ईलामको माईपोखरीमा एकदिन

ने. क. पा. माओवादी १ नं. प्रदेश समितिले वाम गठबन्धन हुनु अगावै ईलामको उम्मेदवारहरुको सिफारिस गर्ने जिम्मा मलाई दिएको थियो । सोहि मुताविक ईलाम जिल्ला समितिको पहलमा उम्मेदवारको सिफारिस भएतापनि वाम गठबन्धनपछि देशैभर योजनाहरुको फेरबदल भए झैं ईलाममा पनि भयो । २ प्रतिनीधिसभा र ४ प्रदेशसभामध्ये प्रतिनीधिसभा दुईको प्रदेश ख माओवादीको भागमा प¥यो । त्यसमा क. धिरेन् शर्मा रमण को उम्मेदवारी थियो । निर्वाचन सके लगतै पाँचथरका सबै नेतृत्वहरु आ–आफ्नोक्षेत्रबाट सम्बन्धित उम्मेदवारहरुलाई सहयोग गर्न कोहि ईलाम कोहि झापातिर मंसिर २१ मा हुने चुनावको लागि झरिरहेका थिएभने, नैतिक जिम्मेवारीको हिसाबले पनि म नजाने कुरै भएन । 


पार्टीको योजना अनुसार जनयुद्धको बेला ईलामलाई कार्यक्षेत्र बनाएर एकवर्ष विताएँ । मैले जिल्ला ईञ्चार्जको भूमिकामा काम गरेको यो नै सबैभन्दा लामो कार्यकाल थियो । त्यसबेला देउराली बजारको प्रेम नाछिरीङ्गको घरमा २÷४ दिनसम्म आराम गरेर बस्ने हुन्थ्यो । युद्धविज्ञानको नियमानुसार एकैठाउँमा यसरी लामो समयसम्म बस्नु भनेको मृत्युलाई स्वीकानु नै हुन्थ्यो र व्यक्तिगत हिसाबले गतिशीलताको अभाव । तर आश्चर्यको कुरा म बाँचेँ । तत्कालीन शाहीशेनाले आक्रमण गर्न सकेनन् । दुरीको हिसाबले देउरालीदेखि ईलाम सदरमुकाम पैदल दुइघण्टाको फरकमा छ । कसैले चाहेको भए बेलुकी नै सदरमुकाम पुगेर रातारात शेना ल्याइ मेरो लीला समाप्त पार्न सम्भव थियो । हिजआज सम्झँदा लाग्छ, त्यसबेला एकैठाउँमा लामो समयसम्म बसेर वास्तवमा मैले मूर्खता त गरेकै रहेछु । धन्न देउराली बजार आसपासमा कोहि पनि सुराकी थिएनछन् । जसले गर्दा आज मैले पुनर्जन्म पाएको हो । यसरी मलाई जीवनदान गर्नुहुने त्यसक्षेत्रका महान जनताप्रति मैले गर्ने श्रद्धा र सम्मानमा कहिल्यै कमी हुने छैन । मूख्यतःया त्यसैले गर्दा पनि मन्त्री भएको बेला देउराली बजारमा रहेको खेल मैदानमा केहि बजेट छुट्टयाइ दिएको थिएँ । त्यसको अनुगमनको लागि २०७४ साल मंसिर १२ गत्ते त्यहाँ पुगेँ । प्रेम नाछिरीङ्ग लगायत चिनजानका सबै साथिहरुसँग चुनावी छलफलहरु भएसँगै त्यो रात देउरालीकै कुसुम राईको घरमा बास भयो । उहाँले हामीप्रति गर्नु भएको स्वागत, सम्मान र सत्कारहरु वैद्धिककालमा कुनै दरवारबाट गरिने ऋषि महर्षिहरुको भन्दा कम थिएन । 
