झापा बाहिरियो दार्जिलिङ सेमी फाइनलमा


पाँचथर । डिफेन्डिङ च्यान्पियन बिर्तामोड यूनाइटेड क्लब झापालाई २÷३ गोलको अन्तरले पराजित गर्दै फिदिममा जारी पाँचथर गोल्ड कप फुटबल प्रतियोगितामा यूनाइटेड फुटबल क्लब दार्जिलिङ सेमी फाइनलमा प्रबेश गरेको छ ।
मंगलबारको खेलमा १९औं मिनेटमा झापाका खेलाडी दिलेन लोक्तामले आप्mनो गोल पोष्टमा बललाई क्लियर गर्न खोज्दा आत्मा घाती गोल भए पछि दार्जिलिङले अग्रता लिएको थियो । एक गोलले अघि परेको दार्जिलिङका करण राईले २७ औं मिनेटमा गोल गर्दै नतिजा दोब्बर बनाए ।
दुइ शुन्यले पछि परेको झापाको तर्फबाट मध्यान्तर पछिको ८० औं मिनेटमा दिलेन लोक्तामले दार्जिलिङको डिबक्सको १० मिटर टाडाबाट प्राहार गरेको बलले जाली चुमे पछि खेलको नतिजा २÷१ मा पुग्यो त्यसको चार मिनेटमै झापाका बिशाल राईले शुन्दर गोल गर्दै बराबरीको अबस्थमा नतिजा पु¥याए ।
बराबरीको अबस्थालाई उल्टाउँदै इन्जुरी समयमा दार्जिलिङका गणेश लिम्बुको पासलाई करण राईले गोल गर्दै ३÷२ गोलको नतिजा पु¥याए । खेलमा म्यान अफद म्याचको पुरस्कार दार्जिलिङका करण राईले प्राप्त गरेका थिए ।
बुधबारको खेल जाउलाखेल युथ क्लब ललितपुर र बिजय युथ क्लब हेटौडाका बिच हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।

Published On: Time : 2:36:15  55पटक हेरिएको

तपाईको प्रतिक्रिया