एनआरएनए कुवेतद्धारा नव नियुक्त राजदूतलाई स्वागत

कूवेत । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले नव नियुक्त राजदुतलाई स्वगत गरेको छ । बिहिबार आयोजना गरिएको स्वागत कार्यक्रमा कुवेतका लागि नव नियुक्त राजदूत महामहिम दुर्गा प्रसाद भण्डारीलाई नेपाली मौलिक पञ्चे बाजाको साथ एनआरएनए एनसिसि कुवेतकी अध्यक्ष सुमित्रा पौडेल र आइसिसी सदस्य अमित राईले दोसल्ला ओढाएर र फुलगुच्छाले स्वागत गरिएको हो ।

कुवेतको फर्वानिया स्थित चेफ नौसाद रेष्टुरेन्टमा भएको कार्यक्रममा उपाध्यक्ष अमृत गुरुङले स्वागत मन्तब्य मार्फत स्वागत गरेपछि विििभन्न संघसंस्थाहरुले सामूहिक रुपमा दोसल्लाले स्वागत गरेका थिए ।

संरक्षक राजेन्द्र तामाङ, पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थि, संघिय समाजवादी पार्टीका राजुकमार राई, पूर्व आईसिसि सदस्य तथा परिषदका वर्तमान सल्लाहकार सुजन केसि, नेकपा का तर्फबाट प्रतिनिधि युवराज गैरे, अन्तराष्ट्रिय नेपाली समाजका जय नारायण माझि, नेपाली जनसम्पर्क समितिका तर्फबाट मञ्जित राईले स्वागत तथा शुभकामना मन्तव्य राखेका थिए।
आईसिसि सदस्य अमित राईले कुवेतका श्रमिकहरूको समस्यालाई कतिपय अवस्थामा श्रमिककै गोजिबाट गरिने स्वैच्छिक सहयोगले मात्र पूर्णता दिन नसक्ने भएको हुदाँ नेपाल सरकारले तेस्ता समस्याहरूलाई संबोधन गरेर उद्धार, राहत दिनुपर्ने,साथै नेपाली पर्यटनलाई प्रवर्दन र नेपाली अर्गानिक उत्पादनलाई कुवेतमा बिस्तार गर्न सरकारको तर्फबाट पहल गर्नु पर्नेमा जोड दिएका थिए।
नवनियुक्त राजदूत महामहिम दुर्गा प्रशाद भण्डारीले श्रमिक नेपालीहरूको चाहनालाई राम्रो सँग बुझेको र आफ्रनो कार्यकालमा सम्बोधन गर्न प्रयास गर्ने बताए ।

महासचिव हरि लावतीले कार्यक्रम सञ्चालन गरेका थिए ।कार्यक्रममा उपस्थित कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्था, समाजसेवी, बुद्धिजीबी, पत्रकार, खेलाडी तथा कलाकारहरु सम्पूर्णलाई बिशेष धन्यवाद ब्यक्त गर्दै अध्यक्ष पौडेलले कार्यक्रमको समापनगरेकी थिइन। कार्यक्रममा नृत्य र गीतहरु प्रस्तुत गरिनुका साथै गरि रात्रिभोजको समेत आयोजना गरिएको थियो ।

Published On: Time : 12:55:08  54पटक हेरिएको

तपाईको प्रतिक्रिया