ईलामको प्रमुख पर्यटकीयक्षेत्र देउरालीमा रहेको नौकुने पोखरीलाई हेरेँ । मनभरी चुमेँ अनि नियालेँ । पोखरीको वरिपरि स–साना थुम्किहरु उठेका देखिन्छन् पोखरीको सुरक्षार्थ खटिएका तैनाथ जवानहरु जस्तै । पोखरीभित्र जानुभन्दा अगाडि ढोका सजिएको छ । आ–आफ्ना धार्मिक आस्थाका कारण वल्लो र पल्लो थुम्काबीच विभिन्न धर्मावलम्विहरुको तुल ब्यानर र ध्वजा पताकाहरु तोरणको रुपमा टाँगिएका छन् । हामी सानो छँदा सातदिनको पैदलयात्राबाट ईलामदेखि खाद्यान्न लगायत आवश्यक सबै सामानहरु बाजे बाबुहरुले ढाकरमा बोकेरै गर्जो टार्थे । दुर्गमता र गरिवीले गर्दा मैले पनि ढाकर बोक्ने संस्कारलाई सानो छँदादेखि पछ्याउनै प¥यो । त्यतिखेर यहिं पोखरीको दाहिने भागको छेउछेउ भएर ढाकर बोक्दै हिडेको क्षणहरु एकपटक पूनस्मरण गर्न विबश भएँ । यो पोखरीको नौ वटा कुनाहरु छन् भन्थे त्यतिखेर । मलाई एकिन छैन तैपनि पापीहरु हिड्योभने त पोखरी उम्लेर आउँछ र छेउछाउका सबै सोहोरेर डुबाइदिन्छ भनेर ठूलाहरुले तर्साउँथे । त्यो वाहेक अर्को बाटो नहुँदा डराइ डराइ ढाकरमा सातु चामल बोकेर हिडिरहेका हुन्थ्यौं हामी सानाहरु । ढाकरलाई अढ्याउने नाम्लो र लाप्ताकको भरमा । पसिना पुछ्ने चोयाको कुङ्गलिङगे र टेक्ने तक्माङ्गको भरमा । त्यतिबेला चौतारीहरु भेट्दा स्वर्गको अनुभुत हुने गथ्र्यो जहाँ ढाकर बिसाएर एकैछिन भएपनि आनन्दको सास फेर्न पाईन्थ्यो । एक समयमा भारतीय भू. पू राष्ट्रपति एवं वैज्ञानिक डा. अब्दुल कलामको सामु मान्छेलाई कुनबेला आनन्द हुन्छ ? भनेर पत्रकारले सोधेका थिए । उहाँको जवाफ थियो, लागेको दिसा गरिसकेपछि र आएको पिसाव फेरिसकेपछि वाहेक मान्छेलाई आनन्द हुने कुनैक्षण हुँदैन । उहाँको जवाफमा बोकी राखेको भारी चौतारीमा बिसाएपछि भन्ने वाक्यपनि सँगसँगै जोडिएर आएको भए हुन्थ्यो, सायद उहाँलाई ढाकर बोकाइको अनुभव नभएर हुन सदक्छ । 


कन्दमुलको खोजीमा जंगलतिर विहार गरिरहेको कुनै साधु झैं माईपोखरीको वल्लोछेउ र पल्लोछेउ हुँदै म घुमिरहेको थिएँ । विचरण गरीरहेको थिएँ र डुलीरहेको थिएँ आफ्नै सूर र तालमा । कतिखेर, कतिखेर, मैले थाहै नपाई मेरो विगत आएर मलाई गर्लम्मै अंगालो हालेछ । म र विगतबीचको पूनर्मीलनमा खुसीका आँसुहरु टप्किए । उसले पनि वितेका हरपलहरु सम्झेर भावाञ्जलीमा आफ्नो आँसुहरु झार्दै आजका यी दिनहरु देखेर परिक्षामा सफल भएको विद्यार्थी झैं मुस्कुराइ रहेका थिए, तर म नतमस्तक थिएँ । अक्क न बक्क थिएँ । विगतको न्यानो अंगालोमा हराइरहेकै बेला सम्झेँ, त्यसबेला मैले जे जे कष्टहरु व्यहोरेँ । कालो पहाडभन्दा चाम्रो अभावहरुमा गुज्रेँ । त्यो बाल्यकालले कुन दुःखको अनुभव गरेन होला ? पूर्वतिर प्रचलन नभएर मात्रै हो, यदी त्यो हाम्रो भेगतिर पनि चलनचल्तीमा आएको हुँदो हो त, पश्चिमका कम्लहरीहरु