्रो एउटा डिनर मिटिङ भएको थियो । र चिनियाँ सरकारका केहि प्रतिनिधिहरुसंग पनि हाम्रो सामान्य डिनर मिटिङ भएको थियो । मुख्यत त्यो क्षेत्रमा चीनकै महत्वपूर्ण नीजि क्षेत्रका प्रतिनिधित्व गर्ने स्विफा ग्रुपको निमन्त्रणामा गएका थियाँै । मुल रुपमा हाम्रो उद्देश्य पनि दुई देशबीचको सम्बन्ध, त्यहाँका प्रदेश र यहाँका प्रदेशबीचको सम्बन्ध ती त स्वभाविक रुपमा भइराखेका छन् । भइरहेका कुरा पनि भयो । हाम्रो यसपालीको मुख्य उद्देश्य र लक्ष्य भनेको चीनमा भएको प्रतिष्ठित व्यापारिक समूह र नीजि क्षेत्र, जहाँचाहि सरकारको पनि प्रतिनिधित्व छ । चीनमा नीजि क्षेत्रलाई एक्लै हिड्न दिएको छैन । त्यहाँ सरकारको प्रतिनिधित्व, नियन्त्रण, नियमन छ । उहाँहरुलाई समेत हामीले नेपालमा कसरी भित्र्याउने भन्ने कुरा नै अलिबढी अन्तरसम्बन्धित थियो । र धेरै भन्दा धेरै नेपालमा लगानी भित्र्याउन सक्ने सम्भावित नीजि क्षेत्रका प्रतिष्ठित संस्थाहरुसंग अलिबढी छलफल, अन्तरक्रिया, उहाँहरुको उत्पादनको बारेमा, उहाँहरुको बजारको बारेमा छलफल भयो ।

चाइनाका ठूलाठूला नीजि कम्पनीहरुले प्रदेश र स्थानीय सरकारको प्रतिनिधिहरुलाई निमन्त्रण गरेर आफ्नो उत्पादन प्रचारप्रसारको माध्यम बनाउँछ भन्ने आरोप छ नी ?
स्वाभाविक रुपमा अहिलेको विश्वबजार भनेको अर्थतन्त्रसंगै सम्बन्धीत छ । हामीले लगानी भित्र्याउने भनेको मात्रै नेपालको स्वार्थसंग मात्रै सम्बन्धित छैन । उनीहरुले लगानी गर्ने भनेको नाफा कमाउने पनि हो । र हामीले उहाँहरुले लगानी गरे बापत नाफा कमाउने र नाफा लैजान सक्ने वातावरण अहिले हाम्रो कानुनले नै व्यवस्थित गरिसकेको छ । त्यस कारणले गर्दाखेरी अहिले कोको जनप्रतिनीधिहरु कुनकुन नीजि क्षेत्रको निमन्त्रणमा कसरी गए सबैको जवाफ त म दिन सक्दिन । म आफु जिम्मेवार पूर्वक मेरो नेतृत्वको टीमले चीनको प्रतिष्ठित व्यापारिक घराना नीजि क्षेत्रका त्यहाँका धेरै ठूलाठूलो औद्योगिक पार्कहरु, धेरै ठूलाठूला कलकारखानाहरु र उहाँहरुले लगानी गरेका क्षेत्रहरुको बारेमा अध्ययन गर्यो र उहाँहरुको लगानीलाई नेपालमा भित्र्याउने कुरासंग सम्बन्धित नै यो भ्रमण थियो । उहाँहरुसंगको अधिकांश छलफल नै चिनियाँ लगानीलाई नेपालमा कसरी भित्र्याउने र त्यसको निम्ति कसरी वातावरण तयार गर्ने भन्ने नै हाम्रा छलफलहरु केन्द्रित थिए । उहाँहरु नेपालमा लगानी भित्र्याउनका निम्ति र आफ्नो उत्पादन नेपाल ल्याउनका निम्ति निक्कै आतुर हुनुहुन्छ । नेपालमा तीव्र ढंगबाट जुन विद्युतीकरण भइरहेको छ भने यहि बर्ष नेपालकै इतिहासमा पहिलो पटक हामीले भारतलाई विजुली बेचेका छौ । यो सानो कुरा होइन । दोसा्रे कुरा सय बर्षको विद्युत उत्पादनको इतिहासमा जति विद्युत उत्पादन भयो त्यसको ठिक दोब्बर विद्युत यसैपालि उत्पादन हुदैछ । झण्डै हामी सरपलसमा जाँदैछौ । त्यसकारले गर्दाखेरी अहिले जति ठूलो व्यापार घाटा खास गरेर पेट्रोलियम