चीनमा दशको मृत्यु, १९ घाइते, पाँच बेपत्ता

झेन्झाउ, ४ साउन (रासस÷सिन्ह्वा) ः चीनको एउटा ग्यास उद्योगमा शुक्रबार बेलुका भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ । घटनामा परी अरु १९ जना घाइते भएका छन् भने पाँच जना सम्पर्कबिहीन रहेको स्थानीय अधिकारीहरुले जनाएका छन् । हेनान प्रान्तस्थित ग्यास उद्योगमा स्थानीय समय अनुसार शुक्रबार बेलुका ५.४५ मा विस्फोट भएको हो । इमा शहरमा अवस्थित हेनान कोल ग्यास कम्पनी लिमिटेडको ग्यास उद्योगमा विस्फोट भएको स्थानीय प्रशासनले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र सम्पर्कविहीन भएकाहरुको खोजी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

Published On: Time : 9:02:26  37पटक हेरिएको

तपाईको प्रतिक्रिया