भन्दा फरक जीवन थिएन मेरोपनि । तिनै भोगाइ र अनुभवहरुद्धारा प्राप्त ज्ञान चेतनाहरु आज संसारको कुनै विश्वविद्यालयहरुबाट समेत प्राप्त गर्न नसकिने जीवनपयोगी, परिपक्व र व्यवहारिक शिक्षाको महत्वपूर्ण दस्तावेज बनेका छन्, आफ्नै जीन्दगीको लागि । किनकी त्यतिबेला त्यो भोकोपेट र रित्तोगोजीद्धारा लिइएको शिक्षाहरु थिएछन् । सामजिक अपमान र अपहेलनाको थुङ्गाबाट उनिएको मालाहरु थिएछन्, र न आज समयको बदलावसँगै ती क्षणहरु कुनै दुःख, कष्ट र हैरानी नभएर त्यो त आवश्यकता पो थिएछ भन्ने परिवेशमा रुपान्तरण भएको छ । यतिकैमा मेरो विगतले मलाई एक्लै छोडेर गयो । म फेरी त्यहीं एकान्तमा रमाउँन थालेँ ।
सुरील्लो गोब्रेसल्लाका रुखहरुले भरिएको हरियो वन, भित्रभित्रै त्यहीं हराइरहुँ जस्तो लाग्ने, दिनभर डुलीरहँ जस्तो लाग्ने, आकर्षण नै अचम्मको छ । मसिना मसिना बुच्का बुच्कीहरु त्यस्तै छ । प्रकुतिको हरियो घुम्टोभित्र लुकेको आभास हुन्छ कुनै बेहुलीलाई सिंगारिएको जस्तो । यिनै वनभित्र लुकेको छ देउरालीको नौकुने पोखरी । जति हे¥यो उति हेरुँ हेरुँ लाग्दछ । सायद यसै कारणले होला त्यहाँ पुग्ने हरेक पर्यटकहरु लोभिन्छन् नौकुने पोखरीमा । तिनै पूर्वकी रारालाई मैले भावनात्मक रुपले अंगालोमा बाँधेर धिरेन शर्मा कं रमणलाई सहयोग गर्न आफ्नो गन्तब्यतिर म मोडिएँ ।पार्टीको योजना अनुसार जनयुद्धको बेला ईलामलाई कार्यक्षेत्र बनाएर एकवर्ष विताएँ । मैले जिल्ला ईञ्चार्जको भूमिकामा काम गरेको यो नै सबैभन्दा लामो कार्यकाल थियो । त्यसबेला देउराली बजारको प्रेम नाछिरीङ्गको घरमा २÷४ दिनसम्म आराम गरेर बस्ने हुन्थ्यो । युद्धविज्ञानको नियमानुसार एकैठाउँमा यसरी लामो समयसम्म बस्नु भनेको मृत्युलाई स्वीकानु नै हुन्थ्यो र व्यक्तिगत हिसाबले गतिशीलताको अभाव । तर आश्चर्यको कुरा म बाँचेँ । तत्कालीन शाहीशेनाले आक्रमण गर्न सकेनन् । दुरीको हिसाबले देउरालीदेखि ईलाम सदरमुकाम पैदल दुइघण्टाको फरकमा छ । कसैले चाहेको भए बेलुकी नै सदरमुकाम पुगेर रातारात शेना ल्याइ मेरो लीला समाप्त पार्न सम्भव थियो । हिजआज सम्झँदा लाग्छ, त्यसबेला एकैठाउँमा लामो समयसम्म बसेर वास्तवमा मैले मूर्खता त गरेकै रहेछु । धन्न देउराली बजार आसपासमा कोहि पनि सुराकी थिएनछन् । जसले गर्दा आज मैले पुनर्जन्म पाएको हो । यसरी मलाई जीवनदान गर्नुहुने त्यसक्षेत्रका महान जनताप्रति मैले गर्ने श्रद्धा र सम्मानमा कहिल्यै कमी हुने छैन । मूख्यतःया त्यसैले गर्दा पनि मन्त्री भएको बेला देउराली बजारमा रहेको खेल मैदानमा केहि बजेट छुट्टयाइ दिएको थिएँ । त्यसको अनुगमनको लागि २०७४ साल मंसिर १२ गत्ते त्यहाँ पुगेँ । प्रेम नाछिरीङ्ग लगायत चिनजानका सबै साथिहरुसँग चुनावी छलफलहरु भएसँगै त्यो रात देउरालीकै कुसुम राईको घरमा बास भयो । उहाँले हामीप्रति गर्नु भएको स्वागत, सम्मान र सत्कारहरु वैद्धिककालमा कुनै दरवारबाट गरिने ऋषि महर्षिहरुको भन्दा कम थिएन ।