पदार्थ र विद्युतिय सामग्रीहरुमा छ नेपालमा जुन मात्रामा विद्युत उत्पादन हुदैछ यसले समाधान पनि गर्दैछ । नेपालमा यति धेरै ठूलो मात्रामा उर्जा उत्पादन भइसकेपछि धेरै ठूलाठूला उद्योगधन्दा कलकारखानाहरु सहितको वैदेशिक लगानी भित्रिन इच्छुक छन् । वैदेशिक लगानीको दृष्टिले नेपाल भर्जिन ल्याण्ड नै हो । त्यसकारणले गर्दाखेरी अहिले उहाँहरु नेपाल आउन इच्छुक हुनुहुन्छ । नेपालको मात्रै बजार होइन । नेपालको सिमानासंग रहेको उत्तर प्रदेश, विहार, बंगाल, सिक्किम लगायत झण्डै भारतको ५० प्रतिशत जनसंख्याको प्रतिनिधित्व यस क्षेत्रले गर्छ । यो क्षेत्र समेतको बजारलाई हेरेर नेपालको लगानी योग्य वातावरणका निम्ति अहिले थूप्प्रै्र वैदेशिक लगानीकर्ताहरु नेपाल आउन चाहन्छन् । चीनले अर्थतन्त्रको क्षेत्रमा हासिल गरेको सफताले पनि वाह्य क्षेत्रमा लगानी गर्नु पर्ने वाध्यता छ । त्यति धेरै ठूलो आर्थिक वृद्धिदर चीनसंग छ । त्यो कहाँ गर्ने भन्दा त्यसको सबै भन्दा सुरक्षित र बसै भन्दा सम्भावना बोकेको मुलुक नेपाल हो भन्ने अर्थमा थुप्रै नीजि क्षेत्र र सरकारी अहिले नेपालका जनप्रतिनिधिहरुलाई बोलाएर विस्वस्थ गराएर, एकअर्कामा एउटा राम्रो समझदारी गराएर नेपालमा लगानी भित्र्याउने सन्दर्भमा विभिन्न जनप्रतिनिधिहरु अहिले चीन भ्रमणमा छन् । हाम्रो पनि १ नम्बर प्रदेशमा धेरै भन्दाधेरै चिनियाँ लगानी भित्र्याउने उद्देश्य सहित यसपालि भ्रमणमा गएका थियाँै ।


यो त भयो उनीहरुको उत्पादन र लगानी भित्र्याउने विषय, ती छलफलहरुमा हाम्रोबाट पनि कुनै वस्तु निर्यात गर्ने सम्बन्धमा कुनै कुरा उठाउनु भएन ?
चीन भनेको झण्डै डेढ अरब जनसंख्या भएको मुलुक जहाँ उत्पादनका दृष्टिले पनि उनीहरु धेरैमाथी छन् । अहिले चिनियाँ लगानीलाई नै देश भित्र भित्र्याउने मु्ख्य कुरा हो र हामीसंग त्यस्ता चिजहरु प्नि छन् जो चाहि कतिपय मुलुकहरुमा उत्पादनका दृष्टिले केहि न्युन उत्पादन हुने खासगरि हामीसंग भएका कृषिजन्य नगदेबाली अदुवा, अँलैची छ । त्यस्तैगरी अन्य जडीबुटीहरु छ । अन्य थुप्प्रै उत्पादनहरु छन् जो निर्यात गर्न सम्भव छ । किन भने चीनमा असाध्यै ठूलो जनसंख्या छ । चीनले पनि धेरै चिज आयात गर्नु पर्ने अवस्था छ । त्यसकारण चीनको ठूलो जनसंख्या पनि नेपालको उत्पादनका एउटा महत्वपूर्ण बजार हुन सक्छ । यो कुरा चिनियाँहरुले पनि राम्ररी बुझेका छन् । हामीसंग भएको धेरै चिज खास गरि कृषिजन्य दुधको क्षेत्रमा उत्पादन भएका होस,मासुका क्षेत्रमा उत्पादन भएका होस, जडिबुटि होस या अन्य नगदेबाली होस चीनको लागि अत्यन्तै आवश्यक र महत्वपूर्ण छ । यस्ता चिजहरु चिनियाँ बजारमा प्रसस्तै निर्यात गर्न सक्ने सम्भावाना चिनियाँ बजारमा देखिन्छ । यी बारे पनि त्यहाँका नीजि क्षेत्रसंग धेरै राम्ररी छलफल गरेका छौ ।


नेपालको वैदेशिक व्यापार घाटा डरलाग्दो छ । यसमा चिनियाँ बजारले राहत दिन सक्छ त ?

