जिन्दगी दिने आमा – जुनु पुन

उनको झोलामा केही न केही खाने कुरा हुन्छन्नै । नअटेर दुवै हातमा प्लाष्टिकको झोला उनले बोकेकी थिइन् । यो पटक भने  उनको झोलामा पहेलो चिज देखियो । झोलामा पहेंला पाकेका केराहरु रहेछन् । केही न केही खानेकुरा लिएर हिडछन् । किनत उनि भन्छिन् -“बच्चाहरु आमाले खानेकुरा ल्याएर आउला भन्ठान्छन् त्यसैले “। खासमा उनको बाल आश्रम सञ्चालन गरेकी छिन् ।

उनको मनमैजुमा एकिकृत सृजनशिल समाज, नेपाल नामको अनाथ बालगृह छ । त्यसको उनि कोषाध्यक्ष छिन् । त्यहां जांदा केटाकेटीहरु उनलाई लिन ढोकामै जांदा रहेछन् । एउटा कमलो नारी मन न हो । खाली हात कसरी जानु ? त्यसैले पनि उनि खाली हात जांदिनन् । उनिहरुलाई लाइनै उभ्याएर खानेकुरा दिन्छीन् । अनि उनिहरुको सफा मुस्कान छरिदो रहेछ वरीपरी । अनि उनको पनि मुहार उजेलो बन्दोरहेछ ।

जहां अहिले द्धन्द्ध पिडित र भुकम्प पिडित तिस जना बालबालीका आश्रित छन् । सामाजीक सञ्जाल फेसबुकलाई धेरैले मनोरञ्जनको साधन ठान्ने गरेका छन् । कतिले त्यसको दुरुपयोग पनि गरे होलान् । तर जुनुले भने त्यसको सदुपयोग गरेकी रहेछिन् । त्यहिबाट असहाय, गरिव ब्यक्ति र अनाथलाई सहयोग जुटाउंदी रहेछिन् । पत्याउन गाह्रो पर्छ । तर यथार्त त्यहिनै हो । जुन उनले गरेर देखाएकी छिन् । उनले अनाथ बालगृह मात्र हैन अन्य सामाजीक कार्यमा पनि उत्तिकै सक्रिय छिन् ।

मनमैजुका जुनु पुनले (४०) धेरैलाई सहयोग गरेकी छिन् । खासमा अरुको दुख देख्न नसकेरनै हो । भन्छिन् -“अरुको दुख देख्नै सक्दिन “। अरुले मुखले भन्छन् तर उनले गरेर देखाएकी छिन् । उनको सहयोग प्राय फेसबुकबाटै संकलन गर्छिन् । तिन वर्षे फुच्चे बसन्त सिंजालीलाई लिम्फोजियोमा (जिब्रो सुनिने रोग) थियो । उनले फेसबुकमै भेटिन् । फेसबुकबाटै उनको सहयोगको अपेक्षा राखिन् । पैसा जम्मा पनि भयो । तिनै सिंजालीकै कान्छो जुम्ल्याहा भाई समिर सिंजालीको पनि मुटुमा तिनवटा प्वाल परेको थियो । दुवै दाजुभाईको उपचार खर्च उनले जुटाईदिईन् । दुई जनाको उपचार खर्च सोह्र लाख लागेको उनि बताउंछीन् । सोचे भन्दा बढी पैसा संकलन भएपछि बांकी सत्ताईस लाख उनिहरुको नाममा पढाई खर्चका लागि राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर राखिएको उनले बताईन् ।

स्याङ्जाका दुई वर्षे महेन्द्र परियार मानसिक रोगी थिए । सुरुमा उनि मानसिक रोगी भएको परिवारलाई थाहा भएन । उनिहरु देउता चढेको भन्थे । उनलाई पनि काठमाण्डौ बोलाएर जुनुलेनै उपचार गर्ने वातावरण बनाईदिईन् । अहिले परियार सद्दे भएर घर फर्किसकेका छन् । उनको लागि दुई लाख खर्च भएको उनि बताउंछीन् ।

धनुषाका चौविस वर्से श्याम थापा मगर किडनीका विरामी थिए । उनलाई श्रीमतिले किड्नी दान गरेकी थिईन् भने अप्रेसन खर्च दश लाख उनकै सक्रियतामा जुटाईएको थियो । यसको लागि पनि उनले फेसबुकबाटै रकम संकलन गर्न सम्भव गरिन् ।

सुनसरीका पांच वर्षिय अनिकेष श्रेष्ठको मलद्धार थिएन । त्यसको लागि पनि उनले सात लाख छब्बीस हजार जुटाईन् । उनको चार पटक अप्रेसन गर्नु परेको उनि बताउंछिन् । उनिहरुलाई जुनुले तिन महिना आफ्नो घरमा राखेर उपचारको खर्च जोहो गरेकी थिईन् ।

