बृद्धभत्ता बढ्यो, अब मासिक तीन हजार

काठमाडौं १५ जेठ । सरकारले बृद्धभत्ता एक हजार बढाएर तीन हजार बनाएको छ । आर्थिक वर्ष ०७६र०७७ को बजेटमार्फत सरकारले बृद्धभत्ता बढाएको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले आज संयुक्त संसदमा प्रस्तुत गरेको बजेट मार्फत एक हजार रकम बढाइएको हो ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमअनुसार हाल जेष्ठ नागरिक तथा पूर्ण अपांगता भएकालाई मासिक २ हजार रुपैयाँ, एकल महिलालाई १ हजार, लोपोन्मुख आदिवासी जनजातीलाई २ हजार, आंशिक अपांग भएकालाई ६ सय रुपैयाँ र बालबालिकालाई ४ सय रुपैयाँ प्रदान गर्दै आइएको छ ।

तत्कालिन नेकपा एमाले नेतृत्वको कम्युनिष्ट सरकारले नेपालमा पहिलो पटक सामाजिक सुरक्षा कार्यक्रम २०५१ सालमा सुरुवात गरेको थियो । कार्यक्रम अन्र्तगत ७५ वर्ष उमेर नाघेका बृद्धका लागि मासिक एक सय रुपैयाँ दिने घोषणा गरेका थिए । अहिले ७० बर्ष नाघेकालार्य बृद्ध भत्ता दिइन्छ ।

Published On: Time : 11:21:12  68पटक हेरिएको

तपाईको प्रतिक्रिया