नेपालको व्यापार घाटा निक्कै डरलाग्दो छ । झण्डै हाम्रो कुल बजेटको आकार बराबरको व्यापार घाटा देखिन्छ । यो हामी सबैको चिन्ताको विषय हो । तत्काल व्यापार घाटा ठूलो मात्रामा घटिहाल्ने पनि देखिदैन । यसपालिको बजेटबाट धेरै कुराहरुको व्यवस्थित गरिएको छ । बजेटमा विलासी वस्तुहरुको आयातमा निक्कै कडाई गरिएको छ । स्वदेशमै उत्पादन हुने वस्तुहरु कतिपयमा प्रतिबन्ध लगाइएको छ । कतिपयलाई उच्च भन्सारदर कायम गरिएको छ । रक्सि लगायत कतिपय विकार पदार्थहरुलाई आयातमा कडाई गरिएको छ । नेपाललाई डम्पिङ साइट बनाउने त्यस्ता बस्तुलाई आयातमा नियन्त्रणमा राखिएको छ । स्वादेशि उत्पादनलाई विशेष प्राथमिकता दिने गरि यसपालिको बजेट आएको छ । जसले गर्दा नेपालको नीजि क्षेत्र अथवा नेपालको उत्पादनलाई विशेष प्राथमिकता दिने वितिकै लगानी प्रबद्र्धन हुने सम्भावना छ । त्यसकारण मेरो विचारमा चालु आर्थिक बर्षमा आएको बजेको रणनीक महत्व र उदेश्य छ । समाजवाद उन्मुख व्यवस्था स्थापना गर्नका निम्ति । र अर्को कुरा व्यापार घाटाको निम्ति हामीले उर्जा उत्पादनमा जोड दिनु पर्ने हो । जहाँ निक्कै ठूलो मात्रामा चाँहि पेटोेलियम पदार्थहरुको आयात छ जसलाई विस्थापित गर्ने भनेको उर्जाको माध्यमबाट मात्र हो । अर्को कृषी, यसपालिको व्यापार घाटाको आँकडा हेर्दा झण्डै एक खर्ब हाराहारीको कृषिजन्य उत्पादन नेपाल भित्र्याइएको छ । झण्डै दुईतीहाई जनसंख्या कृषिमा आश्रित भएको मुलुकले अरबाँैको खाद्यन्न आयत गर्नु भनेको यो लजास्पद कुरा हो । त्यसकारणले हामीले कृषिको आधुनिकिकरण गर्ने, कृषीको व्यवसायीकरण गर्ने, मुलत निर्वाहमूखि र परम्परागत कृषिप्रणालीको अन्त्य गर्नु पर्यो अनि मात्र यो सम्भव छ । हामीले कृषीमा पूर्णरुपमा आत्मनिर्भर बन्न सकिने स्थिति छ । कृषिको आत्मनिर्भरताबाट व्यापार घाटालाई न्यूनिकरण गर्न सकिन्छ । उर्जाको प्रयोगबाट पे्रट्रोलियम पदार्थ कम गर्न सकिन्छ । थुप्प्रै उद्योगधन्दा कलकारखनाहरुलाई नेपालमै निर्माण गरेर यहाँको बेरोजगारि र गरिबीको समस्या समाधान गर्ने कुरा र दोस्रो यहिको उत्पादनलाई विशेष जोडदिने कुरा र यहाँको बजारीकरणलाई अभिवृद्धि गर्दा अलिकति निर्यात गर्न सक्ने स्थिति छ भने हामीसंग भएका कृषीजन्य उत्पादनहरु हामीसंग भएका जडिबुटीहरु, हामीसंग भएका कतिपय दुर्लभ चिजहरुको निर्यातबाट व्यापार घाटालाई अलिकति सन्तुलनमा ल्याउन सकिन्छ । यो कुरामा हामी सबै तह प्रयत्नशिल हुने हो भने मुलत व्यापार घाटालाई सन्तुलनमा ल्याउन सकिने सम्भावना प्रसस्त छ । त्यो क्षमता, त्यो आत्मविश्वास, त्यो आन्मनिर्भरता क्रमश नेपालमा बढ्दैछ ।


निर्यातको कुरा गर्दा कुनैदिन नेपालकबाट गार्मेन्ट, गलैँचा ठूलो मात्रामा निर्यात हुन्थे । अहिले केहि मात्रामा चिया कफि बाहेक अरुको निर्यात छैन । यस्तो अवस्थामा प्रदेश नंं १ ले निर्यातको कुनै सम्भावना खोजेको छ ?