ईलामको प्रमुख पर्यटकीयक्षेत्र देउरालीमा रहेको नौकुने पोखरीलाई हेरेँ । मनभरी चुमेँ अनि नियालेँ । पोखरीको वरिपरि स–साना थुम्किहरु उठेका देखिन्छन् पोखरीको सुरक्षार्थ खटिएका तैनाथ जवानहरु जस्तै । पोखरीभित्र जानुभन्दा अगाडि ढोका सजिएको छ । आ–आफ्ना धार्मिक आस्थाका कारण वल्लो र पल्लो थुम्काबीच विभिन्न धर्मावलम्विहरुको तुल ब्यानर र ध्वजा पताकाहरु तोरणको रुपमा टाँगिएका छन् । हामी सानो छँदा सातदिनको पैदलयात्राबाट ईलामदेखि खाद्यान्न लगायत आवश्यक सबै सामानहरु बाजे बाबुहरुले ढाकरमा बोकेरै गर्जो टार्थे । दुर्गमता र गरिवीले गर्दा मैले पनि ढाकर बोक्ने संस्कारलाई सानो छँदादेखि पछ्याउनै प¥यो । त्यतिखेर यहिं पोखरीको दाहिने भागको छेउछेउ भएर ढाकर बोक्दै हिडेको क्षणहरु एकपटक पूनस्मरण गर्न विबश भएँ । यो पोखरीको नौ वटा कुनाहरु छन् भन्थे त्यतिखेर । मलाई एकिन छैन तैपनि पापीहरु हिड्योभने त पोखरी उम्लेर आउँछ र छेउछाउका सबै सोहोरेर डुबाइदिन्छ भनेर ठूलाहरुले तर्साउँथे । त्यो वाहेक अर्को बाटो नहुँदा डराइ डराइ ढाकरमा सातु चामल बोकेर हिडिरहेका हुन्थ्यौं हामी सानाहरु । ढाकरलाई अढ्याउने नाम्लो र लाप्ताकको भरमा । पसिना पुछ्ने चोयाको कुङ्गलिङगे र टेक्ने तक्माङ्गको भरमा । त्यतिबेला चौतारीहरु भेट्दा स्वर्गको अनुभुत हुने गथ्र्यो जहाँ ढाकर बिसाएर एकैछिन भएपनि आनन्दको सास फेर्न पाईन्थ्यो । एक समयमा भारतीय भू. पू राष्ट्रपति एवं वैज्ञानिक डा. अब्दुल कलामको सामु मान्छेलाई कुनबेला आनन्द हुन्छ ? भनेर पत्रकारले सोधेका थिए । उहाँको जवाफ थियो, लागेको दिसा गरिसकेपछि र आएको पिसाव फेरिसकेपछि वाहेक मान्छेलाई आनन्द हुने कुनैक्षण हुँदैन । उहाँको जवाफमा बोकी राखेको भारी चौतारीमा बिसाएपछि भन्ने वाक्यपनि सँगसँगै जोडिएर आएको भए हुन्थ्यो, सायद उहाँलाई ढाकर बोकाइको अनुभव नभएर हुन सदक्छ । 
