मोदीको सपथ समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली बिहीबार भारत जाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार भारत जाने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा सहभागी हुन उनी त्यसतर्फ जान लागेका हुन् ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास ९बिमस्टेक० का सरकार तथा राष्ट्र प्रमुखलाई मोदीले आफ्नो शपथ ग्रहण समारोहमा निमन्त्रणा गरेकाले प्रधानन्त्री ओली सपथग्रहण समारोहमा सहभागी हुन लागेका हुन् । बिमस्टेकमा नेपाल, बंगलादेश, भारत, म्यानमार, श्रीलंका, थाइल्याण्ड र भुटान सदस्य रहेका छन् । भारतले छिमेकी राष्ट्र पाकिस्तानलाई भने सपथ ग्रहण समारोहमा बोलाएको छैन । पाकिस्तानसंग लामो समयदेखि सीमा विवाद रहेको छ । केहि समय अघि तनाव उत्कर्षमा पुगोको थियो ।

मोदीले बिमस्टेक सदस्य राष्ट्रका सरकार र राष्ट्रप्रमूख बाहेक कीर्गिजस्थानका राष्ट्रपति र मोरिससका प्रधामन्त्रीलाई पनि सो समारोहको लागि आमन्त्रण गरेका छन् ।

Published On: Time : 10:41:21  78पटक हेरिएको

तपाईको प्रतिक्रिया