यसमा के कुरा बुझ्नु पर्छ भने जतिबेला नेपालमा गार्मेन्ट चम्किरहेको थियो । त्यतिबेला हामी विश्व व्यापार संगटा ध्त्इ को सदस्य थिएनौँ । जसले गर्दा धेरै भन्दा धेरै नेपालका गार्मेन्टहरु कोटामा विश्व बजारमा पुर्याइन्थ्यो । र आज ध्त्इ को सदस्य पनि भइसकेका छौ । र हिजोका चाँही अविकसित मुलुकबाट विकाशशिल मुलुकका रुपमा पनि परिणत भइसकेका छौ । अब विश्व बजारले, दातृनिकायबाट नेपाललाई धेरै अनुदानको आवश्यकता छैन । नेपाललाई अबचाँही राहत त्यस्तो कोटाको आवश्यक छैन । नेपाल आफै सक्षम बनि राखेको छ । त्यसकारणले अब खुल्ला बजारसंग प्रतिष्पर्धा गर्न नेपाल योग्य बन्दै आइरहेको छ भन्ने ठाउँमाचाँही हामी गएर विश्व बजारको अर्थात ध्थ्इ को सदस्य भइसकेपछाडी अमेरिका लगायत कतिपयदेशहरुसंग सम्झौता गरेर गार्मेन्ट बजारलाई फेरि पुर्नजीवन दिन सकिने सम्भावना छ । त्यसको बारेमा संघीय सरकार पनि प्रयासरत नै देखिन्छ । त्यसको उत्पादनको एउटा महत्वपूर्ण हिस्सा १ नम्बर प्रदेशले नै ओगट्छ । दोस्रो कुरा चिया कफिहरुको बजारिकरण र निर्यातको सवालमा यसको राम्रो व्यापारिक संरचना बनाउने कुरा, यसको ब्राण्डलाई विश्वबजारमा स्थापित गराउने कुरा, यी सबै कुराहरुमा हिजोको भन्दा क्रमश सुधार भइराखेको छ । यो सुधारबाट मलाई के विश्वास छ भने हामी निर्यातको मात्रा बढाउँदै लैजान्छौ । जहाँसम्म १ नम्बर प्रदेशको कुरा छ निर्यातमा १ नम्बर प्रदेशले देशकै ४० प्रतिशत हिस्सा ओगट्छ । यो हाम्रो १ नम्बर प्रदेशको सबै भन्दा सकारात्मक पक्ष हो । त्यसमा अझै बढवा दिने हामीसंग भएका नगदे बालीहरु अँलैची, चिया, अदुवा, अम्रिसो, रुद्राक्ष र अन्य जडीबुटिहरु जसलाई कानुनी हिसाबबाट सहज बनाएर, सहज हिसाबले वैदेशिक रुपमा निकासी गर्न सकियो भने केहि विदेशी मुद्रा आयआर्जन हुनका साथै निर्यातलाई पनि प्रबद्र्धन गर्ने र व्यापार घाटालाई सन्तुलन गर्न महत्वपूर्ण काम हुन सक्छ यसपालिको हाम्रो प्रदेशको बजेट र कार्यक्रमबाट चाँही नगदेबालीहरुको विस्तारमा, नगदेबालिहरुको अझै बढी उत्पादनमा, यसको निर्यात प्रबद्र्धनलाई विशेष प्राथमिकता सहित हामीले कार्यक्रम पनि अघि सारेकाले १ नम्बर प्रदेशले निर्यातमा थप योगदान पुर्याउँदै जान्छ भन्ने विश्वास लिएका छौ ।


व्यापार प्रबद्र्धनका लागि एउटा महत्वपूर्ण काम भनेको एक्पोहरुको आयोजना गर्नु हो । तपाईहरुले प्रदेश सरकार सम्हालेको यतिको समयमा पनि त्यस्तो कुनै गतिविधि गर्नु भएन ?
यसमा हामीले नीजि क्षेत्रलाई प्रोत्साहित गरिराखेका छौ । यस्ता कतिपय कुराहरुमा सरकारले गर्ने भन्दा नीजि क्षेत्रले गर्दा प्रभावकारिता हु्न्छ । जसमा सरकारले सहयोग गरिदिए पुग्छ । प्रदेशमा थुप्रै प्रर्दशनीहरु, एस्पोहरु भइराखेका छन् । हामीले यसमा अझै बढवा दिइरहेका छौ । जस्तै हामीले दुई तीनओटा कुरा गरेका छौ हामीले इलाममा टि टेस्टिङ्ग सेन्टर बनाउने र अक्सन सेन्टरको अध्ययन गर्ने त्यसो हुँदा विश्वभरीका मान्छेहरुले १ प्रद्रेशलाई चियाको हब भनेर थाहा पाइसकेपछि व्यापारको निम्ति र अध्ययनका निम्ति आउँन सक्ने वातावरण बनाई राखेका छौ । अन्य त्यस्ता थुप्प्रै क्षेत्रहरु अँलैचीको थुप्प्रै वायर हाउसहरु बनाउने जसलाई राम्रो मूल्य आइसकेपछि मात्र बेच्न सक्ने गरि वायर हाउसहरुको निर्माण गर्ने लगायतका प्रबद्र्धनका कामहरुलाई साँचै उच्च प्राथमिकता दिएर काम गरिरहेको छौ । त्यसले गर्दा निर्यात प्रबद्र्धनमा १ प्रदेश सरकारले गर्न सक्ने सबै कामहरु अगाडी बढाइरहेको छ ।


युवाहरुमा त कृषीमा रुची देखिदैन ।