कन्दमुलको खोजीमा जंगलतिर विहार गरिरहेको कुनै साधु झैं माईपोखरीको वल्लोछेउ र पल्लोछेउ हुँदै म घुमिरहेको थिएँ । विचरण गरीरहेको थिएँ र डुलीरहेको थिएँ आफ्नै सूर र तालमा । कतिखेर, कतिखेर, मैले थाहै नपाई मेरो विगत आएर मलाई गर्लम्मै अंगालो हालेछ । म र विगतबीचको पूनर्मीलनमा खुसीका आँसुहरु टप्किए । उसले पनि वितेका हरपलहरु सम्झेर भावाञ्जलीमा आफ्नो आँसुहरु झार्दै आजका यी दिनहरु देखेर परिक्षामा सफल भएको विद्यार्थी झैं मुस्कुराइ रहेका थिए, तर म नतमस्तक थिएँ । अक्क न बक्क थिएँ । विगतको न्यानो अंगालोमा हराइरहेकै बेला सम्झेँ, त्यसबेला मैले जे जे कष्टहरु व्यहोरेँ । कालो पहाडभन्दा चाम्रो अभावहरुमा गुज्रेँ । त्यो बाल्यकालले कुन दुःखको अनुभव गरेन होला ? पूर्वतिर प्रचलन नभएर मात्रै हो, यदी त्यो हाम्रो भेगतिर पनि चलनचल्तीमा आएको हुँदो हो त, पश्चिमका कम्लहरीहरु भन्दा फरक जीवन थिएन मेरोपनि । तिनै भोगाइ र अनुभवहरुद्धारा प्राप्त ज्ञान चेतनाहरु आज संसारको कुनै विश्वविद्यालयहरुबाट समेत प्राप्त गर्न नसकिने जीवनपयोगी, परिपक्व र व्यवहारिक शिक्षाको महत्वपूर्ण दस्तावेज बनेका छन्, आफ्नै जीन्दगीको लागि । किनकी त्यतिबेला त्यो भोकोपेट र रित्तोगोजीद्धारा लिइएको शिक्षाहरु थिएछन् । सामजिक अपमान र अपहेलनाको थुङ्गाबाट उनिएको मालाहरु थिएछन्, र न आज समयको बदलावसँगै ती क्षणहरु कुनै दुःख, कष्ट र हैरानी नभएर त्यो त आवश्यकता पो थिएछ भन्ने परिवेशमा रुपान्तरण भएको छ । यतिकैमा मेरो विगतले मलाई एक्लै छोडेर गयो । म फेरी त्यहीं एकान्तमा रमाउँन थालेँ ।
सुरील्लो गोब्रेसल्लाका रुखहरुले भरिएको हरियो वन, भित्रभित्रै त्यहीं हराइरहुँ जस्तो लाग्ने, दिनभर डुलीरहँ जस्तो लाग्ने, आकर्षण नै अचम्मको छ । मसिना मसिना बुच्का बुच्कीहरु त्यस्तै छ । प्रकुतिको हरियो घुम्टोभित्र लुकेको आभास हुन्छ कुनै बेहुलीलाई सिंगारिएको जस्तो । यिनै वनभित्र लुकेको छ देउरालीको नौकुने पोखरी । जति हे¥यो उति हेरुँ हेरुँ लाग्दछ । सायद यसै कारणले होला त्यहाँ पुग्ने हरेक पर्यटकहरु लोभिन्छन् नौकुने पोखरीमा । तिनै पूर्वकी रारालाई मैले भावनात्मक रुपले अंगालोमा बाँधेर धिरेन शर्मा कं रमणलाई सहयोग गर्न आफ्नो गन्तब्यतिर म मोडिएँ ।


पार्टीको योजना अनुसार जनयुद्धको बेला ईलामलाई कार्यक्षेत्र बनाएर एकवर्ष विताएँ । मैले जिल्ला ईञ्चार्जको भूमिकामा काम गरेको यो नै सबैभन्दा लामो कार्यकाल थियो । त्यसबेला देउराली बजारको प्रेम नाछिरीङ्गको घरमा २÷४ दिनसम्म आराम गरेर बस्ने हुन्थ्यो । युद्धविज्ञानको नियमानुसार एकैठाउँमा यसरी लामो समयसम्म बस्नु भनेको मृत्युलाई स्वीकानु नै हुन्थ्यो र व्यक्तिगत हिसाबले गतिशीलताको अभाव । तर आश्चर्यको कुरा म बाँचेँ । तत्कालीन शाहीशेनाले आक्रमण गर्न सकेनन् । दुरीको हिसाबले देउरालीदेखि ईलाम सदरमुकाम पैदल दुइघण्टाको फरकमा छ । कसैले चाहेको भए बेलुकी नै