चुनावी अनुभव र तीतो यथार्थ

 

स्थानीय तहको लागि हुने चुनावको मिति नजिकी रहेको थियो । सबै साथिहरु आ–आफ्नै पालिका र वार्डहरुमा व्यस्त थिए । म काठमाण्डौदेखि आएपछि स्थानीय चुनावको शिलशिलामा सम्भव भएसम्मका सबै ठाउँमा पुगेको थिएँ, त्यस पालिका र वडाका उम्मेदवारहरुसँग । शिवा, चोकमागु, शुभाङ्ग, सिदिनका कुना कुनासम्म जहाँ जनयुद्धको बेलामात्र पुगिएको थियो । फालेलुङ्ग गाउँपालिकाको कुना कुना खाल्डे, माङ्गलिङ्गबुङ्ग लगायतका क्षेत्रहरुमा दौडिनु नै मेरो दिनचर्या बन्यो । फालेलुङ्ग गाउँपालिका वार्ड नं. ३ अवस्थित माङ्गलिङ्गबुङ्ग जाँदाको एउटा तीतो प्रशंग अविष्मरणीय छ ।
भोलिपल्ट मसहितको टोली त्यहाँ प्रवेश गर्दैछ भन्ने थाहा पाएपछि लोकतन्त्रको मसिहा ठान्ने साथिहरुले रातारात प्रत्येक घर घरमा जबरजस्त आफ्नो दलको झण्डा गाडेछन् । हाम्रो टोली त्यहाँ पुगेर घरदैलो भेटघाट गर्दा उक्त कुरा थाहा भयो । घरदैलो त्यो गाउँको पुछारबाट सुरु भएर बीचहुँदै सिरानमा पुग्दा रात प¥यो । बीच वा पुछारतिर फर्किन सम्भव भएन । त्यहीं बस्नु पर्ने वाध्यता सृजना भयो । झण्डा गाड्ने साथिहरुले नै कुनै खानपीन किनेर खान पनि नपाउँने गरी नाकावन्दि लगाए । झण्डै झण्डै भोकै बस्नुपर्ने अवस्था आयोभने, फुकी ओछ्यान र मुडकी सिरानीमा रात काट्नु पर्ने भएको थियो ।
जनयुद्धताका कस्ता कस्ता दुःख कष्टहरु सहेर आएका हामीलाई त्यस्ता सामान्य अप्ठ्याराहरु केहि जस्तो लाग्ने कुरै भएन । ज जसले त्यो खाले नीच योजना बनाएका थिए, हामीले व्यहोरेका पिडाहरु सुनेर उनीहरुलाई क्षणिक आत्मसन्तुष्टि त मिल्यो होला, तर त्यो राजनीतिक संस्कारहिन थियो । दरिद्र मानशिक्ताको उपज शिवाय केहि थिएन । जुन हर्कत पञ्च र मण्डलेहरुद्धारा २०३६ सालमा भएको जनमत संग्रहमा विश्वेश्वर प्रसाद कोइरालाका समर्थकहरुमाथि गरिएको थियो । त्यो दिन हामीले व्यहोरेका अर्कतहरु देख्दा लाग्थ्यो, अथिती देव भव भन्ने नेपालीहरुको प्रथाजनित मान्यतालाई उपहासको खिल्ली बनाएर कसैले उडाइरहेको छ ।
हामीले सुनेका थियौं त्यहाँ केहि पढेलखेका शिक्षित मान्छेहरु पनि बस्छन् । तर शिक्षामात्र भएर कुनै अर्थ हुँदैन, यदी त्यो व्यक्ति र परिवारसँग संस्कार भएनभने । जसरी सत्ता र सम्पतिको पनि अर्थ रहँदैन संस्कारविहिन अवस्थामा । त्यसकारण व्यक्ति र समाजको लागि पहिलो कुरा संस्कार हो । संस्कार छभने नभएको शिक्षा, सत्ता र धनसम्पति पनि प्राप्त हुन्छ तर संस्कार नै छैनभने भएको सबै चीज गुम्छ वा एक पुस्तेकमात्र हुन्छ ।
चुनावी हारजित स्वभाविक थियो र त्यो एक कार्यअवधिको लागि थियो । हाम्रो टोलीले जुन दायित्व लिएर त्यो गाउँमा गएको थियो । पुरा ग¥यो र फक्र्यो तर हामीले संगालेका मिठा नमिठा जे जे अनुभूतिहरु थिए, तीभने कहिल्यै नमेटिने असान्दर्भिक छाप बन्यो । कहिल्यै नहराउँने सम्झनाको एउटा तरेली बन्यो ।
देशैभरका चुनावी परिणामले हाम्रो पार्टीलाई तेश्रो स्थान दिए जस्तै पाँचथरमा पनि तेश्रो स्थानमामात्र सिमित गरायो । मिक्लाजुङ्ग गाउँपालकाका अध्यक्ष उम्मेदवार अमर माखिमलेमात्र जित हात पारे । बाँकी पालिकाहरुमा कुनैमा सम्मानजनक र कुनैमा लजास्पद हार व्यहोर्नु परेको थियो । ६० वटा वडामा मिक्लाजुङ्ग १, ४, ५ फालेलुङ्गमा २, ४, ८ र फिदिम नगर पालिकामा १२ र १३ गरी जम्मा ८ वटा वार्डमामात्र जित हात लाग्यो । यसरी दशवर्षे जनयुद्धको जगमा भएको ०६२÷६३ को जनान्दोलनको उपलब्धिले पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा अपेक्षाकृत परिणाम हात पार्न सकिएन । यसको एउटै कारण हो व्यवस्थापनको अभाव, पार्टी टुटफुट र जनताप्रतिको दायित्व वहनमा उदासिनता र निर्वाचनबारे अनुभवका कमी जस्ता कारणहरु नै जिम्मेवार देखिए ।

Published On: Time : 9:45:47  235पटक हेरिएको

तपाईको प्रतिक्रिया