नेपालमा कृषीमा युवाहरुको रुची क्रमश बढ्दैछ यो एउटा सकारात्मक राम्रो पक्ष हो । हाम्रो देशमा कृषी पेशा सम्मानित र मर्यादिन छैन । तपाई सामान्य मनोविज्ञानको कुरा गर्नुहोस । सानो विद्यालय पढ्ने विद्यार्थीहरुको निम्ति ख अक्षर चिनाउन खरायो देखाईएको हुन्छ । खरायो देखाएर त्यो खरायो हो भनिन्छ । एउटा किसानलाई कसरी चिनाइन्छ त ? एउटा विद्यालयको पाठ्क्रममा किसानलाई कसरी चिनाइन्छ भने एउटा मानिसको नाङ्गो खुट्टा भएको, जिउँ एकदमै मैलो भएको, तीनचार ठाउँ टालेको लुगा लगाएको, कपाल कहिल्यै ननुहाएर, नकोरेर जिङ्रीङ्ग ठाडो परेको, लगाएको लुगा जतासुकै फाटेको, हातमा कोदाले बोकेको अत्यन्तै फोहोरी मान्छेलाई किसान भनेर चिनाइन्छ हाम्रोमा । त्यो स्कुलिङबाट आएको हाम्रो नयाँ पुस्ता छ । त्यो पढेर आएको नयाँ पुस्ता छ भने कसरी त्यस्तो हुने मन हु्न्छ । प्रत्येक अविभावकको सपना के हुन्छ भने इन्जिनियर बनाउँछु , डक्टर बनाउँछु पाइलट बनाउँछु कुशल व्यापारी बनाउँछु । एउटा कुशल व्यवस्थापक बनाउँछु भन्ने सोच्छ । कहिले पनि असल कृषक बनाउँछु भनेर अविभावकले सोचेको हुँदैन । आफु किसान छ तर पनि उसले आफ्नो सन्तानलाई असल किसान बनाउने नसोचेको पृष्ठभूमिबाट आएको अहिलेको नयाँ पुस्ताले कृषीप्रति त्यतिधेरै आकर्षण नदेखाउनुलाई मैले मुलत राज्यको नीति नै गलत थियो भन्ने तिर तपाईलाई प्रस्ट्यान खोजेको हो । त्यसकारणले गर्दा आज राज्य नै फेरि कहाँ केन्द्रित भइरहेको छ भने कृषीलाई आधुनिकीकरण गर्ने, व्यवसायिकरण गर्ने, हिजोका परम्परागत निर्वाहमूखि कृषी प्रणालीलाई पूर्ण रुपमा अन्त्य गरेर व्यवसायिक र आधुनिक कृषी प्रणालीको विकास गर्ने कुरामा राज्य नै केन्द्रित भएको छ । कृषी क्षेत्रमा साह्रै धेरै अनुदान कार्यक्रमहरु हामीले राखेका छौ । अनुदान नितान्त अब कागज पत्र बनाउन जान्ने टाठाबाटाका हातमा मात्रै पुग्ने कुरालाई चाहीँ अझबढी निरुत्साहित गरेर वास्तविक किसानको हातमा अनुदान पुग्ने र वास्तविक किसानहरुलाई व्यवसायिक बनाउने हिसाबबाट अहिले सरकार आफै लागिराखेको छ । आज बढ्दो बेरोजगारी अन्त्य गर्ने एउटा महत्वपूर्ण कुरा भनेको कृषी पेशा नै हु्न्छ । कृषीको व्यवसायिकरण नै हुन जान्छ । अहिले कम्तिमा हामीले सबै क्षेत्रमा कृषीलाई व्यवसायिक बनाउनका निम्ति, कृषीको आधुनिकिकरण गर्नका निम्ति, कृषीलाई प्रविधि मैत्री बनाउनका निम्ति सरकार आफै लागेको छ । सरकारको नीति कार्यक्रम र सरकारको बजेको एउटा ठूलो हिस्सा नै यतातिर लक्षित छ । दोस्रो कुरा भनेको किसानहरुलाई सहज हिसाबबाट कृषी कर्जा उपलब्ध गराउने र उनीहरुलाई व्यवसायिक बनाउने र आधुनिकिरणमा लागिरहेको छ । तेस्रो कुरा कृषीबाट उत्पादन भएकोबस्तुहरु बजारिकरण गर्ने समस्या छ । बजारिकरण नुहँदा पनि मानिसलाई निरुत्साहित गराईरहेको छ । त्यसकारणले गर्दाखेरी सरकारले बजारिकरणलाई पनि सुधार्नका निम्ति प्रयत्न गरिरहेको छ । यी सबै चीचको प्याकेजबाट नेपालमा कृषीको प्रचुर सम्भावाना छ । अबको नयाँ पुस्ता, पढेको पुस्ता नै कृषीमा आउनु पर्छ भन्ने क्रमस यो चिजको विकासले गर्दाखेरी मेरो विचारमा अव कृषी पेशाले नेपालमा व्यवसायिकरण र आधुनिकिरणको दिशातर्फ र प्रविधि उन्मुख भएर अघि बढ्छ र धेरै भन्दा धेरै प्रविधिबाट अगाडी बढेको देश जस्तै चाइना, भारत, इजरायल लगायत देशहरुबाट थुप्रै प्रविधिहरु नेपालमा भित्र्याउन सक्छौ । जसले नेपालमा कृषीमा ठूलो क्रान्ति ल्याउन सक्छ । त्यो दिशातर्फ देश अघि बढीसकेको अनुभूति हु्न्छ ।


तपाईको विचार, योजना अनुरुप तपाई आफैले लिएको पहिलो बर्षको बजेट कार्यन्वय हेर्दा त्यति सन्तोष जनक देखिदैन ?