सदरमुकाम पुगेर रातारात शेना ल्याइ मेरो लीला समाप्त पार्न सम्भव थियो । हिजआज सम्झँदा लाग्छ, त्यसबेला एकैठाउँमा लामो समयसम्म बसेर वास्तवमा मैले मूर्खता त गरेकै रहेछु । धन्न देउराली बजार आसपासमा कोहि पनि सुराकी थिएनछन् । जसले गर्दा आज मैले पुनर्जन्म पाएको हो । यसरी मलाई जीवनदान गर्नुहुने त्यसक्षेत्रका महान जनताप्रति मैले गर्ने श्रद्धा र सम्मानमा कहिल्यै कमी हुने छैन । मूख्यतःया त्यसैले गर्दा पनि मन्त्री भएको बेला देउराली बजारमा रहेको खेल मैदानमा केहि बजेट छुट्टयाइ दिएको थिएँ । त्यसको अनुगमनको लागि २०७४ साल मंसिर १२ गत्ते त्यहाँ पुगेँ । प्रेम नाछिरीङ्ग लगायत चिनजानका सबै साथिहरुसँग चुनावी छलफलहरु भएसँगै त्यो रात देउरालीकै कुसुम राईको घरमा बास भयो । उहाँले हामीप्रति गर्नु भएको स्वागत, सम्मान र सत्कारहरु वैद्धिककालमा कुनै दरवारबाट गरिने ऋषि महर्षिहरुको भन्दा कम थिएन । 
ईलामको प्रमुख पर्यटकीयक्षेत्र देउरालीमा रहेको नौकुने पोखरीलाई हेरेँ । मनभरी चुमेँ अनि नियालेँ । पोखरीको वरिपरि स–साना थुम्किहरु उठेका देखिन्छन् पोखरीको सुरक्षार्थ खटिएका तैनाथ जवानहरु जस्तै । पोखरीभित्र जानुभन्दा अगाडि ढोका सजिएको छ । आ–आफ्ना धार्मिक आस्थाका कारण वल्लो र पल्लो थुम्काबीच विभिन्न धर्मावलम्विहरुको तुल ब्यानर र ध्वजा पताकाहरु तोरणको रुपमा टाँगिएका छन् । हामी सानो छँदा सातदिनको पैदलयात्राबाट ईलामदेखि खाद्यान्न लगायत आवश्यक सबै सामानहरु बाजे बाबुहरुले ढाकरमा बोकेरै गर्जो टार्थे । दुर्गमता र गरिवीले गर्दा मैले पनि ढाकर बोक्ने संस्कारलाई सानो छँदादेखि पछ्याउनै प¥यो । त्यतिखेर यहिं पोखरीको दाहिने भागको छेउछेउ भएर ढाकर बोक्दै हिडेको क्षणहरु एकपटक पूनस्मरण गर्न विबश भएँ । यो पोखरीको नौ वटा कुनाहरु छन् भन्थे त्यतिखेर । मलाई एकिन छैन तैपनि पापीहरु हिड्योभने त पोखरी उम्लेर आउँछ र छेउछाउका सबै सोहोरेर डुबाइदिन्छ भनेर ठूलाहरुले तर्साउँथे । त्यो वाहेक अर्को बाटो नहुँदा डराइ डराइ ढाकरमा सातु चामल बोकेर हिडिरहेका हुन्थ्यौं हामी सानाहरु । ढाकरलाई अढ्याउने नाम्लो र लाप्ताकको भरमा । पसिना पुछ्ने चोयाको कुङ्गलिङगे र टेक्ने तक्माङ्गको भरमा । त्यतिबेला चौतारीहरु भेट्दा स्वर्गको अनुभुत हुने गथ्र्यो जहाँ ढाकर बिसाएर एकैछिन भएपनि आनन्दको सास फेर्न पाईन्थ्यो । एक समयमा भारतीय भू. पू राष्ट्रपति एवं वैज्ञानिक डा. अब्दुल कलामको सामु मान्छेलाई कुनबेला आनन्द हुन्छ ? भनेर पत्रकारले सोधेका थिए । उहाँको जवाफ थियो, लागेको दिसा गरिसकेपछि र आएको पिसाव फेरिसकेपछि वाहेक मान्छेलाई आनन्द हुने कुनैक्षण हुँदैन । उहाँको जवाफमा बोकी राखेको भारी चौतारीमा बिसाएपछि भन्ने वाक्यपनि सँगसँगै जोडिएर आएको भए हुन्थ्यो, सायद उहाँलाई ढाकर बोकाइको अनुभव नभएर हुन सदक्छ । 
