अभिसाप बन्दै दाईजो प्रथा


महोत्तरीको लोहारपट्टी नगरपालिका–४ भ्रमणपूरा गाउँका भोला शर्माको चार कठ्ठा पूख्र्यौली जग्गा थियो । कमजोर आर्थिक अवस्थाका कारण स्कुल पढन सकेनन् । तरपनि एक्लो बहिनी सिमा शर्माको विवाह गरिदिने जिम्मेवारी पनि उनकै काँधमा आइप¥यो । विवाहको निम्ति कुरा चल्यो, र टुङगो समेत लाग्यो । तर कुसंस्कारकै रुपमा चलिआएको भएपनि सामाजिक परम्पराअनुसार कुटुम्बलाई दहेज दिनैपर्ने भयो ।
दहेज छोरीलाई होइन, ज्वाईंलाई खुशी पार्न शर्माले पूख्र्यौली जमिन पनि बेचे । जग्गा बेचेको रकमले दहेज दिन नपुगेपछि थप ऋण सापटी समेत लिएर सुन, मोटरसाइकलसहित १३ लाख रुपैंयाँ खर्च गरेर बहिनी सिमा शर्माको विवाह गरिदिए । धनुषा जनकपुर उपमहानगरपालिका वडा नं–४ वस्ने समिर मिश्रसित बहिनीको विवाह गरिदिएका थिए । त्यतिबेला शर्माले एक मात्र वहिनी भएकोले हैसियतभन्दा दाइजो दिएका थिए । ज्वार्ईंले मागेअनुसार नै दाइजो दिएका थिए । तर विवाहको केहिदिन नवित्दै त्यति दाइजोले पुगेन । दाइजो कम भएको भन्दै वहिनीमाथि कर्मघरमा शारिरीक मानसिक यातना दिन थाले ।