बजेको कार्यन्वय उत्साहजनक हुन सकेन । तर सन्तोषजनक भयो भन्ने मेरो आफ्नो दाबी छ । ५८.१५ प्रतिशत हाराहारी खर्च भयो । चालुगत भन्दा पुँजीगत खर्च राम्रो देखियो । यो हुनुमा केहि कारणहरु छन् । हामीले जनतालाई धेरै नै उत्साहित बनायौँ । मेरो विचारमा हामीले के सोच्नु पर्थ्यो भने हामी सरकार र सरकारको नेतृत्व गररहेको पार्टीले पनि हामी संविधान कार्यन्वयनको पहिलो बर्षमा छौ जुन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तीनै तहको सरकार संविधान कार्यन्वयनको पहिलो बर्षमा छ । तपाई संसारमा हुर्नहोस संघीयताको कार्यन्वय आफैमा धेरै जटिल र चूनौतीपूर्ण छ । तपाई हाम्रै छिमेकी मुलुक भारतलाई हेर्नुसोस जसलाई संविधान कार्यन्वय गर्नका निम्ति ३० बर्ष लागेको थियो । संसारको पुँजीवादीहरुले विकासका रोलमोडेल ठान्ने अमेरिका जहाँ त्यहाँको संविधान र संघीयता कार्यन्वयन गर्न ४६ बर्ष लाग्यो । हामी त ०७२ सालमा संविधान बनाएर ४ बर्षको अवधीमा छौ । यो संविधान कार्यन्वयन गर्ने सरकारले पहिलो बर्ष मात्र भर्खर पुरा गर्दै छ । त्यसकारण हाम्रो सबै जनतालाई के विस्वास्त गर्नु पर्थ्यो भने यो पहिलो साल भनेको संविधान कार्यन्वयनको आवधी हो । आधार बर्ष हो । यसले संविधान कार्यन्वयन गर्ने, संविधान अनुसारको कानुन निर्माण गर्ने, समृद्धि र विकासको आधार तयार गर्ने यो बर्ष है भन्ने जनतालाई हामीले बुझाउन सकेनौ । दुईतीहाइको कम्युनिष्ट सरकारले पहिलो साल नै चमत्माकारै गरिहाल्छ भन्ने हिसाबले जनतालाई अलिबढी नै उन्साहित बनाउँदा केहि निराशा जस्तो, केहि समस्या जस्तो देखिएको हो जस्तो लाग्छ । प्रदेश सरकार गठन हुदाखेरी जम्माजम्मी सात ओटा मन्त्रालय बाहेक कुनै पनि कार्यालयहरु थिएन । कुनै पनि संयन्त्र थिएन । हामीले बजेट ल्यायाँै । बजेट ल्याएर झण्डै दोस्रो चौमासिकमा मात्रै हामीले संघीय सरकारबाट केहि संयन्त्रहरु, केहि कार्यालयहरु र केहि कर्मचारीहरु अस्थायी हिसाबले मात्रै हामीलाई हस्तान्तरण गरिएको थियो । भर्खरै कर्मचारी समायोजन भएर झण्डै १८ सय कर्मचारी पुगेका छन् । त्यसमाथी पनि १ हजार हाराहारी त बन क्षेत्रकै छन् । मैले भन्न खोजेको के हो भने यो हाम्रो पहिलो बर्ष चाही हाम्रो विकास गर्ने जनतासम्म पुग्ने जनतासंग जोडिने कार्यालय र