युवतिको विषयमा झगडा, छुरा प्रहार गरी युवकको हत्या

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ मारेककटहरेमा गएराती छुरा प्रहार गरी एक युवकको हत्या भएको छ । बैशाख शुक्ल पूर्णिमाको अवसरमा मारेककटहरे स्थित माझगाउँमा लागेको मेलामा गएका महालक्ष्मी–३ डाँडागाउँका २२ बर्षीय सन्तोष थम्फरा लिम्बुको हत्या भएको प्रहरीले जनाएको छ ।

राती करिव १ बजे भएको झगडाका क्रममा मारेककटहरेका २५ बर्षीय घनेन्द्र लिम्बुले छुरा प्रहार गरी थम्फराको हत्या गरेको धनकुटाका प्रहरी प्रमुख सुरेन्द्र बहादुर गुरुङले जानकारी दिए । हत्या आरोपमा लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

थम्फराको घाँटीमा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको हो ।

युवतीका बिषयमा झगडा भएको बताईएको छ ।

Published On: Time : 10:12:37  108पटक हेरिएको

तपाईको प्रतिक्रिया