एनआरएनए कुवेतद्धारा हावाहुरी प्रभावितलाई आर्थिक सहयोग


कुवेत । गैरआवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद कुवेतले बारा र पर्साका हावाहुरी प्रभावितलाई आर्थिक सहयोग गरेको छ । गैरआवासीय नेपाली संघ राहत कोषमा कुवेतले ५१ हजार रुपैयाँ जम्मा गरेका छन् ।
गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदले न्युनतम ५० हजार रुपैया सहयोग पठाउन गरिएको सर्कुलर अनुसार पहिलो चरणको सहयोग एनसिसी कुवेतले पठाएको अध्यक्ष सुमित्रादेवि पौडेलले जानकारी दिए । । सहयोग संकलन तीव्र रुपमा भइरहेको र मध्यपूर्वका कुवेत, बहराईन, ओमानबाट एनआरएनएको खातामा रकम जम्मा भईसकेको आइसिसी सदस्य अमित चाम्लिङ राईले बताए । संकलित रकमबाट प्रभावित क्षेत्रमा राहत वितरण गरिने समेत उनले जानकारी गराए ।
बिहिबार सम्पन्न राष्ट्रिय समन्वय परिषद कुवेतको आपतकालीन बैठकले मध्य तराईको बारा र पर्सा जिल्लामा गएको हावाहुरीले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेको छ ।

Published On: Time : 9:12:39  188पटक हेरिएको

तपाईको प्रतिक्रिया