संरचनाहरु बनाउँदै हाम्रो दोस्रो चौमासिक वित्यो । जम्माजम्मि तीनचार महिना हामीले काम गरेर झण्डै ६० प्रतिशत खर्च गर्नु भनेको यो खर्चको हिसाब सानो होइन कि जस्तो मलाई लाग्छ । समग्र बजेट कार्यन्वयको दृष्टिले अहिले सन्तोषजनकै खर्च भएको छ । महत्वपूर्ण आधारहरु तय भएका छन् । संरचनाहरु तयार भएका छन् यद्यपी पर्याप्त छैन । हामीसंग अझैपनि कर्मचारी पर्याप्त छैन । भएका कर्मचारीको पनि दक्षतामा प्रश्न छ । हिजोदेखिकै स्कुलिङ्गबाट आएको कर्मचरीले अहिलेको सरकारको स्प्रिडलाई बुझ्न सकेको छैन यी तमाम खालका समस्याका बावजुद पनि हामीले सन्तोषजनक खर्चगर्रयाँै । महत्वपूर्ण आधारभूमि अहिलेको आर्थिक बर्षमा भएको छ । अबको आर्थिक बर्षमा निक्कै तीव्रगतिका साथ बजेट र हाम्रा कार्यक्रमहरु कार्यन्वयनको प्रक्रियामा जान्छ । तर यति हुदाँ हुदैपनि मेरो आफ्नो बुझाई के छ भने हामीले जुन ढंगको हाम्रो प्रदेशलाई आफ्नो क्षेत्रलाई विकास गर्ने सोच बनाइ राखेका छौ त्यसका निम्ति अझै पनि हामीसंग स्रोतसाधन बाधक छ । हामीसंग सिमित स्रोत साधन छन् । असिमित जनता र असिमित आँकाक्षालाई पुरा गर्नु पर्ने दायित्व छ । त्यसका निम्ति हामीले वैदेशिक लगानी लगायत थुप्प्रै दातृनिकाय र लगानीका साझेदारहरुलाई हामीले खोजिराखेका छौ । म आफुले त बजेट ल्याइसकेपछाडी धेरै काम हल भइसक्यो । अब बर्ष भरिको कम्तिमा आधा समय लगानी कर्ता खोज्नका निम्ति र लगानीकर्ता ल्याउनका निमित्त मैले आफ्नो समय व्यतित गर्नुपर्छ भन्ने चाहिरहेको छु । चाडो भन्दा चाडो डिसेम्बरसम्ममा प्रदेश लगानी सम्मेलन गर्ने र धेरै भन्दा धेरै लगानीकर्तालाई भित्र्याएर लगानीका निम्ति उत्कृष्ट वातावरण तयार गर्ने, धेरै भन्दा धेरै कृषीको क्षेत्रमा र अन्य क्षेत्रमा लगानी भित्र्याउने र औद्योगिकरण र व्यवसायिकरण गर्दै गइसकेपछि मात्रै यहाँ भएको बेरोगारीलाई न्यूनिकरण गर्न सकिन्छ । गरिबीलाई न्यूनिकरण गर्न सकिन्छ । र हामीले सोचेको मार्गमा जान सकिन्छ । त्यसकारण पहिलो बर्षलाई आधार बर्षको रुपमा, संविधान कार्यन्वय गर्दै आधार बर्षको रुपमा तयार गर्ने र आवश्यक कानुन र कार्यनीतिहरु बनाउने, दोस्रो बर्षबाट विकासको रफ्तारलाई बढाउने ढंगबाट अगाडी बढ्छ भन्ने मलाई लाग्छ ।


लगानी सम्मेलनको मोडेल कस्तो हु्न्छ ?
