सिक्किमेलाई चाम्लिङको नयाँ रेकर्ड

उमेद्वारै नभएका गोले सिक्किमको मुख्यमंत्री


झापा । सिक्किम राज्यका मुख्यमंत्री पवन चाम्लिङले भारतमा सर्वाधिक लामो समय २५ वर्ष मुख्यमंत्री पद सम्हाल्ने रेकर्ड बनाएर प्रतिपक्षमा पुगेका छन् ।
विकिपिडियामा नयाँ अपडेट भएअनुसार उनले सन् १९९४ को डिसेम्बर १२ देखि गत २०१९ को मे महिनाको २६ तारिख सम्म मुख्यमंत्री पद सम्हालेका हुन् । चाम्लिङले छिमेकी राज्य पश्चिम बंगालका मुख्यमंत्री ज्योती बसुले बनाएको रेकर्डलाई ब्रेक गरेका हुन् । बसुको रेकर्डलाई एक वर्ष ज्यादा समय अन्तरले पछि पारेका हुन् । तत्कालिन नरबहादुर भण्डारिको सरकारमा मंत्री रहेका चाम्लिङले भण्डारिको दल सिक्किम संग्राम परिसद (एसएसपी) बाट अलग भएर नयाँ दल सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडिएफ) दल गठन गरेका थिए । सन् १९९३ मा गठन भएको दल एसडिएफले एक वर्ष नपुग्दै सत्ता हात लिएको थियो । त्यसपछि चाम्लिङले लगातार पाँच कार्यकाल मुख्यमंत्री पद सम्हालेका हुन् । उनको दल यसपाली प्रतिपक्षमा रहेपनि उनि भने विजयी भएका छन् । पवन चाम्लिङ हाल सम्म सँधै विजयी हुने नेता पनि हुन् । त्यसैगरी दोश्रो लामो सत्ता चलाउने मुख्यमंत्रीमा ज्योती बसु छन भने २०औ स्थानमा सिक्किमकै मुख्यमंत्री नरबहादुर भण्डारी छन् । भण्डारीको कार्यकालको विचमा बिबि गुरुङले पनि सत्ता सम्हालेका कारण दुई पटक उनले सत्ता चलाउँदा जम्मा १४ वर्ष थियो ।


उमेद्वारै नभएका गोले सिक्किमको मुख्यमंत्री

सिक्किम विधानसभाको चुनावमा उमेद्वारै नभएका सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम्) का अध्यक्ष प्रेम सिंह गोले सिक्किमको नयाँ मुख्यमंत्रीको रुपमा आएका छन् । निर्वाचन बाट विजयी भएका उमेद्वार मात्र मुख्यमंत्री हुनुपर्ने लोकतान्त्रिक ब्यवस्था भएपनि उमेद्वारै नभएका नेता मुख्यमंत्री भएका हुन् । बहुमत प्राप्त दल सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) का अध्यक्ष भएको हैसिएतले उनलाई मुख्यमंत्री बनाएको संचारमाध्यमले जनाएको छ । भ्रष्टचारको मुद्दाका कारण करिव एक वर्ष जेल बसेर निस्केका कारण उनले उमेद्वारी दिन पाएका थिएनन् । तथापि त्यहाँको राज्यपालले लोकतान्त्रिक मान्यतालाईनै बेवास्ता गरी मुख्यमंत्रीको सपथ गराएपछि त्यहाँ एक प्रकारले अन्योल छाएको छ । यस बारे सत्ता पक्ष र प्रतिपक्ष कुनैले पनि प्रतिक्रिया जनाएका छैनन् । जम्मा ३२ सिट रहेको सिक्किम विधानसभाको लागि एसकेएमले १७ र १५ सिट सत्तापक्ष सिक्किम डेमोक्रेटिक फण्ट (एसडिएफ) ले विजयी गरेको थियो ।


गोले मुख्यमंत्री हुनु चाम्लिङ कि भण्डारीको देन ?

पवन चाम्लिङले सिक्किम डेमोक्रेटिक फण्ट (एसडिएफ) दल खोल्दा गोले शिक्षक थिए । त्यतिवेला सिक्किम संग्राम परिसद (एसएसपी) दलका तर्फबाट मुख्यमंत्री नरबहादुर भण्डारीले उनको विरोधि भएको आरोपमा प्रेम सिह गोलेलाई जागिरबाट हटाईएका थिए । बेरोजगार बनेका गोलेलाई चाम्लिङले संरक्षण दिएर राजनीतिमा ल्याए । मंत्री समेत बनाए । गोलेले मंत्रीमा चित्त बुझाउन सकेनन् । २०१३ मा चाम्लिङको दल छाडेर गोलेले आफ्नै अध्यक्षतामा सिक्किम क्रान्तिकारी मोर्चा दल खोले र अहिले उनी मुख्यमंत्री भए ।
Published On: Time : 5:30:20  142पटक हेरिएको

तपाईको प्रतिक्रिया