गुन्ज राय


पाँच वर्षअघि विवाह बन्धनमा बाधिएका सिमा शर्मालाई उनका पति समिर मिश्र र उनका सासु ससुराले माईतवाट सुनको सिक्री र अन्य सामान दाइजो नल्याएको भन्दै यातना शारिरीक मानसिक यातना दिन थाले । यतिसम्म कि माइतीसित भेटघाट कुराकानी, बोलचाल, फोन सम्पर्क र आवतजावत गर्न समेत प्रतिबन्ध लगाए । ‘दाइजो कम ल्याएको भन्दै विवाहको केही महिनादेखि हामीसँग भेटघाट र कुरा गर्न बहिनीलाई प्रतिवन्ध लगाउन थाले,’ भोला शर्माले भने –‘वहिनीले कहिलेकाँही लुकेर फोन गरेर पीडडा सुनाउन थालिन् ।’ त्यसपछि माइतीपक्षवाट ज्वाईं, सासुसुरालाई मागेजत्ति थप दाइजो स्वरुप सुन र सामान दिने बचन दिएर प्रतिबन्ध फुकुवा गरेपछि सिमा शर्मा माइत आवतजावत गर्दै थिइन् । तर माइती पक्षको बचनवद्धताले मात्र पुगेन । कठोर मानसिक शारिरीक यातनाको कारण केहीमहिनाअघि सिमाले ज्यान गुमाइन् । उनको दुई बर्षिय काखेवालक समेत रहेनन् । ‘गरिबी, अशिक्षा र बेरोजगारको कारण कुटुम्बलाई मागेजत्ति दाइजो दिन नसक्दा वहिनीको ज्यान गयो, दुई वर्षिया भान्जीको पनि के दोष थियो र ? उनीपनि रहेन्न,’ भोला शर्मा भक्कानिएर रुदै भन्छन् –‘गोढधुवा गरेर पुजेको ज्वाईं, सासु ससुरा को कठोर शारिरीक मानसिक यातनाको कारण ज्यान गुमाउन बाध्य भए ।’
सिमा शर्माको जस्तै अर्को घटना सिरहा नगरपालिका –१४ खिरौनाकि मनिषा मण्डलमाथि भयो । विवाहमा कुटुम्ब ज्वार्ई र सम्धी सम्धीनीले मागेजत्ति दहेज दिन नसक्दा छोरीले ज्यान गुमाउन बाध्य भइन् । केहीवर्षअघि खिरौनाका रामरेश मण्डलसित छोरी मनिषाको विवाह गराइदिएका रघुनाथ मण्डलले वृतान्त सुनाउदै भने ‘दहेज दिन नसकेकै कारण छोरीलाई घाँटी निमोठेर मारिदिए ।’ विवाहको बेला दहेज दिएकै भएपनि थप चार आना सुन ल्याउन ज्वाईं रामरेश र उनका बाबुआमाले लामो समयदेखि दवाव दिदै यातना दिदै आएका थिए । ‘चार आना सुन दिन नसक्दा छोरीको घाँटी थिचेर हत्या गरिदिए,’ आँखावाट आँसूको धारा बगाउँदै सिरहाका रघुनाथ मण्डलले पीडा सुनाउदै भने –‘माइतवाट थप दाइजो नल्याए बुहारीलाई छाडेर अर्को विवाह गर्न सासुससुराले नै दवाव दिने गर्थे, दवाब थेग्न नसकेर रामरेशले आप्mनै धर्मपत्निको घाँटी निमोठेर हत्या नै गरे ।’
चार आना सुन दाइजो दिन सकेको भए छोरी जीवीत हुने रघुनाथ मण्डल सान्तवना लिन्छन् । सिमा शर्मा र मनिषा मण्डलको घटना प्रतिनिधि घटना मात्र हुन् । गत वैशाख १२ गते सिरहा नगरपालिका– ८ स्थित वेचन मण्डलले आप्mनै श्रीमति कञ्चन मण्डलको शरिरमा मट्टितेल खन्याएर जीउदै आगो लगाइदिए । उनको शरिर जलेर पीडा कष्टपूर्ण रुपमा कन्चनले ज्यान गुमाउन बाध्य भइन् । घटनाको एक साता नवित्दै सिरहा खिरौनाकी मनिषा मण्डलको घाटी निमोठेर हत्या भएको थियो । त्यसपछि धनुषाको शहिदनगर नगरपालिका वडा नं –१ की निर्मला गोइत यादवको शरिरमा उनकै पति मुकेश गोइत यादवले पेट्रोल छर्केर जिउदै जलाए । यी घटना केही प्रतिनिधि घटना मात्र हुन् ।
सँगै बाँच्ने सँगै मर्ने कसम खाएर विवाह बन्धनमा बाधिएका दम्पतिलाई सुखका साथ बाँच्न नदिने परम्परागत कुरिति, कुसंस्कार, सामाजिक मान्यता बोकेका घरपरिवारका अभिभावक जिम्मेवार छन् । आप्mनै जीवनसाथीवाट महिलाहरुको विभत्स हत्या हुने, घर निकाला गर्ने, जीउदै जलाइने घटना प्रदेश नं २ को विकराल समस्या बनेको छ । यस्तो घटनाले महिलाहरु सुरक्षित छैनन् । महिलाको घाँटी निमोठिने, धारिलो हतियारले गर्धन काटिने र डोरीले घाँटी सेरिने घटना नौलो पनि होइन । यतिसम्मकि दुःख पीडावाट मुक्त हुन नदीमा हामफालेर ज्यान गुमाउने जस्ता घटना पनि कम छैन । यसको मूख्य कारक तराई मधेसको समाजमा प्रचलित दहेज (दाइजो) प्रथा नै हो । मधेसी समाजमा प्रचलित दहेज प्रथा नै महिला हिंसा, घरेलु हिंसा लगायत अन्य हिंसाको कारक बनेकोले प्रथा कै अन्त्य हुन जरुरी छ ।