लगानी सम्बन्धी र लगानी बोर्ड सम्बन्धी कानुन प्रदेशको संसदमा दर्ता भइसकेको छ । त्यसपछि पूर्णकालिन रुपमा लगानीको काम गर्न लगानी बोर्ड बन्दैछ । धेरै भन्द धेरै लगानीलाई भित्र्याउनका निम्ति पहिला हाम्रो प्रदेशमा लगानी गर्न इच्छुक र लगानीको सम्भावनाहरु प्रष्ट्याउनका निम्ति हामीले केहि आयोजनाहरु अगाडी सार्दैछौ । योजना आयोगले पनि काम गरिरहेको छ । जस्तै पर्यटकिय क्षेत्रमा थुप्प्रै लगानी भित्रिने सम्भावना छ । पर्यटकिय क्षेत्रमा लगानी गर्न कति तयार देखिनु हुन्छ । दोस्रो उद्योगधन्दा कलकारखानको क्षेत्र छ । अर्को उर्जाको क्षेत्र छ लगायत लगानी गर्नका निम्ति थुप्प्रै क्षेत्रहरु छन् । यी क्षेत्रमा सरकारसंगै साझेदार भएर र त्यहाँको नीजि क्षेत्रलाई समेत साँझेदार बनाएर स्वदेशि तथा विदेशी लगानी कर्ताहरुलाई ल्याउने र उहाँहरुलाई सम्झौता गरेर सहज र सरल विधिबाट लगानीलाई ल्याउने हिसाबले अहिले हामीले सोचिरहेका छौ । लगानी सम्मेलन भन्दा अगाडी एउटा ठूलो औद्योगिक पार्क स्थापना गरेर, देश विदेशका सबै लगानी कर्ताहरुको निम्ति अहिले जग्गाको समस्या सबै भन्दा जटिल छ । जग्गा समेत उपलब्ध गराएर हामीले राम्रो औद्योगिक पार्क स्थापना गर्ने हिसाबले सोचिरहेका छौ । आउने बर्षदेखि हाम्रो प्रदेशमा राम्रो लगानी भित्रिने गरि काम गरिरहेका छौ त्यसको निम्ति लगानी सम्मेलनको तयारी हुदैछ ।


अन्तमा एउटा फरक प्रश्न, पार्टीको केन्द्रिय सदस्य हुनुहुन्छ, प्रदेशको महत्वपूर्ण मन्त्रालय सम्हालि राख्नु भएको छ, भर्खरै पाँचथर इन्चार्जको जिम्मेवारी थपिएको छ । कामको तादम्यता कसरी मिलाउनु हु्न्छ ?

कहिलेकाही संयोग पनि त्यस्तो हुँदो रैछ । भने कहिलेकाँही रहर गरेर पनि हुँदैन, चाहेर पनि जिम्मेवारी प्राप्त हुँदैन भने धेरै व्यस्त छु भन्दा पनि नहुदो रैछ । जिम्मेवारी एक वाध्यतात्मक हिसावले प्राप्त भइरहन्छ । पाँचथर जिल्लाको इन्चार्ज मेरो वाध्यतात्मक जिम्मेवारी हो । खासगरी पार्टी एकता, पार्टी एकताका सन्तुलन कायम गर्नका लािग अध्यक्ष लगायत जिम्मेवार नेताहरुलाई यसको वैकल्पीक ब्यवस्थापनको बारेमा सुझाएका थिएँ । तरपनि पार्टी अध्यक्षहरुले एक पटकको लागि तपाइँले जिम्मेवारी पू्रा गर्नु पर्छ निर्वाह गर्नुपर्छ । तपाइँले समय मिलाउन सक्नुहुन्छ र जिम्मेवारी निर्वाह गर्न सक्नुहुन्छ भन्ने कुरा आएपछि मैले पनि यो पार्टी एकतापछि इतिहासले सुम्पेको जिम्मेवारी र अहिलेको आवश्यकताले सुम्पेको जिम्मेवारी पूरा गर्नु पर्छ भन्ने अर्थमा नै यो जिम्मेवारीलाई ग्रहण गर्नु पर्छ भन्ने सोचेको छु । स्वभाविक रुपमा अहिले पार्टी एकताको विशिष्ट क्षणमाछौं, सामान्यतया लाग्छ सवै चीज एउटै व्यक्तिलाई चाहिने, एउटै व्यक्तिलाई दिनु पर्ने, कोहीलाई दोब्बर तेब्बरसम्म जिम्मेवारी दिनु पर्ने कोही जिम्मेवारी नपाएर बस्नु पर्ने भन्ने जस्ता प्रश्न स्वभाविक रुपमा उठेका छन् ? यसलाई मैले पनि स्वभाविक रुपमा लिएको छु । भएको पनि त्यस्तै छ ।

निक्कै कष्टसाध्य प्रक्रियाबाट पार्टी जिल्ला इन्चार्जसम्म जिम्मेवारी बाँडफाटको काम सकिएको छ । अझै पनि कैयौं विभागको गठन, जिम्मेवारी बाँडफाँट र जनवर्गिय संगठनको जिम्मेवारी बाँडफाट अझै टुगिएको छैन । यो टुंगिएपछि पार्टीका सवै नेता, कार्यकर्ताले जिम्मेवारी प्राप्त हुने र आठ लाख भन्दा बढी पार्टी सदस्यहरु सवै सक्रिय हुने अवस्था आउँछ भने मैले विश्वास लिएको छु । यद्यपी व्यक्तिगत हिसावले मैले जुन जिम्मेवारी प्राप्त गरेको छु । म आफै पनि अप्ठ्यारो बाटो र कष्टको बाटो हिड्न रुचाउने भएको हिसावले यो चुनौतीपूर्ण जिम्मेवारीलाई जुन नेतृत्वले विस्वासले प्रदान गर्नु भएको छ । यसलाई पूरा गर्न सक्छु भन्ने आत्मविश्वास छ ।

Published On: Time : 7:25:18  366पटक हेरिएको

तपाईको प्रतिक्रिया