रेस्क्यू नेटवर्कद्धारा हावाहुरीबाट प्रभावित क्षेत्रमा राहत वितरण


वीरगञ्ज। प्राथमिक स्वास्थ्य तथा राहत र उदारका क्षेत्रमा क्रियाशिल संस्था रेस्क्यु नेटवर्क नेपालद्धारा बारा र पर्सामा हावाहुरीबाट प्रभावित भएका परिवारलाई राहत वितरण गरेको छ । बुधबार हावाहुरी प्रभावित क्षेत्रमा संस्थाका टोली पुगेर राहत वितरण गरेको हो ।
हावाहुरीबाट प्रभावित क्षेत्रका २ सय घरपरिवारलाई त्रिपाल, सर्वोत्तम पिठो, विस्कुट, चिउरा, चाउचाउ, बदाम, टर्चलाइट तथा मिनरल वाटर वितरण गरिएको संस्थाले जनाएको छ ।


रेस्क्यु नेटवर्ककाे नेतृत्वमा, स्थानीय समाजसेवी तथा पत्रकार सहितका टोली प्रभावित क्षेत्रका घरघरमा पुगेर राहत सामाग्री वितरण गरेका थिए ।
संस्थाको तर्फबाट प्रभावित क्षेत्रको अवलोकनका साथै पहिलो चरणको राहत वितरण गरिएको र जस्ता पाता लगायत थप सहयोग गर्ने तयारी गरिरहेको अध्यक्ष जय थापाले बताए ।
आइतबार बारा र पर्सामा आएको हावाहुरीले २९ जनाको ज्यान गएको छ भने सयौं घाइते भएका छन् । सयौं परिवार विस्थापित भएका छन् ।

Published On: Time : 12:08:19  152पटक हेरिएको

तपाईको प्रतिक्रिया