प्रदेश नं २ को ८ जिल्लामा आर्थिक वर्ष ०७५÷७६ मा प्रहरीको तथ्यांकमा महिला हिंसाका ४२ वटा घटना भएका छन । प्रहरीले महिला हिंसाको घटनामा कर्तव्य ज्यान सम्बन्धि ४२ वटा मुद्धा दर्ता गरी कारबाही चलाएको जनाएको छ । प्रदेश नं २ प्रहरी कार्यालयका अनुसार कुटपिटवाट १७ जना, घाँटी थिचेर ८ जनाको मृत्यु भएको छ । यसैगरी विष खुवाएर मारिएको दुई जना, घाँटी रेटेर एक जना, एसिड प्रहारवाट एक जना, धारिलो हतियार प्रयोग गरी तीन जना, मट्टिटेल, पेट्रोल छर्केर जीउदै जलाएर दुई जना, ईटा प्रहार गरी एक जना, झुण्ड्याएर दुई जना, रिसको आवेगमा कुटपीट गर्दा तीन जना, पुलमा ठोकिएर एक जनाले ज्यान गुमाएका छन् । एक जना मृतकको लाश पोष्टमार्टम नगरी दवाएको छ । यस्तै विभिन्न किसिमका यातना सहन नसकेर एक सय ९२ जनाले झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । यसमध्ये ९७ जनाले विष सेवन, पानीमा हामपmालेर एक जना, आप्mनै शरिरमा आगो लगाएर ८ जनाले आत्महत्या गरेका हुन् । जर्वजस्ती करणीवाट तीन जनाको हत्या गरिएका छन् । महिलामाथि भएको हिंसाको यस्तो डरलाग्दो तथ्यांक प्रदेश २ मा प्रहरीसित छ । यी घटनाको विश्लेषण गर्दा ४२ वटा घटना महिलालाई अबल सम्झेर हत्या गरिएको र एक सय ९२ वटा घटना आप्mनै श्रीमान, सासु ससुरा र घरपरिवारका सदस्यवाट दिइएको शारिरीक मानसिक यातना सहन नसकेर आत्महत्या गरेका हुन् ।
प्रदेश २ मा महिला हिंसाका घटना अत्याधिक रहेको संङ्घीय प्रहरी इकाई कर्यालयका डिएसी मकेन्द्र कुमार मिश्र बताउछन् । उनले दाईजोका कारण हत्या हुनेमा अभिभावक पनि निकै दोषी रहेको बताए । छोरीको विहे गर्दा पढाईको लेवल मिलाएर नगर्नू पनि हत्याको एउटा मुख्य कारण देखिन्छ । छोरी एसएलसी वा प्लसटु र ज्वाईं डाक्टर, इन्जिन्यर गरेका हुन्छन् । अर्कोकुरा अशिक्षा, जनचेतनाको कमीले हुने अनमेल विवाह पनि घटनामा कारक हुन् । यस किसिमका घटना न्यूनिकरणका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रम संचालित छन् । तर पिडित कमजोर भएको मुद्दामा प्रहरी प्रशासनले पीडकलाई मुक्ति दिने गरेको सामाजिक अभियानत रिता साहको आरोप छ ।
प्रहरीको तथ्यांकमा रहेका यति धेरै घटना छन् । दवाएर राखिएका कति घटना होलान, लेखाजोखा गर्न कठिन छ । विगतमा दाइजोका घटनालाई मिडियाले प्राथमिकता दिएका थिएनन् । समाजिक कुरितीका घटना मिडियाले प्राथमिकताका साथ प्रकाशन प्रशारण गर्न थालेपछि तथ्यांकमा देखिएको छ । दाइजो प्रथालाई न्यूनिकरण गर्न वैवाहिक परम्परामा परिवर्तन ल्याउन जरुरी छ । अन्तरजातीय विवाह, कानूनी विवाह, सामुहिक विवाहलाई प्रोत्साहन गरी विवाहमा तडकभडक देखाउने प्रचलनमा कमी ल्याउनुपर्छ । दाइजो सम्बन्धि छुट्टै कानुन बन्न जरुरी छ । यतिबेला मधेशी आयोगले सरकारसित समन्वय गरी दाइजो प्रथालाई व्यावहारिक रुपमा अन्त्य गर्न संयन्त्र वनाउदा प्रभावकारी हुन सक्छ । दाइजो विवाहको बेला गोप्य लेनदेन हुने भएकोले प्रमाण जुटाउन कठिन हुन्छ । प्रमाण कमजोर भएको अवस्थामा प्रहरी प्रशासनले समेत पीडितको पक्षमा वकालत गर्न सक्दैनन् । राजनीतिक शक्तिको दवावमा यस्ता कुरिती कुसंस्कारमा संलग्नलाई कानुनको दायरामा ल्याउन कठीन हुने गरेको छ । त्यसैले यसलाई रोक्न जनचेतना अभिवृद्धि गर्दै सामाजिक अभियान संचालन गर्न जरुरी छ । पछिल्लो समय प्रदेश सरकारले ‘वेटी पढाऊ, वेटी वचाउ’ अभियानले छोरीलाई जीवन र शिक्षामा सकारात्मक प्रभाव परेको छ । यसको अलावा सरकारले महिलालाई रोजगारीको अवसर दिई आर्थिक रुपले सशक्त वनाउन जरुरी छ । जबसम्म महिला आर्थिक रुपमा सशक्त हुदैन, कुरिती कुसंस्कारका घटना न्यूनिकरण गर्न कठिन हुने राष्ट्रिय मानव अधिकार आयोग जनकपुरका प्रमुख वीरवहादुर मगरले बताए । उनले यस्ता घटनको मुख्य जिम्मेवारी नेपाल प्रहरी भएकोले कुनै पनि घटनाको जाहेरी दर्ता भएको, नभएको, दोषीमाथि कारबाही भए÷नभएको सत्यतथ्य छानवीन गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउदै आएको बताए । आयोगले कतिपय घटनाको छानवीन गरी अनुगमनवाट दोषी ठहरिए दोषिमाथि कारवाही गर्न सिफारिस गर्ने समेत प्रमूख मगरले जनाए । दाइजो प्रथा एउटा गलत अभियास र कुप्रथा भएकोले यसमा सबै पक्षले ध्यान दिन जरुरी छ उनले वताए । मानवअधिकारको दृष्टिकोणवाट पनि दाइजो(दहेज)प्रथा महिलाका निम्ति अभिसाप बनेको बताउदै आयोग प्रमूख वीरबहादुर मगरले यो प्रथाको अन्त्य गर्न जरुरी रहेको बताए । दाइजो कै कारण महिला, हिंसा घरेलु हिंसा, हत्यासम्मको घटना हुने गरेको छ ।

Published On: Time : 12:44:34  110पटक हेरिएको

तपाईको प्रतिक्रिया