पच्चिस वर्षिय स्याङ्जाकी सपना गुरुङको पनि उपचारमा उनको सहयोग रह्यो । उनको आन्द्रामा मासु पलाएको थियो । उनलाई पनि घरमै राखेर उपचारमा सहयोग गरेकी थिईन् पुनले । उनको लागि पौने चार लाख खर्च भएको थियो । विरामीहरुलाई जुनुको विरामी उपचार गर्ने क्रम रोकिएको छैन ।

अर्को पनि त्यस्तै उपचारमा उनि जुटिन् । नयां बसपार्कमा डेढ वर्षिया बालीका जेनिशा भण्डारी चारतला बाट भूइमा खसिन् । उनको आन्द्रा सवै बाहिर निस्केको थियो । बाउआमा गरिव थिए । उनि सम्झिन्छिन् -“यो फुच्चिको आन्द्रा प्लाष्टिकमा पोको पारेर हस्पीटल लगेका थियौं, बांची” । विगत सम्झेर खुशी हुंदै भन्छिन् -“फुच्चीको लागि एघार लाख खर्च भएको थियो “। उनका विरामीहरु सवैको ग्राण्डी हस्पीटलमा उपचार गरिएको थियो ।

उनलाई प्राय फेसबुकमा हङकङ, सिंगापुर, जापान, बेल्जीयम, कोरिया, इजरायल, अफगानिस्तान, साउदी, कतार, मलेसिया, दुवई, बहराइन, ओमन, युएसए, क्यानडा, पोर्चुगल, अष्ट्रलिया, बेलायतका नेपालीहरुले सहयोग गर्ने गरेका छन् । विशेष हङकङ र इजरायलबाट सहयोग भएको उनले बताईन् । सवैलाई धन्यवाद भन्न पनि छुटाउंदिनन् ।

उनि समाजसेवी मात्र हैनन् । उनि कलाकार र खेलाडी पनि हुन् । यस बाहेक महिला आन्दोलनमा पनि उत्तिकै सरिक हुन्छीन् । ठुलो भएपछि जुनुलाई तिनिहरुले भेटछन् भेटदैनन् । तर एउटा झिनो आशा छ जोकसैको मनमा उनि भने अल्झीनै रहनेछिन् । जुन गुण लिएर उनिहरु आफ्नो गाउं फर्किए ।

सांझको बेला भयो । स्कुल गएकाहरु केटाकेटीहरु बेलुकी सवै फर्किए । जुनु आमा आए पछि सवै केटाकेटीहरुको रौनक अर्कै बन्दो रहेछ । केही क्षण पछि उनिहरुले खाजा खाए । एकछिन उनिहरुको कचहरी बस्यो । सायद तयारी हुनुपर्छ उनिहरुको । एकैछिन पछि आमालाई उनिहरुले छमछमी नाचेर नि देखाउंदा रहेछन् । जुनु आमा पनि फुर्तिली । उनिहरुसंगै नाच्न थालिहालीन् ।

अन्तमा सवैलाई एकएकवटा चकलेट दिईन् । चकलेटको गुलीयो मुखले मिठ्याइरहंदा उनिहरुले जुनु आमालाई आफ्नै ठानी संसार भुलिरहेको पत्तो पाउन मुश्किल थिएन । आफ्नै सन्तानलाई मात्र जिवन दिनु ठुलो कुरा होईन । आमा त्यो हो जसले अरुको सन्तानलाई आफ्नै ठानी जिन्दगी दिन पछि पर्दिनन् । समाजमा यस्ता पात्रहरु पनि हुंदा रहेछन् । जो शान्तिको परेवा बनेर कोईलीका सन्तान आफ्नै ठानेर हुर्काइरहेका छन् बचाईरहेका छन् । जो अनाथ सन्तानहरुलाई हुर्काईरहेकी छिन् अनि दुखी गरिवलाई मल्हमपटी लगाईरहेकी छिन् ।

खासमा जुनु आमाले केही आशा गरेकीत हैन । उनि आफै लाहुरे परिवारका जेठी छोरी हुन् । सम्पति पुग्दो छ । दाजुभाई नभएकाले बाउको पेन्सन पट्टा उनकै जिम्मेवारीमा रहेको उनले बताईन् । उनले मायालु पाराले लाईनै बसेका सवैलाई पछि के बन्छौ भनेर सोधीन् । धेरैले डाक्टर, नर्स, पाइलट, खेलाडी भने । तर सबै भन्दा कान्छोले जिब्रो बाहिर देखाउंदै भन्यो -“म त आमालाई सुनको चुरा किनीदिन्छु “। जुनु आमा यस पटक भने आफ्नो खुशी रोक्न सकिनन् । अनि ओठ च्याप्दै फुच्चेलाई अंगाल्दै भनिन् -“मलाई केही चांहीदैन बरु तिमीहरु हुर्केर ज्ञानी मान्छे बन है” । सवैले एकै स्वरमा भनीरहेका थिए -“हस आमा”।

Published On: Time : 22:10:15  7402पटक हेरिएको

तपाईको प्रतिक्रिया