कन्दमुलको खोजीमा जंगलतिर विहार गरिरहेको कुनै साधु झैं माईपोखरीको वल्लोछेउ र पल्लोछेउ हुँदै म घुमिरहेको थिएँ । विचरण गरीरहेको थिएँ र डुलीरहेको थिएँ आफ्नै सूर र तालमा । कतिखेर, कतिखेर, मैले थाहै नपाई मेरो विगत आएर मलाई गर्लम्मै अंगालो हालेछ । म र विगतबीचको पूनर्मीलनमा खुसीका आँसुहरु टप्किए । उसले पनि वितेका हरपलहरु सम्झेर भावाञ्जलीमा आफ्नो आँसुहरु झार्दै आजका यी दिनहरु देखेर परिक्षामा सफल भएको विद्यार्थी झैं मुस्कुराइ रहेका थिए, तर म नतमस्तक थिएँ । अक्क न बक्क थिएँ । विगतको न्यानो अंगालोमा हराइरहेकै बेला सम्झेँ, त्यसबेला मैले जे जे कष्टहरु व्यहोरेँ । कालो पहाडभन्दा चाम्रो अभावहरुमा गुज्रेँ । त्यो बाल्यकालले कुन दुःखको अनुभव गरेन होला ? पूर्वतिर प्रचलन नभएर मात्रै हो, यदी त्यो हाम्रो भेगतिर पनि चलनचल्तीमा आएको हुँदो हो त, पश्चिमका कम्लहरीहरु भन्दा फरक जीवन थिएन मेरोपनि । तिनै भोगाइ र अनुभवहरुद्धारा प्राप्त ज्ञान चेतनाहरु आज संसारको कुनै विश्वविद्यालयहरुबाट समेत प्राप्त गर्न नसकिने जीवनपयोगी, परिपक्व र व्यवहारिक शिक्षाको महत्वपूर्ण दस्तावेज बनेका छन्, आफ्नै जीन्दगीको लागि । किनकी त्यतिबेला त्यो भोकोपेट र रित्तोगोजीद्धारा लिइएको शिक्षाहरु थिएछन् । सामजिक अपमान र अपहेलनाको थुङ्गाबाट उनिएको मालाहरु थिएछन्, र न आज समयको बदलावसँगै ती क्षणहरु कुनै दुःख, कष्ट र हैरानी नभएर त्यो त आवश्यकता पो थिएछ भन्ने परिवेशमा रुपान्तरण भएको छ । यतिकैमा मेरो विगतले मलाई एक्लै छोडेर गयो । म फेरी त्यहीं एकान्तमा रमाउँन थालेँ ।
सुरील्लो गोब्रेसल्लाका रुखहरुले भरिएको हरियो वन, भित्रभित्रै त्यहीं हराइरहुँ जस्तो लाग्ने, दिनभर डुलीरहँ जस्तो लाग्ने, आकर्षण नै अचम्मको छ । मसिना मसिना बुच्का बुच्कीहरु त्यस्तै छ । प्रकुतिको हरियो घुम्टोभित्र लुकेको आभास हुन्छ कुनै बेहुलीलाई सिंगारिएको जस्तो । यिनै वनभित्र लुकेको छ देउरालीको नौकुने पोखरी । जति हे¥यो उति हेरुँ हेरुँ लाग्दछ । सायद यसै कारणले होला त्यहाँ पुग्ने हरेक पर्यटकहरु लोभिन्छन् नौकुने पोखरीमा । तिनै पूर्वकी रारालाई मैले भावनात्मक रुपले अंगालोमा बाँधेर धिरेन शर्मा कं रमणलाई सहयोग गर्न आफ्नो गन्तब्यतिर म मोडिएँ ।

Published On: Time : 11:38:34  138पटक हेरिएको

तपाईको प्रतिक्रिया