त्रिवि र नेपाल प्रहरीबीच समझदारी

त्रिभुवन विश्वविद्यालय र नेपाल प्रहरीबीच ‘समुदाय–प्रहरी साझेदारी’को अवधारणानुरुप सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्न प्राज्ञिक क्षेत्रको विज्ञताको उपयोग गर्ने एवं प्राज्ञिक गतिविधि सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाँ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आज यहाँ आयोजित कार्यक्रममा समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । सझदारीपत्रमा दुवै संस्थाबीच अध्यापन र प्रशिक्षणमा संस्थागत विज्ञताको उपयोग गर्ने, पाठ्यक्रम निर्माणमा सुरक्षासंँग सम्बन्धित विषयवस्तु समाविष्ट गर्ने, अध्ययन अध्यापनमा आपसी समन्वय गर्र्ने, सूचनाको आदानप्रदान गर्ने, स्रोत व्यक्ति तथा स्वयंसेवक सम्बन्धी व्यवस्थामा सहयोग आदानप्रदान गर्ने, सुरक्षा सचेतना अभिवृद्धि गर्ने, दुवै संस्थामा हुने प्रकाशनमा सहकार्य गर्ने उल्लेख गएिको छ । यसैगरी क्षमता अभिवृद्धिका सन्दर्भमा संयुक्तरुपमा विशेष कार्यशाला गोष्ठी आयोजना गर्ने, सूचना प्रविधिका विकासमा त्रिवि केन्द्रीय विभाग एवं सङ्कायसंँग सहकार्य गर्ने, व्यावहारिक अभ्यास एवं इन्टर्नसीपसम्बन्धी व्यवस्था गर्ने, सुरक्षित विश्वविद्यालयको अवधारणा कार्यान्वयन गर्ने, विद्युतीय पुस्तकालयको विकास गर्ने उल्लेख गरिएका छन् । कार्यक्रममा उपकुलपति खनियाँले त्रिवि र नेपाल प्रहरीबीचको सहकार्यले दुवै संस्थाको संस्थागत दृष्टिकोणमा सकरात्मक परिणाम प्राप्त हुनेछ भन्दै प्रहरीमा समेत अत्यन्तै सवल दक्षजनशक्ति उपलब्ध गराउन विश्वविद्यालय प्रतिबद्ध रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक खनालले उच्च शैक्षिक संस्थासँग सम्बन्ध विस्तार गर्दै नेपाल प्रहरीले नागरिकमा रहेको दृष्टिकोण बदल्न प्रयत्नशील रहेको बताउँदै जनताको सुरक्षाको महत्वपूर्ण जिम्मेवारी बोकेको नेपाल प्रहरीलाई अनुसन्धानमुखी बनाउँदै सङ्गठनलाई मजबुत, सवल र समयसापेक्ष बनाउन त्रिविसँगको सहकार्यले थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । –––

Published On: Time : 14:10:14  26पटक हेरिएको

तपाईको प्रतिक्रिया